English

लिभरपुल, चेल्सी, आर्सनल, रियल, एट्लेटिको विजयी, पीएसजी पराजित



ह्यारी केनको दुई गोलप्रेरित टोटनहमले शनिबार इङ्लिस प्रिमियर लिगको शीर्ष टोली म्यानचेस्टर सिटीलाई रोमाञ्चक खेलमा ३-२ ले निराश पारेको छ । शीर्ष स्थाको सिटी निराश हुँदा लिभरपुलले भने नर्विच सिटीलाई ३-१ अन्तरले हराउँदै पेप ग्वार्डिओलाको टोलीसँगको दूरी सात अंकमा झारेको हो । सिटीभन्दा लिभरपुलले एक खेल कम खेलेको छ ।

चौथो मिनेटमा डेजान कुलुभ्सिकीको गोलमा टोटनहमले अग्रता लिएको थियो । ३३औं मिनेटमा एल्के गुन्डोगानको गोलमा सिटी खेलमा फर्किएको थियो । ५९औं मिनेटमा केनले पुनः टोटनहमलाई अग्रता दिलाएका थिए । ७४औं मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै टोटनहमको अग्रता ३१ मा पुर्‍याए पनि भिडियो सहायक रेफ्री भिएआरले सो गोललाई मान्यता दिएन ।

इन्जुरी समयको दोस्रो मिनेटमा रियाद महारेजले पेनाल्टीको सदुपयोग गर्दा सिटीले टनेटहमसँग अंक बाँड्ने संकेत गरेको थियो । तर त्यसको तीन मिनेटपछि नै केनले गोल गर्दै सिटीको सो लक्ष्यमा पूर्णविराम लगाइ दिएका थिए । अक्टोबरमा क्रिस्टल प्यालेससँग २-० ले पराजित भएपछि सिटीको प्रिमियर लिगमा यो पहिलो हार हो ।

सिटी २६ खेलमा ६३ अंकसहित शीर्ष स्थानमा यथावत छ । जुन दोस्रो स्थानको लिभरपुल भन्दा ६ अंक बढी हो । तेस्रो स्थानको चेल्सीको ५० र चौथो स्थानको म्यानचेस्टर यनाइटेडको ४३ अंक रहेको छ । सिटीसँगको अंक दूरी कम गर्ने क्रममा लिभरपुलले नर्विच सिटीलाई ३-१ ले हराएको हो ।

४८औं मिनेटमा रासहिचाको गोलमा नर्विचले अग्रता लिएको थियो । ६४औं मिनेटमा साडियो मानेले लिभरपुललाई खेलमा फर्काएका थिए । त्यसको तीन मिनेटपछि मोहम्मद सलाहले लिभरपुलाई अगैता दिलाए । ८१औं मिनेटमा लुइस डियाजले लिभरपुलका लागि तेस्रो गोल गरे । रातिका अन्य खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई १-०, आर्सनलले ब्रेन्टफोर्डलाई २-१, वाटफोर्डले एस्टन भिल्लालाई १-०, बर्नलीले ब्राइटनलाई ३-१, साउथह्याम्पटनले एभार्टनलाई २-० ले पराजित गर्‍यो ।

स्पेनिस ला लिगा : रियल र एट्लेटिको विजयी
स्पेनिस ला लिगाको शनिबार राति भएको खेलमा लिग लिडर रियल मड्रिड र एट्लेटिको मड्रिड समान ३-० अन्तरले विजयी भएका छन् । रियलले घरेलु मैदानमा डिपोर्टिभो अलाभेसलाई दोस्रो हाफमा लगातार तीन गोल गर्दै ३-० अन्तरले पराजित गर्‍यो । रियलको जितमा मार्को एसेन्सियो, भिनिसियस जुनिअर र कप्तान करिम बेन्जेमाले एक एक गोल गरे ।

अर्को खेलमा भ्रमणकारी टोली एट्लेटिकोले ओसासुनालाई ३-० अन्तरले पराजित गर्दै शीर्ष चारमा रह्यो । एट्लेटिकोको जितमा जोआओ फेलिक्स, लुइस सुआरेज र एन्जल कोरेयाले एक एक गोल गरे । जितसँगै २५ खेलबाट ५७ अंक बनाएको रियल शीर्ष स्थानमा छ । एट्लेटिको भने समान खेलबाट ४२ अंक बनाएर चौथो स्थानमा छ । यता पराजित अलाभेस २० अंक सहित रेलिगेशन जोनमा छ भने ओसासुना ३२ अंक सहित नवौं स्थानमा छ ।

पीएसजीले बेहोरो सिजनको दोस्रो हार
फ्रेन्च क्लब पेरिस सेन्ड जर्मेनले जारी लिग वानमा दोस्रो हार बेहोरेको छ । शनिबार राति भएको खेलमा भ्रमणकारी टोली पीएसजी एफसी नान्टेससंग ३-१ अन्तरले पराजित भएको छ । घरेलु मैदानमा नान्टेसले स्टार खेलाडी नेयमार, केलीयन एम्बाप्पे र लियोनल मेस्सीलाई रोक्दै जित सहित पाचौं स्थानमा उक्लिएको हो ।

उसको जितमा रन्डाल कोलो मुअनी कुइन्टिन मार्लीन र लुडोभिक ब्लासले एक एक गोल गरे । पीएसजीका नेयमारले सान्त्वना गोल फर्काए । ५९ औं मिनेटमा नेयमारले पेनाल्टी सदुपयोग गर्न नसक्दा पीएसजी थप दबाबमा परेको थियो । हारपछी २५ खेलबाट ५९ अंक बनाएको पीएसजी शीर्ष स्थानमा कायम छ ।

यो पनि
पोखरा म्याराथन : खुलामा कोसगाइ र महिलातर्फ प्रसाईं पहिलो



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा जारी २२औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड समारोहमा तेक्वान्दोका विज्ञ तुलसीकुमार गुरुङलाई एनएसजेएफ स्पेशल

Latest










Popular
Suggested