English

कांग्रेस, जसपा र लोसपाका यी सांसदले एमसीसीको पक्षमा मतदान गर्न नपाउने



अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी)को पक्षमा उभिएका कांग्रेसका चार जना सांसदले भने मतदानमा सहभागी नहुन नपाउने भएका छन् ।

एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेका कांग्रेसका चार जना सांसद् मतदान प्रक्रियामा सहभागी हुन नपाउने भएका हुन् । बालुवाटार जग्गा प्रकरणमा मुछिएपछि निलम्बनमा परेका सांसद विजयकुमार गच्छदार मतदान प्रक्रियामा सहभागी हुन नपाउने भएका छन् ।

यस्तै, व्यक्ति हत्या आरोपमा जेल जीवन बिताइरहेका निलम्बित कांग्रेस सांसद अफ्ताव आलम पनि एमसीसीको पक्ष वा विपक्षमा मतदान गर्न नपाउने भएका छन् ।

साथै उपचारका लागि भारतमा रहेका कांग्रेस सांसद प्रदीप गिरि र कर्मा घले पनि एमसीसीको पक्षमा मत हाल्न नपाउने भएका छन् । दुवै जना भारतमा रहेका छन् ।

कांग्रेसको जस्तै लोसपाका निलम्बित सांसद रेशम चौधरी र जसपाका निलम्बित सांसद हरिनारायण रौनियारले पनि पक्षमा मतदान गर्न पाउँदैनन् । उनीहरू निलम्बनमा परेकाले संसदीय गतिविधिमा सहभागी हुन पाउँदैनन् ।

यो पनि
एमसीसी टाइमलाइन : कहिले के भयो ?
केपी ओली भन्छन्- एमसीसी समयमै संसदमा नल्याउँदा अहिलेको अवस्था बन्यो



सम्बन्धित खबरहरु

नेपालको सबभन्दा पुरानो, ठूलो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस इतिहासको सबैभन्दा कठिन मोडमा उभिएको छ । मुलुकमा भएका तीन ठूला आन्दोलनको

जेनजी आन्दोलनपछि नेपालको राजनीतिक र सामाजिक संरचना एकैपटक हल्लिएको छ । यो आन्दोलन केवल युवाहरूको भावनात्मक विस्फोट होइन पुराना राजनीतिक

हरेक क्रान्ति वा आन्दोलनले एउटा सपना बाँडेको हुन्छ, सुखद् भविष्यको कल्पना गरेको हुन्छ । आम जनतामा उत्साहको लहर ल्याएको हुन्छ

जेनजीको आह्वानमा गरिएको प्रदर्शनका क्रममा मृत्यु भएका नागरिकहरूको सम्झनामा नयाँ बानेश्वर, काठमाडौंँस्थित संसद भवन अगाडि दीप प्रज्वलन गरिएको छ। सरकारले

Latest










Popular
Suggested