English

स्वामी विवेकानन्दसँग सम्बन्धित एउटा किस्सा



स्वामी विवेकानन्दसँग सम्बन्धित एउटा किस्सा छ । विवेकानन्द हिमालयमा यात्रा गर्दै थिए । एकान्तमा तपस्या गर्न चाहन्थे । त्यतिबेला उनले भारतको कोलकातामा ‘प्लेग’ फैलिएको र यो रोग अनियन्त्रित भएको जानकारी पाए । मानिसहरूले ज्यान गुमाइरहेका थिए ।

यो जानकारी पाएपछि विवेकानन्दले कोलकाता पुग्नुपर्छ भन्ने सोचे । यति सोचेर उनी तुरुन्तै हिमालयबाट कोलकाता पुगे ।
विवेकानन्दले कोलकातामा एउटा ठूलो मैदान भाडामा लिए र त्यहाँ बिरामीहरूको उपचारको लागि ठूलो शिविर स्थापना गरे । तर उनका सेवकहरूले उनलाई यस कामको लागि पर्याप्त पैसा नभएको जानकारी दिए ।

विवेकानन्दले सेवकहरूलाई भने, ‘केही दिनअघि हामीले हाम्रो मठको लागि जग्गा किनेका थियौं । अहिले त्यो जग्गा महंगो भएको छ । त्यो जग्गामा निर्माण गर्न हामीलाई पैसा चाहियो । त्यो पैसा उठाउन सकेनौं भने जमिन त्यसै रहनेछ । अहिले यो रोग आयो । यो जग्गा बेचिदिनुहुन सबैलाई अनुरोध गर्दछु ।’

विवेकानन्दको कुरा सुनेपछि मानिसहरूले भने, ‘हामीले यो जग्गा धेरै मुस्किलले किनेका हौँ । अहिले बेच्ने कुरा गर्दै हुनुहुन्छ ?’ विवेकानन्दले भने, ‘यो जग्गा बेचेर आउने पैसा मानवताको सेवामा उपयोगी हुनेछ । हामी ऋषि, सन्यासी हौं । अहिले मानवताको सेवामा कुनै समस्या नआओस् ।’त्यसपछि स्वामीले जग्गा बेचेर मानवताको सेवा गरे ।

सन्देश
हामीसँग पैसा छ भने कुन काममा खर्च गर्ने, त्यसलाई प्राथमिकता दिनुपर्छ । पहिलो प्राथमिकता मानव सेवा हुनुपर्छ । जब महामारी नियन्त्रण बाहिर जान्छ धेरै मानिसहरू यसलाई सामना गर्न असमर्थ छन् । यस्तो अवस्थामा सक्षम व्यक्तिले आफ्नो पैसा मानवताको सेवामा खर्च गर्नुपर्छ ।

यो पनि
गान्धीको सन्देश
बुद्ध ध्यानमा हुँदा बच्चाहरूले के गरे ?



सम्बन्धित खबरहरु

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

सुनसरी, मंसिर २२ गते ।सुनसरीको रामधुनी नगरपालिका-२ का सिटी रिक्सा चालक ४५ बर्षीय दिनेश कुमार चौधरीलाई असोज २५ गते बेलुकी

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

Latest










Popular
Suggested