कांग्रेस, जसपा र लोसपाका यी सांसदले एमसीसीको पक्षमा मतदान गर्न नपाउने



अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी)को पक्षमा उभिएका कांग्रेसका चार जना सांसदले भने मतदानमा सहभागी नहुन नपाउने भएका छन् ।

एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेका कांग्रेसका चार जना सांसद् मतदान प्रक्रियामा सहभागी हुन नपाउने भएका हुन् । बालुवाटार जग्गा प्रकरणमा मुछिएपछि निलम्बनमा परेका सांसद विजयकुमार गच्छदार मतदान प्रक्रियामा सहभागी हुन नपाउने भएका छन् ।

यस्तै, व्यक्ति हत्या आरोपमा जेल जीवन बिताइरहेका निलम्बित कांग्रेस सांसद अफ्ताव आलम पनि एमसीसीको पक्ष वा विपक्षमा मतदान गर्न नपाउने भएका छन् ।

साथै उपचारका लागि भारतमा रहेका कांग्रेस सांसद प्रदीप गिरि र कर्मा घले पनि एमसीसीको पक्षमा मत हाल्न नपाउने भएका छन् । दुवै जना भारतमा रहेका छन् ।

कांग्रेसको जस्तै लोसपाका निलम्बित सांसद रेशम चौधरी र जसपाका निलम्बित सांसद हरिनारायण रौनियारले पनि पक्षमा मतदान गर्न पाउँदैनन् । उनीहरू निलम्बनमा परेकाले संसदीय गतिविधिमा सहभागी हुन पाउँदैनन् ।

यो पनि
एमसीसी टाइमलाइन : कहिले के भयो ?
केपी ओली भन्छन्- एमसीसी समयमै संसदमा नल्याउँदा अहिलेको अवस्था बन्यो



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ महानगरका मेयर बालेन शाहको कार्यालय अगाडी आफूलाई ईः भन्न रुचाउने २८ वर्षीय युवा बिहीबार देखि नै लगातार उभिएर विरोध

भदौ २६ गतेका लागि तय भएको बीपी साहित्य महोत्सवको स्थगित कार्यक्रम बुधबार भएको छ । ११०औँ बीपी जयन्तीका अवसरमा यही

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय पेरिसडाँडा लगिएको छ । सीताको आज बिहान

चितवन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन् । लामिछानेले ५४