English

बैठक कोठा कसरी चिटिक्क बनाउने ?



घरभित्र पस्ने बित्तिकैको पहिलो कोठा हो, बैठक कोठा । जहाँ हामी दिनभरको थकान मेटाउन आराम गर्छौं । बैठक कोठामै सम्पूर्ण परिवारका सदस्यहरू एकसाथ लामो समय बिताई रहेका हुन्छौ । टिभी हेर्ने, एकापसमा गफ गर्ने तथा पाहुनाहरूलाई स्वागत गर्ने मुख्य ठाउँ हो यो ।
त्यसो त घरको सबै कोठाहरूको आ–आफ्नै महत्व हुन्छ । घरको हरेक कोठा आकर्षक हुनुपर्छ । त्यसमाथि बैठक कोठा त झन घरको अभिन्न कोठा नै भइहाल्यो । यसको साजसज्जामा विशेष ध्यान दिनु जरुरी हुन्छ । कोठाको सजावटको लागि हामी विभिन्न इन्टेरियर डिजाइनरहरूसँग पनि सल्लाह गरिरहेका हुन्छौं । जो कोहीलाई आफ्नो घरको बैठक कोठा अरुको भन्दा अलग र आकर्षक होस् भन्ने चाहना हुन्छ ।
बैठक कोठाको सजावट गर्दा स–साना कुराहरूमा पनि ध्यान दिनुपर्ने विचार राख्छन्, इन्टेरियर प्वाइन्ट प्राइभेट लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद हुमागार्इं । उनले बैठक सजाउँदा ध्यान दिनुपर्ने कुराहरू सुझाएका छन् ।

सही रङको छनौट

बैठक कोठाको रङ धेरै गाढा रङको नछानौं । यो कोठालाई आकर्षक बनाउन न्युट्रल रङको छनोट गर्नुपर्छ । सेतो रङ छान्दा पनि फरक पर्दैन । यस्तो रङले कोठा ठूलो र फराकिलो पनि देखिन्छ ।

लाईटिनिङमा ध्यान

बैठक कोठाको लाइट अन्य कोठाको भन्दा आकर्षक हुनुपर्छ । यदि लाइटिङ राम्रो भएन भने पुरा सजावट नै बिग्रिन सक्छ । कोठाको हरेक भागमा प्रकाश फैलिएको हुनुपर्छ । सिलिङको लाईट सेतो हुनुपर्छ र फोकसवाला लाईटहरू वामलाइट हुनुपर्छ । बैठक कोठामा एउटा मात्र बत्ति राख्दा आकर्षक देखिदैन ।

फर्निचरको स्थान

कोठामा राखिएको फर्निचर सहि स्थानमा भएन भने पनि कोठा नराम्रो देखिन सक्छ । सोफालाई कहिले पनि भित्तामा टाँसेर राख्न हुदैन । त्यसरी भित्तामा टाँसेर राख्दा कोठा ठूलो त देखिन्छ तर आकर्षक भने देखिदैन । टिभीलाई पनि गलत स्थानमा राख्नु हुँदैन । सोफा राखेको विपरित दिशामा टिभी राख्नुपर्छ ।

फोटो तथा आर्टको सजावट

घरको बैठक कोठाको भित्तामा विभिन्न फोटोहरू राखेर सजाउने काम प्रायःले गर्छन् । तर धेरै मात्रामा फोटोको प्रयोगले कोठाको सजावटलाई झनै बिगार्न सक्छ । त्यसैले बैठक कोठामा थोरै तर महत्वपूर्ण फोटोहरू मात्र राखेर सजावट गर्नुपर्छ ।

पर्दामा पनि दिनुपर्छ ध्यान

बैठक कोठामा प्रकाशको राम्रो प्रवाह होस् भनेर ठूलो झ्याल राखिएको हुन्छ । झ्यालको लम्बाई जत्रो छ, सोही साइजको पर्दा प्रयोग गर्नुभन्दा पनि भूईंसम्म छुने पर्दा राम्रो हुन्छ । यस कोठामा राख्ने पर्दाको कलर भित्ताको कलरसँग सुहाउँदो हुनु पर्छ । पर्दा झुन्ड्याउने रड झ्यालभन्दा अलि माथि राख्नुपर्छ । यसो गर्दा बैठक कोठा ठूलो र आकर्षक देखिन्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

दसैंको विषेश परिकार हो– मासु । दसैंमा मानिसहरुले मासुलाई नै बढी महत्व दिने गर्छन् । वर्षमा एकपटक आउने चाड हो

लुम्बिनी लायन्सले नेपाली क्रिकेट प्रशासनमा लामो अनुभव हासिल गरेकी भावना घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) को रूपमा नियुक्त गरेको छ

प्लाष्टिकको प्रयोग घटाउन कपडाको झोला बनाउने तालिम बढ्दो प्लाष्टिकको प्रयोग न्यूनीकरण गर्ने उद्धेश्यले बाँकेको कोहलपुर नगरपालिकामा महिलाहरुका लागि कपडाको झोला

मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा

Latest










Popular
Suggested