English

लिभरपुल, चेल्सी, आर्सनल, रियल, एट्लेटिको विजयी, पीएसजी पराजित



ह्यारी केनको दुई गोलप्रेरित टोटनहमले शनिबार इङ्लिस प्रिमियर लिगको शीर्ष टोली म्यानचेस्टर सिटीलाई रोमाञ्चक खेलमा ३-२ ले निराश पारेको छ । शीर्ष स्थाको सिटी निराश हुँदा लिभरपुलले भने नर्विच सिटीलाई ३-१ अन्तरले हराउँदै पेप ग्वार्डिओलाको टोलीसँगको दूरी सात अंकमा झारेको हो । सिटीभन्दा लिभरपुलले एक खेल कम खेलेको छ ।

चौथो मिनेटमा डेजान कुलुभ्सिकीको गोलमा टोटनहमले अग्रता लिएको थियो । ३३औं मिनेटमा एल्के गुन्डोगानको गोलमा सिटी खेलमा फर्किएको थियो । ५९औं मिनेटमा केनले पुनः टोटनहमलाई अग्रता दिलाएका थिए । ७४औं मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै टोटनहमको अग्रता ३१ मा पुर्‍याए पनि भिडियो सहायक रेफ्री भिएआरले सो गोललाई मान्यता दिएन ।

इन्जुरी समयको दोस्रो मिनेटमा रियाद महारेजले पेनाल्टीको सदुपयोग गर्दा सिटीले टनेटहमसँग अंक बाँड्ने संकेत गरेको थियो । तर त्यसको तीन मिनेटपछि नै केनले गोल गर्दै सिटीको सो लक्ष्यमा पूर्णविराम लगाइ दिएका थिए । अक्टोबरमा क्रिस्टल प्यालेससँग २-० ले पराजित भएपछि सिटीको प्रिमियर लिगमा यो पहिलो हार हो ।

सिटी २६ खेलमा ६३ अंकसहित शीर्ष स्थानमा यथावत छ । जुन दोस्रो स्थानको लिभरपुल भन्दा ६ अंक बढी हो । तेस्रो स्थानको चेल्सीको ५० र चौथो स्थानको म्यानचेस्टर यनाइटेडको ४३ अंक रहेको छ । सिटीसँगको अंक दूरी कम गर्ने क्रममा लिभरपुलले नर्विच सिटीलाई ३-१ ले हराएको हो ।

४८औं मिनेटमा रासहिचाको गोलमा नर्विचले अग्रता लिएको थियो । ६४औं मिनेटमा साडियो मानेले लिभरपुललाई खेलमा फर्काएका थिए । त्यसको तीन मिनेटपछि मोहम्मद सलाहले लिभरपुलाई अगैता दिलाए । ८१औं मिनेटमा लुइस डियाजले लिभरपुलका लागि तेस्रो गोल गरे । रातिका अन्य खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई १-०, आर्सनलले ब्रेन्टफोर्डलाई २-१, वाटफोर्डले एस्टन भिल्लालाई १-०, बर्नलीले ब्राइटनलाई ३-१, साउथह्याम्पटनले एभार्टनलाई २-० ले पराजित गर्‍यो ।

स्पेनिस ला लिगा : रियल र एट्लेटिको विजयी
स्पेनिस ला लिगाको शनिबार राति भएको खेलमा लिग लिडर रियल मड्रिड र एट्लेटिको मड्रिड समान ३-० अन्तरले विजयी भएका छन् । रियलले घरेलु मैदानमा डिपोर्टिभो अलाभेसलाई दोस्रो हाफमा लगातार तीन गोल गर्दै ३-० अन्तरले पराजित गर्‍यो । रियलको जितमा मार्को एसेन्सियो, भिनिसियस जुनिअर र कप्तान करिम बेन्जेमाले एक एक गोल गरे ।

अर्को खेलमा भ्रमणकारी टोली एट्लेटिकोले ओसासुनालाई ३-० अन्तरले पराजित गर्दै शीर्ष चारमा रह्यो । एट्लेटिकोको जितमा जोआओ फेलिक्स, लुइस सुआरेज र एन्जल कोरेयाले एक एक गोल गरे । जितसँगै २५ खेलबाट ५७ अंक बनाएको रियल शीर्ष स्थानमा छ । एट्लेटिको भने समान खेलबाट ४२ अंक बनाएर चौथो स्थानमा छ । यता पराजित अलाभेस २० अंक सहित रेलिगेशन जोनमा छ भने ओसासुना ३२ अंक सहित नवौं स्थानमा छ ।

पीएसजीले बेहोरो सिजनको दोस्रो हार
फ्रेन्च क्लब पेरिस सेन्ड जर्मेनले जारी लिग वानमा दोस्रो हार बेहोरेको छ । शनिबार राति भएको खेलमा भ्रमणकारी टोली पीएसजी एफसी नान्टेससंग ३-१ अन्तरले पराजित भएको छ । घरेलु मैदानमा नान्टेसले स्टार खेलाडी नेयमार, केलीयन एम्बाप्पे र लियोनल मेस्सीलाई रोक्दै जित सहित पाचौं स्थानमा उक्लिएको हो ।

उसको जितमा रन्डाल कोलो मुअनी कुइन्टिन मार्लीन र लुडोभिक ब्लासले एक एक गोल गरे । पीएसजीका नेयमारले सान्त्वना गोल फर्काए । ५९ औं मिनेटमा नेयमारले पेनाल्टी सदुपयोग गर्न नसक्दा पीएसजी थप दबाबमा परेको थियो । हारपछी २५ खेलबाट ५९ अंक बनाएको पीएसजी शीर्ष स्थानमा कायम छ ।

यो पनि
पोखरा म्याराथन : खुलामा कोसगाइ र महिलातर्फ प्रसाईं पहिलो



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपाल क्रिकेट संघले युएईमा हुने यु-१९ एसिया कपमा सहभागी हुने टोलीलाई बिदाइ गरेको छ । नेपालले पहिलो खेल पाकिस्तानसँग मंसिर

एसीसी यू–१९ प्रिमियर कपको पहिलो खेलमा नेपालले इरानविरुद्ध २७४ रनको फराकिलो जित निकालेको छ । बिहीबार मलेसियामा भएको खेलमा नेपालले

नेपाली राष्ट्रिय क्रिकेट टिम यतिबेला भारतको नागपुरस्थित राजस्थान रोयल्सको एकेडेमीमा हाई परफरमेन्स प्रशिक्षण गरिरहेको छ । टी२० विश्वकपको एशिया क्षेत्र

नेपाल क्रिकेट संघ (क्यान) ले दुई वर्षका लागि आईएमई पेसँग टिकटिङ पार्टनरको सम्झौता गरेको छ । क्यानका सचिव पारस खड्का