English

भीष्मराजको ‘वासुदा’ उपन्यास सार्वजनिक



युवा उपन्यासकार भीष्मराज फुलाराको कृति ‘वासुदा’ सार्वजनिक भएको छ । साहित्यमार्फत न्याय, समानता र परिवर्तनका लागि विद्यार्थी कालदेखि नै कलम चलाउँदै आएका फुलाराको उपन्यासलाई राजधानीमा आइतबार आयोजित कार्यक्रममा साहित्यकार डा.नवराज लम्साल, एटर्नी एट ल अमेरिकाका अधिवक्ता वासुदेव फुलारा, लेखक भीष्मराज फुलारालगायतले सार्वजनिक गरे ।

कृतिमाथि समीक्षात्मक टिप्पणी गर्दै उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवालीले एक संघर्षशील युवाको जीवनकथामा आधारित उपन्यास पढ्दा मुलपात्र वासुदामा एकैपटक देखिएका चुनौतीको सामना गर्ने साहस प्रशंसनीय पाएको बताए ।

उपन्यासकार फुलाराले कृतिमा वासुदाको जीवन संघर्ष रोचक, मर्मस्पर्शी र वास्तविक जीवनका रहस्य आममानिसको आफ्नै जीवनरेखाकै वरिपरि घुमेको महसुस गराउने बताए । उपन्यास फुलारा लिटरेचर फाउन्डेसन नेपालले प्रकाशन गरेको हो ।

फुलाराका यसअघि ‘टुहुरो कुण्डली (उपन्यास)’, ‘नफापेको मान्छे (उपन्यास)’, ‘नेपाली भाषा र साहित्यको इतिहासः त्यहाँदेखि यहाँसम्म’, ‘ओरपान हरस्कोप’ प्रकाशित भइसकेका छन् । गीतकारसमेत रहेका फुलाराका आधा दर्जन गीतह बजारमा आइसकेका छन् ।

यो पनि
जीवन हेर्ने दृष्टिकोण
साल्मेलाई सम्झेर !



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । महाकाव्यका गम्भीर भाव, राष्ट्रिय चेतना, मातृभूमिप्रतिको समर्पण र मानवीय संवेदनालाई संगीतको मधुर लयमा बाँध्दै श्रोतामाझ पुर्‍याउने उद्देश्यले तयार

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

Latest










Popular
Suggested