English

अभिनेता प्रभासले किने ६ करोडको कार (भिडियो)



तमिल अभिनेता प्रभासको कार कलेक्शनमा एउटा अर्को स्टाइलिश विलासी कारको इन्ट्री भएको छ । उनले लेम्बार्गिनी एभेन्टाडोर एस रोडस्टर किनेका छन्, जसको भारतीय मूल्य ६ करोड रहेको छ ।

कारको कभर हटाएर हैदराबादको सडकमा कार चलाइरहेको उनको भिडियो सोसल मिडियामा अहिले अत्याधिक भाइरल बनिरहेको छ । उनले यो कार पिता सूर्या नारायण राजूको बर्थ डे एनिभर्सरीमा किनेका हुन् ।

यो भन्दा पहिला पनि प्रभासले केही महंगा कार किनिसकेका छन् । उनीसंग सवा करोडको जगुआर एक्सजे, ८ करोडको रोल्स रोयल्स फ्याण्टम, ५० लाखको बीएमडब्ल्यू एक्स ३, ४ करोडको रेन्ज रोभर र ३० लाखको सेडान कार स्कोडा सुपर्भ रहेका छन् ।



सम्बन्धित खबरहरु

चर्चित नेपाली गायिका एलिना चौहानले तीजको अवसर पारेर आफ्नो जीवनका अनुभव र पिडालाई समेटिएको नयाँ गीत सार्वजनिक गरेकी छन् ।

देशभरका अभिनयप्रेमी युवाहरूमाझ लोकप्रिय बन्दै गएको रियालिटी शो ‘एक्टिङ स्टार’ ले विजेता तथा उपविजेताहरुलाई प्रदान गरिने पुरस्कारको घोषणा गरेको छ।

सगरमाथा आरोही जितेन्द्र रेग्मीले सगरमाथा सफाई देशव्यापी जागरण अभियान सम्पन्न गरेका छन् । सगरमाथालाई स्वच्छ र सफा राख्नुपर्छ भन्ने जागरण

गीतकार टेक तामाङको सांगीतिक साँझ भव्य रुपमा सम्पन्न भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा असार १४ गते शनिबार २५