दोहोरो अंकले घट्यो नेप्से



सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । बुधबार नेप्से परिसूचक १५ दशमलव ५ अंकले घटेर २ हजार ७ सय २० दशमलव ४३ अंकमा झरेको छ । क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ५.२२ अंकले घटेको छ ।

कारोबार रकम पनि मंगलबारको तुलनामा घटेको छ । दिनभर भएका ४८ हजार ९११ कारोबारबाट २२८ कम्पनीका ६२ लाख ४७ हजार ७७४ कित्ता सेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम ३ अर्ब १३ करोड १२ लाख १० हजार २८२ रुपैयाँमा रोकिएको छ ।

बजार समग्रमा घट्दा हाइड्रोपावर समूह भने बढेको छ । बजार घटे पनि दिव्यश्वरी हाइड्रोपार र युनाइटेड आईडीआई मार्दी आरबी हाइड्रोपावरको सेयर मूल्यमा भने पोजिटिभ सर्किट नै लागेको छ । दुबै कम्पनीको सेयरमा खरिद चाप देखिँदा मूल्य १० प्रतिशतले बढेको छ ।

यो पनि
१७.४२ अंकले बढ्यो नेप्से
नेष्डो समृद्ध लघुवित्तको आइपिओ खुला



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

जीवनमा समय धेरै महत्त्वपूर्ण छ । जीवनमा समयले मात्र सही बाटो देखाउँछ तर यसका लागि समयको सही दिशा हुनु आवश्यक

अहिले धेरैजसो मानिसहरू आफूलाई सुन्दर देखाउन विभिन्न कुराहरूको प्रयोग गर्छन् । धेरैले घरेलु उपाय अपनाउने गर्छन् भने धेरैले चलन अनुसार

बारबरा अडम्स फाउन्डेसनले ‘स्टोलेन इमेज अफ नेपाल’ कार्यक्रम गरेको छ । आइतबार काठमाडौँमा उक्त कार्यक्रम गरिएको हो । कार्यक्रममा नेपाली

काठमाडौँ महानगरका मेयर बालेन शाहको कार्यालय अगाडी आफूलाई ईः भन्न रुचाउने २८ वर्षीय युवा बिहीबार देखि नै लगातार उभिएर विरोध