English

यसकारण हुन्छ मिर्गौलामा पत्थरी



मिर्गौलाको पत्थरीको रोकथाम तथा उपचारमा भोजन व्यवस्थापनको महत्त्वपूर्ण भूमिका हुन्छ । विशेषतः यो रोग केही हदसम्म वंशाणुगत भए पनि यसको मुख्य कारण खानपान र जीवनशैली हो ।

पत्थरी हुने अर्को कारण पटक-पटक पिसाबको इन्फेक्सन पनि हो । पटक-पटक पिसाबको इन्फेक्सन हुने व्यक्तिलाई पत्थरी हुने सम्भावना बढी हुने भएकोले इन्फेक्सनको उपचार समयमै गर्नुपर्छ ।

रोग निवारण गर्न स्वस्थ जीवनशैलीको अभ्यास गर्ने र खानपानमा ध्यान दिने गरेमा मिर्गौलामा पत्थरी जम्मा हुने जोखिम कम हुन्छ । पत्थरी भएको खण्डमा पत्थरीलाई सजिलै बाहिर फाल्न पनि मद्दत गर्छ ।

के खाने ?
–पत्थरी भएको व्यक्तिले सामान्यभन्दा धेरै पानी पिउन जरुरी छ । धेरै पानी पिउँदा पिसाबको मात्रा पनि बढ्ने हुँदा यसले मिर्गौलामा बनेको पत्थरलाई बगाई लैजान मद्दत गर्छ ।
–पत्थरी हुँदा नरिवल पानीको उपयोगलाई पनि राम्रो मानिन्छ । नरिवल पानीमा पत्थर बन्न रोक्ने र बढ्न नदिने मात्र होइन बनिसकेको पत्थरलाई समेत निर्मूल गर्ने खालका विशेष रसायनहरू छन् । यसमा प्रशस्त प्राकृतिक पोटासियम पाइन्छ जसले पत्थरी बन्ने प्रक्रियालाई रोक्छ ।
–कागतीमा प्रशस्त सिट्रेट पाइन्छ । यो अम्लले क्याल्सियम अक्जलेट पत्थरी हुन दिँदैन । सादा पानी पिउन नसक्नेहरूको लागि कागती पानी राम्रो विकल्प हुन सक्छ ।
–गहतको झोललाई शक्तिशाली पत्थरी समक द्रव्य मानिन्छ र यसको प्रयोगले पत्थरी हुन नदिनुका साथै बनेको पत्थरीलाई पनि गलाउन मद्दत गर्छ ।
–रेसादार सागपात, तरकारी, फलफूल प्रशस्त मात्रामा खानुपर्छ । यी खानेकुराहरू पनि पत्थरीको बिरामीहरूका लागि लाभदायक हुन्छ ।

के नखाने ?
–पत्थरी भएका व्यक्तिहरूले पालुङ्गोको साग, गोलभेँडा, अमला, चुकन्दर, ड्राईफ्रुट, डार्क चकलेट, सोयाबिन, कालो चिया र माछा मासुजस्ता खाद्यहरूको सेवन एकदमै कम मात्रामा गर्नुपर्छ ।
–यी खाद्यान्नमा युरिक एसिड बनाउने प्युरिन न्युक्लियोटाइड प्रशस्तै पाइन्छ । खानामा यी तत्वहरूको समावेश भए युरिक एसिड र अक्जलेटको क्रिस्टल बनि चाँडै पत्थरी हुन्छ ।
मिर्गौलामा पत्थरी भएको व्यक्तिहरूले नुनको सेवन पनि एकदमै कम मात्रामा गर्नुपर्छ ।

यो पनि
हिँड्नुका फाइदा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

एक साँझ हामी सूर्यास्त अवलोकन गर्न हेग शहरको अत्याधिक प्रसिद्ध समुन्द्रतट स्केभनिनगन गएका थियौँ । हाम्रो टोलीमा इटाली, फ्रान्स, नर्वे,

काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र