किभमा डरलाग्दो मिसाइल हमला : कुलेबा



युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले रुसले युक्रेनको राजधानी किभमा डरलाग्दो मिसाइल हमला गरेको बताएको छ । सो हमलालाई उनले दोस्रो विश्वयुद्धको समयमा युक्रेनमाथि नाजी जर्मनीको हमलासँग तुलना गरेका छन् ।

युक्रेनको राजधानी वरपर विशाल बिस्फोट भएका समाचार विवरणहरु सार्वजनिक भएका छन् । सहरमा रुसी ट्यांकलाई अगाडि बढ्नबाट रोक्न युक्रेनी सैन्य फौजले राजधानी किभबाहिरको इभानकिभ नजिकैको एउटा पुललाई ध्वस्त पारेको छ ।

यसैबीच, युक्रेनी सेनाले उत्तरपूर्वी सहर सुमीको सडकमा युक्रेनी रक्षक र रुसी आक्रमणकारीबीच भएका लडाइँका भिडियो फुटेज सार्वजनिक गरेको छ ।

२ लाख ६० हजार मानिसको बसोबास रहेको सुमी रुसी सीमाबाट करिव ३० किलोमिटर टाढा रहेको क्षेत्रीय राजधानी हो । स्थानीय प्रशासनका प्रमुख दिमित्रो झाइभातस्काइले ठूलो संख्यामा रुसी कन्भोय राजधानी किभतर्फ प्रस्थान गरेको बताए । नजिकको सहर कोनोटपलाई रुसी सेनाले घेरा हालेको पनि उनले बताए ।

यो पनि
रुसले युक्रेनको सीमाबाट फिर्ता गर्‍यो सेना
युक्रेनमा रहेका नेपालीलाई स्वदेश फर्कन आग्रह



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सामान्यतया कुनै पनि देशको सिमानामा अर्को देशसँगको सिमाना निर्धारण गर्न पर्खाल वा काँडे तार जडान गरिन्छ। जसका कारण दुवै देशको

चिनियाँ कम्युनिष्ट पार्टीको नयाँ पोलिटब्युरो महिलाविहीन बनेको छ। २० औं राष्ट्रिय अधिवेशनबाट कुनै पनि महिला पोलिटब्युरोमा चयन नभएका हुन्। यसपटक

उत्तर कोरियाका शासक किम जोङ उन फेरि देशभरिमै उत्कृष्ट पहिरन लगाउने पुरूष बनेका छन्। विगत आठ वर्षदेखि उनले यो उपाधि

आज सन् २०२२ को २९ सेप्टेम्वर । प्रस्तुत छ आज इतिहासमा भएका केही सामाजिक तथा राजनीतिक घटनाक्रमः बाल्टिक समुद्रमा डुंगा