English

टुलिप युनिसेक्स स्टुडियो सञ्चालन



महाबौद्धमा टुलिप युनिसेक्स सलुन एण्ड हेयर ब्यूटी मेकअप सञ्चालमा आएको छ । उक्त मेकअप स्टुडियोको वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ, वरिष्ठ सौन्दर्यकर्मी सीता न्यौपाने पाठक, गायिका देविका वन्दना र मिसेज ब्यूटी क्विन नेपालका विजेताहरुले संयुक्तरूपमा उद्घाटन गरेका हुन् ।

विगत एक दशकभन्दा बढी समयदेखि विभिन्न व्यवसाय गर्दै आएका रसुमिला श्रेष्ठ, कल्पना राजभण्डारी तथा शरोजा मानन्धरको संयुक्त लगानीमा ब्यूटी स्टुडियो आज संचालन गरेका हुन् ।

व्यावसायिक सफलताका लागि शुभकामना दिँदै महिला दिदीबहिनीहरुलाई व्यावसायिक क्षेत्रमा स्वावलम्बन बन्न र आफ्नो मेहनतका साथै कला क्षमता प्रदर्शनसँगै आर्थिकरूपमा राम्रो आम्दानीको माध्यम भएकाले व्यावसायिकरूपमा सफल भएर अगाडि बढ्न मद्दत पुगेको कलाकार श्रेष्ठले बताए ।

यसैगरी वरिष्ठ सौन्दर्यकर्मी सीता न्यौपाने आचार्यले महिलाहरु घरको चुलाचौकाभन्दा माथि उठेर यस क्षेत्रमा लागि स्वरोजगार बन्न ठुलो अवसर प्राप्त भएकाले यसलाई ठूलो उपलब्धी मान्न सकिने बताएन् ।

उक्त स्टुडियोमा अनुभवी व्यूटीसियनहरुद्वारा कपाल काट्ने, हेयर स्टाइलिङ गर्ने, बडीवाक्स, फेसियल, मेनीकियर, पेडीकियर, आइल्यास एक्स्टेन्सन, मेहेन्दीलगायत विवाहका लागि सम्पूर्ण महिला तथा पुरुषलाई आवश्यक पर्ने मेकअपको सेवा दिइने छ । यसका साथै स्टुडियोको उद्घाटनको अवसर पारेर एक महिनासम्म महिला तथा पुरुषको लागि सम्पूर्ण सेवामा ३० प्रतिशत छुट गरिएको सञ्चालक रसुमिला श्रेष्ठले जानकारी दिइन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

इटहरी/ इटहरीमा ‘मिसेस पुर्बेली आइकन’ दोस्रो संस्करणका फाइनल प्रतिस्पर्धीहरूको फोटोसुट र भिडियोसुट सम्पन्न गरिएको छ । बुधबार सम्पन्न फोटो तथा

गीतकार टेक तामाङको सांगीतिक साँझ भव्य रुपमा सम्पन्न भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा असार १४ गते शनिबार २५

हरितालिका तीजको अवसर पारेर महिला श्रृजनशील केन्द्रले आयोजना गरिएको ‘‘२१औं डाबर गुलावरी तीज फेस्टिबल–श्रृजनशील उद्यमी मेला २०८१’ आजबाट सुरु भएको

मिस नेपाल वर्ल्ड २०२४ को उपाधि आस्माकुमारी केसीले जितेकी छन् । शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित ग्राण्ड फिनालेमा

Latest










Popular
Suggested