English

सरकारले एमसीसी जबर्जस्ती अगाडि बढायो : माओवादी केन्द्र



सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) ले एमसीसी सरकारले जबर्जस्ती अगाडि बढाउन खोजेको आरोप लगाएको छ । गठबन्धनको बैठकमा संसदमा एमसीसी अनुमोदन नगर्न स्पष्ट रूपमा भनेको र कार्यव्यवस्था परामर्श समितिमा पनि लिखित असहमति जनाएको भएपनि सरकारले जबर्जस्ती गरेको माओवादीको आरोप छ ।

विवाद र विरोधकाबीच एमसीसी संसदमा पेस भएको घटनाप्रति आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको पनि माओवादीले जनाएको छ । देशको स्वाधिनता र राष्ट्रियतामा नै प्रश्न उठ्न सक्ने विषयमा दलहरूबीच राष्ट्रि सहमति नगरी एमसीसी संसदमा पेश भएको घटनाप्रति माओवादीले आपत्ति जनाएको छ ।

माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘देशको स्वाधिनता र राष्ट्रियतामा नै प्रश्न उठ्न सक्ने विष्यामा दलहरूबीच राष्ट्रिय सहमति नगरिकन र सत्तारुढ दलभित्रै एकरूपता नहुँदा नहुँदै जबर्जस्ती प्रतिनिधिसभामा पेस भएको घटनाप्रति हाम्रो गम्भीर आपत्ति छ ।’

यो पनि
आज बानेश्वरमा रमिता
एमसीसी टाइमलाइन : कहिले के भयो ?
केपी ओली भन्छन्- एमसीसी समयमै संसदमा नल्याउँदा अहिलेको अवस्था बन्यो



सम्बन्धित खबरहरु

ओम आचार्यअमेरिका, गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्–अमेरिका (सतेन्द्र साह) ले नेपालमा चर्चामा रहेको मन्त्रि गुप्ताको अमेरिका भम्रण र एनआरएनएको

नेपाली राजनीतिमा पात्र फेरिनु कुनै नौलो कुरा होइन । समयसँगै अनुहार बदलिन्छन्, नाम बदलिन्छन्, दलका झण्डा फेरिन्छन् । तर पात्रसँगै

काठमाडौं, पुस ६ गते । विदेशमा बस्ने नेपालका मधेशीहरुको अन्तर्राष्ट्रिय छाता संगठन मधेशी एकता समाजले शनिबार काठमाडौंमा जेनजी आन्दोलनपछि मुलुकमा

नेपालको सबभन्दा पुरानो, ठूलो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस इतिहासको सबैभन्दा कठिन मोडमा उभिएको छ । मुलुकमा भएका तीन ठूला आन्दोलनको

Latest










Popular
Suggested