English

शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आज दुई खेल



शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुईवटा खेल हुँदैछन् ।दशरथ रङ्गशालामा आज हुने पहिलो खेलमा नेपाल पुलिस क्लब र नेपाल एपीएफ क्लब दिउँसो १ बजे खेल्दैछन् ।

पुलिस ११ खेलमा ११ अङ्क जोडेर अङ्क तालिकाको ११ औँ स्थानमा छ । समान खेलमा एपीएफ १४ अङ्क जोडेर आठौँ स्थानमा छ । आज हुने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र सङ्कटा क्लब बेलुका पौने पाँच बजे खेल्दैछन् ।

आर्मी ११ खेलमा १९ अङ्क जोडेर चौथो स्थानमा छ । समान खेलमा सङ्कटा १५ अङ्क जोडेर सातौँ स्थानमा छ । ‘ए’ डिभिजनको उपाधि भने मच्छिन्द्रले जितिसकेको छ । ब्रिगेड ब्वाइज र च्यासल रेलिगेसनमा परिसकेका छन् ।

यो पनि
क्यानडाविरुद्ध नेपाल ८ विकेटले विजयी
मनाङ ११ वर्षपछि एनआरटीसँग पराजित



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपाल क्रिकेट संघले युएईमा हुने यु-१९ एसिया कपमा सहभागी हुने टोलीलाई बिदाइ गरेको छ । नेपालले पहिलो खेल पाकिस्तानसँग मंसिर

एसीसी यू–१९ प्रिमियर कपको पहिलो खेलमा नेपालले इरानविरुद्ध २७४ रनको फराकिलो जित निकालेको छ । बिहीबार मलेसियामा भएको खेलमा नेपालले

नेपाली राष्ट्रिय क्रिकेट टिम यतिबेला भारतको नागपुरस्थित राजस्थान रोयल्सको एकेडेमीमा हाई परफरमेन्स प्रशिक्षण गरिरहेको छ । टी२० विश्वकपको एशिया क्षेत्र

नेपाल क्रिकेट संघ (क्यान) ले दुई वर्षका लागि आईएमई पेसँग टिकटिङ पार्टनरको सम्झौता गरेको छ । क्यानका सचिव पारस खड्का