English

टुलिप युनिसेक्स स्टुडियो सञ्चालन



महाबौद्धमा टुलिप युनिसेक्स सलुन एण्ड हेयर ब्यूटी मेकअप सञ्चालमा आएको छ । उक्त मेकअप स्टुडियोको वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ, वरिष्ठ सौन्दर्यकर्मी सीता न्यौपाने पाठक, गायिका देविका वन्दना र मिसेज ब्यूटी क्विन नेपालका विजेताहरुले संयुक्तरूपमा उद्घाटन गरेका हुन् ।

विगत एक दशकभन्दा बढी समयदेखि विभिन्न व्यवसाय गर्दै आएका रसुमिला श्रेष्ठ, कल्पना राजभण्डारी तथा शरोजा मानन्धरको संयुक्त लगानीमा ब्यूटी स्टुडियो आज संचालन गरेका हुन् ।

व्यावसायिक सफलताका लागि शुभकामना दिँदै महिला दिदीबहिनीहरुलाई व्यावसायिक क्षेत्रमा स्वावलम्बन बन्न र आफ्नो मेहनतका साथै कला क्षमता प्रदर्शनसँगै आर्थिकरूपमा राम्रो आम्दानीको माध्यम भएकाले व्यावसायिकरूपमा सफल भएर अगाडि बढ्न मद्दत पुगेको कलाकार श्रेष्ठले बताए ।

यसैगरी वरिष्ठ सौन्दर्यकर्मी सीता न्यौपाने आचार्यले महिलाहरु घरको चुलाचौकाभन्दा माथि उठेर यस क्षेत्रमा लागि स्वरोजगार बन्न ठुलो अवसर प्राप्त भएकाले यसलाई ठूलो उपलब्धी मान्न सकिने बताएन् ।

उक्त स्टुडियोमा अनुभवी व्यूटीसियनहरुद्वारा कपाल काट्ने, हेयर स्टाइलिङ गर्ने, बडीवाक्स, फेसियल, मेनीकियर, पेडीकियर, आइल्यास एक्स्टेन्सन, मेहेन्दीलगायत विवाहका लागि सम्पूर्ण महिला तथा पुरुषलाई आवश्यक पर्ने मेकअपको सेवा दिइने छ । यसका साथै स्टुडियोको उद्घाटनको अवसर पारेर एक महिनासम्म महिला तथा पुरुषको लागि सम्पूर्ण सेवामा ३० प्रतिशत छुट गरिएको सञ्चालक रसुमिला श्रेष्ठले जानकारी दिइन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

छालामा देखिने धेरै किसिमका समस्याहरूलाई हामी नजरअन्दाज गर्दै आएका छौँ । तर मौसममा परिवर्तन आउने बित्तिकै शरीरमा पर्ने पहिलो प्रभाव

नेवार समुदायले मनाउने यःमरि पुन्हि अर्थात योमरी पूर्णिमा र ज्यापु दिवस आज मुलुकभर उल्लासका साथ मनाईदैछ । हरेक वर्ष धान्य

पाँचौ अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस काठमाडौं लगायत देशका विभिन्न स्थानहरुमा मनाइएको छ । काठमाडौँमा राधा पौडेल फाउण्डेशन, दक्षिण गोलार्दीय महिनावारी

युरोपका विभिन्न मुलुकमा नेपाली कला संस्कृतिको प्रवद्र्वन सँगै मनोरंजनात्मक गतिविधिहरुलाई व्यवसायिक ढंगले आयोजना गर्ने उद्देश्य हेतु माल्टामा ब्लु हर्स इन्टरटेन्मेन्टको

Latest










Popular
Suggested