English

साल्मेलाई सम्झेर !



स्याङ्जाको साल्मे डाँडा । निर्माणाधीन ‘गोरखा स्मारक पार्क’ । यसैलाई केन्द्रमा राखी आगामी आइतबार पदयात्रा हुने भएको छ । सामाजिक क्षेत्रमा काम गर्दै आएका संस्थाद्वय वि विल राइज फाउन्डेसन नेपाल र पोखरेली मञ्च बेलायतको संयुक्त आयोजनामा ‘हाइक फर साल्मे डाँडा’ हुन लागेको हो ।

विगतमा ‘हाइक फर नेपाल’ मार्फत हङकङ, बेलायत लगायतका देशमा विभिन्न कार्यक्रम गर्दै नेपाल चिनाउँदै आएका यी संस्था यतिबेला साल्मे चिनाउन लागिपरेका छन् । यो पदयात्राले साल्मेको पर्यटकीय प्रवद्र्धन र वीर पुर्खाको योगदानलाई कदर गर्ने मञ्चका अध्यक्ष मानप्रसाद गुरुङले मेरोलाइफस्टाइललाई जानकारी दिए । ‘हिजो हाम्रा पुस्ताले के योगदान दिएका थिए र हामीले के गर्नुपर्ने रहेछ भन्ने कुरा यो पदयात्राले भावी पुस्तालाई एउटा सन्देश दिन्छ,’ उनले भने, ‘साल्मेमा बनिरहेको गोरखा स्मारकलाई एउटा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने हाम्रो चाहना हो ।’

गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) को अगुवाइमा निर्माणाधीन स्मारकको करिब ८० प्रतिशत काम सकिएको गुरुङले बताए ।

‘पदयात्राका लागि विदेशी पाहुनाहरू पनि आउनुभएको छ,’ मानप्रसाद गुरुङले भने, ‘स्थानीयका साथै, चर्चित अभिनेत्री करिश्मा मानन्धर, गायिका सुनीता दुलाल र कीर्तिमान आरोही फुर्वा तेन्जिङ शेर्पा पदयात्रामा सहभागी हुँदै हुनुहुन्छ ।’

पदयात्रामा सहभागी हुनका लागि बेलायत, अमेरिका, अस्ट्रेलिया लगायतका देशबाट ४० जनाभन्दा बढी विदेशी नागरिक नेपाल आएका छन् । साथै, स्थानीय, स्वदेशी र राष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकारहरू यो पदयात्रामा सहभागी हुने उनले जानकारी दिए । ‘पदयात्राका लागि विदेशी पाहुनाहरू पनि आउनुभएको छ,’ उनले भने, ‘स्थानीयका साथै, चर्चित अभिनेत्री करिश्मा मानन्धर, गायिका सुनीता दुलाल र कीर्तिमान आरोही फुर्वा तेन्जिङ शेर्पा पदयात्रामा सहभागी हुँदै हुनुहुन्छ ।’

पदयात्रा कार्यक्रम आइतबार बिहान ९ बजेबाट शुरु हुनेछ । त्यसका लागि सबैजना पोखरास्थित मटिखान टावरमा उपस्थित हुने तय भएको गुरुङले जानकारी दिए । ‘स्थानीयले सबैलाई स्वागत गर्छन् त्यहाँबाट करिब १ घन्टा यात्रा गरिन्छ,’ उनले भने, ‘साल्मे डाँडामा पुगेपछि वीर पुर्खाहरूको सम्झनामा श्रद्धाञ्जलि कार्यक्रम हुनेछ र गोरखा स्मारक पार्कको अवलोकन गरिनेछ ।’ साथै, कलाकारहरूले मनोरञ्जनात्मक कार्यक्रम हुनेसमेत उनले प्रष्ट पारे ।

यसैगरी, भोलि (शनिबार) पोखरामा नै भूतपूर्व खेलाडी मञ्चको आयोजनामा १६औं पोखरा अन्तर्राष्ट्रिय म्याराथन–२०७८ हुँदैछ । ४२.१९५ किलोमिटर म्याराथन प्रतियोगितामा १६२ जनाले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । यस्तै, महिला हाफ म्याराथनमा ३९ गरी कुल २ सय १ धावक खेलाडीहरूको सहभागिता रहनेछ । जसका लागि बेलायत, फ्रान्स, केन्या, भारत, ओमान, आयरल्यान्ड, अमेरिकाबाट पनि धावकहरू आएका छन् । साथै, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बललगायत नेपालका १७ जिल्लाबाट प्रतिस्पर्धा गर्र्दैछन् । यो प्रतियोगितामा प्रथम हुनेले ४ लाख रुपियाँ, दोस्रोले २ लाख रुपियाँ, तेस्रोले १ लाख रुपियाँ र चौथोले ३० हजार रुपियाँ पुरस्कार पाउनेछन् । साथै, प्रतियोगितामा सहभागी अधिकांश साल्मे डाँडाको पदयात्रामा समेत सहभागी हुनेछन् ।

यो म्याराथनलाई सफल पार्नका लागि पोखरेली मञ्च बेलायतले पाँच लाख रुपियाँ सहयोग समेत गरेको छ । मञ्चका अध्यक्ष गुरुङले भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीलाई शुक्रबार आर्थिक सहयोग नगद हस्तान्तरण गरेका हुन् ।

यो पनि…
सगरमाथा चढ्न वि विल राइजद्वारा आङरिताका नातिलाई आर्थिक सहयोग
राइज मिडियाका अध्यक्ष गुरुङ ‘प्रबल जनसेवा श्री चतुर्थ’ बाट सम्मानित



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं : ९० भन्दा बढी देशका १,००० भन्दा बढी विद्यालयहरुलाई सहयोग गर्दै आएको विश्वव्यापी संस्था इन्टरनेशनल करिकुलम एसोसिएसन (आईसीए) ले

काठमाण्डौं /नेपाली सांगीतिक बजारमा नयाँ गीत ‘अमेरिकामा माया’ सार्वजनिक भएको छ। लोकप्रिय गायिका मेलिना राई र गायक उत्तमजंग लिम्बु को

काठमाडौँ : अल–न्यू अपग्रेडेड बजाज डोमिनार ४०० को लन्च कार्यक्रम फागुन १ मा बाइकर्स क्याफेमा सफलतापूर्वक सम्पन्न भएको छ। उक्त

महाशिवरात्रिको अवसरमा लोकप्रिय गायिका रुचि घिमिरे र गायक दीपक रमणले शिव भजन ‘‘जय भोलेबाबा’को भिडियो सार्वजनिक गरेका छन् । भगवान

Latest










Popular
Suggested