English

तपाईंको आज दिन कस्तो रहला ?



आज २०७८ फागुन ९ गते सोमबार । तपाईंको आज दिन कस्तो रहला हेर्नुहोस् राशिफल

मेष
आजको दिन राम्रो छ । तपाईंको केन्द्रमा चन्द्रमा रहेकाले मानसिक रूपमा प्रशन्नता मिल्नेछ । इष्टमित्रबाट सहयोग मिल्नेछ । शिक्षा, स्वास्थ्य, सामाजिक, राजनीतिक क्षेत्रहरू यथावत रहेका छन् । धार्मिक क्षेत्रमा मन जानेछ ।

वृष
दिन सामान्य राम्रो छ । कारणले चिन्ता बढ्नेछ । बोल्दा ख्याल गर्नुहोला । आफ्नै बोलीले समस्यामा पर्ने योग रहेको छ । शिक्षाको क्षेत्रमा धेरै राम्रो छ । व्यापार व्यवसायमा सकारात्मक प्रभाव छ ।

मिथुन
दिन सामान्य राम्रो छ । विद्याको क्षेत्रमा अझ राम्रो छ । अध्ययन अध्यापनमा फाइदा हुनेछ । आर्थिक, सामाजिक, क्षेत्रमा यथावत् रहेपनि वैदेशिक क्षेत्रमा उल्लेखनीय नतिजा हात लाग्नेछ । मित्रबाट घात हुने सम्भावना छ ।

कर्कट
आजको दिन त्यत्ति राम्रो छैन । आर्थिक, सामाजिक, धार्मिक क्षेत्रमा उतारचढाव आउनेछ । शिक्षाको क्षेत्रमा आलस्य बढ्नेछ । वैदेशिक रोजगारमा गरेको श्रम लगानीबाट राम्रो उन्नती हुनेछ । राजनीतिमा राम्रो पकड रहला ।

सिंह
आजको दिन राम्रो छ । मानसिक रूपमा उमंग रहने योग छ । परिवारबाट सहयोग मिल्नेछ । चरा, पन्छीलाई अन्न दिएर गरेको कामबाट लाभ मिल्नेछ । व्यापार व्यवसायमा फाइदा मिल्नेछ ।

कन्या
दिन राम्रो नै छ । सम्पत्ति आर्जन हुने दिन छ । स्वास्थ्य, शिक्षा, रोजगारमा आफू अनुकूल छ । राजनीतिमा भने जोगिएर काम गर्नुपर्ने छ । मन खिन्न हुनेछ ।

तुला
दिन राम्रो छ । आर्थिक कठिनाइ भएपनि शिक्षाको क्षेत्रमा सहयोग मिल्नेछ । दीर्घकालीन कामको सुरुवात गर्दा फाइदाजनक हुनेछ ।

वृश्चिक
दिन सामान्य राम्रो छ । बोलीका कारण शत्रू बढ्नेछन् । शान्त रहेर बस्नु फाइदाजनक छ । धार्मिक क्षेत्रमा मन जानेछ । वैदेशिक क्षेत्रमा गरेको लगानीले फाइदा मिल्ने योग रहेको छ ।

धनु
दिन राम्रो छ । प्रशंसा बढ्नेछ । अरू क्षेत्रमा यथावत् रहेपनि शिक्षाको क्षेत्रमा दायरा फराकिलो हुनेछ । सामाजिक, स्वास्थ्य, राजनीति, पारिवारिक क्षेत्र यथावत रहेको छ । लगानी भने नगर्नु उचित देखिन्छ । धार्मिक क्षेत्रमा रूची बढ्नेछ ।

मकर
आजको दिन सामान्य राम्रो छ । दीर्घकालीन योजना नबनाएको राम्रो । आज ठूलो नाफा गर्न सकिँदैन भने अरू कार्यमा सामान्य छ । मातापिताको आशिर्वाद लिएर दिनको सुरुवात गर्नुहोला ।

कुम्भ
आजको दिन सामान्य राम्रो छ । शिक्षा, स्वास्थ्य, क्षेत्रमा धेरै राम्रो छ । तपाईंले गरेको श्रम लगानीबाट फाइदा हुने सम्भावना छ । सामाजिक, राजनीतिक क्षेत्रहरू सामान्य रहेपनि स्वास्थ्यमा धेरै सुधार हुनेछ । आफन्तबाट सहयोग मिल्नेछ ।

मिन
आजको दिन सबै क्षेत्र सामान्य छ । शिक्षाको क्षेत्रमा गरेको श्रम लगानीबाट धेरै राम्रो हुने योग रहेको छ । जोश जागर बढ्नेछ । परीक्षा दिँदै हुनुहुन्छ भने नतिजा राम्रो मिल्ने छ । हनुमान भगवानलाई सम्झिए थालेको काममा सफलता मिल्नेछ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,

अहिले होली पर्वलाई भाङ खाने, मदिरापान गर्ने, होहल्ला गर्ने गरेर मनाउन थालिएको छ । यसले यो पर्वको महत्वलाई भुलाउदै नराम्रो

डा. गुरूप्रसाद सुवेदी हामीले महादेवको पूजा गर्दा जहिल्यै शिवलिङ्गको पूजा गरेको देखेका छौँ । तर यसको वास्तविक अर्थ के हो