English

मनाङ ११ वर्षपछि एनआरटीसँग पराजित



कीर्तिमानी आठ पटकको सहिद स्मारक ‘ए’ डिभिजन लिग बिजेता मनाङ मर्स्याङ्दी क्लब ११ वर्षपछि न्युरोड टिम एनआरटीसँग पराजित भएको छ ।

आइतबार त्रिपुरेस्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मेसुके ओलोमोउको गोल निर्णायक बन्दा मनाङ एनआरटीसँग १-० अन्तरले पराजित भएको हो । खेलको २६औं मिनेटमा मेसुकेले गोल गरे ।

पछिल्लो पटक एनआरटीले मनाङलाई ०६६/०६७ को लिगमा हराएको थियो । मनाङ ११ वर्षपछि नै लगातार दुई खेलमा पराजित भएको हो ।

अघिल्लो खेलमा एपीएफसँग मनाङ पराजित भएको थियो । जितसँगै एनआरटीले १२ खेलमा २० अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ । मनाङ भने १२ खेलमा २० अंक जोडेर तेस्रो स्थानमा झरेको छ ।

यो पनि
लिभरपुल, चेल्सी, आर्सनल, रियल, एट्लेटिको विजयी, पीएसजी पराजित



सम्बन्धित खबरहरु

लुम्बिनी लायन्सले नेपाली क्रिकेट प्रशासनमा लामो अनुभव हासिल गरेकी भावना घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) को रूपमा नियुक्त गरेको छ

एसीसी पुरुष टी-२० विश्वकपको एशिया प्यासिफिक छनौट खेल्न ३२ खेलाडीको क्लोज क्याम्प शुरु भएको छ । क्लोज क्याम्पमा खेलाडीहरुले प्रशिक्षण

प्रधानमन्त्री केपी शर्मा ओलीले फिफा वरियातमा माथि रहेको उज्वेकिस्तानको टिमलाई चुनौती दिन सफल खेलाडीहरूलाई धन्यवाद दिएका छन्। प्रधानमन्त्री ओलीले आज

आरोही फुर्वा तेन्जिङ शेर्पा र राज गुरुङद्वयले सगरमाथाको चुचुरोमा पूर्व राष्ट्रिय फुटबल खेलाडी तथा प्रशिक्षक राजुकाजी शाक्यको फोटो अंकित झण्डा