English

दोहोरो अंकले घट्यो नेप्से



सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । बुधबार नेप्से परिसूचक १५ दशमलव ५ अंकले घटेर २ हजार ७ सय २० दशमलव ४३ अंकमा झरेको छ । क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ५.२२ अंकले घटेको छ ।

कारोबार रकम पनि मंगलबारको तुलनामा घटेको छ । दिनभर भएका ४८ हजार ९११ कारोबारबाट २२८ कम्पनीका ६२ लाख ४७ हजार ७७४ कित्ता सेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम ३ अर्ब १३ करोड १२ लाख १० हजार २८२ रुपैयाँमा रोकिएको छ ।

बजार समग्रमा घट्दा हाइड्रोपावर समूह भने बढेको छ । बजार घटे पनि दिव्यश्वरी हाइड्रोपार र युनाइटेड आईडीआई मार्दी आरबी हाइड्रोपावरको सेयर मूल्यमा भने पोजिटिभ सर्किट नै लागेको छ । दुबै कम्पनीको सेयरमा खरिद चाप देखिँदा मूल्य १० प्रतिशतले बढेको छ ।

यो पनि
१७.४२ अंकले बढ्यो नेप्से
नेष्डो समृद्ध लघुवित्तको आइपिओ खुला



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवस – २०२६’ को अवसरमा मार्च ८ मा पाटन संग्रहालयमा लायन्स क्लब अफ काठमाडौं ब्लडहुडको आयोजनामा

काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायको शब्द रचना रहेको चलचित्र ‘राम नाम सत्य’को गीत ‘धागोले बाटेको’

फागुन २४, केके मानन्धरकेन्द्रीय मानन्धर संघले देशभरका मानन्धर समुदायलाई समेटेर स्वयम्भू भ्वय् कार्यक्रम सम्पन्न गरेको छ । वार्षिक रुपमा पूर्वको

काठमाडौँ : नेपालमा लोकप्रिय मोटरसाइकल ब्रान्ड बजाजले पल्सर १५० नयाँ संस्करणमा सार्वजनिक गरेको छ । आधुनिक डिजाइन, उन्नत प्रविधि र

Latest










Popular
Suggested