English

आजको दिन विश्वमा घटेका मुख्य चार घटना



आज सन् २०२२ को २० फेब्रुवरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । चार मुख्य घटना यस्ता छन् :

पृथ्वीको परिक्रमा गर्ने पहिलो अमेरिकी नागरिक
पृथ्वीको परिक्रमा गर्ने पहिलो अमेरिकी नागरिकले सन् १९६२ मा आन्द्र महासागरमा सुरक्षित अवतरण गरेका थिए । जोन एच ग्लेन जुनियर आजकै दिन अर्थात २० फेब्रुवरीमा आन्द्र महासागरमा सुरक्षित अवतरण गरेका थिए ।

जर्मनमा अमेरिकी बमवर्षक विमानको हमला
सन् १९४४ मा अमेरिकी बमवर्षकहरूले जर्मन विमान निर्माण केन्द्रहरूमा आक्रमण गरेका थिए । सो बमबारी अभियानलाई इतिहासमा विग विक भनेर चिनिन्छ । युरोप आक्रमणका लागि हवाई सर्वोच्चता प्राप्त गर्न आक्रमणको तत्कालीन उदेश्य थियो ।

अस्ट्रेलियाको राजधानी सहर निर्माण कार्य सुरु
सन् १९१३ मा अस्ट्रेलियाको राजधानी सहर निर्माण कार्य सुरु भएको थियो । क्यानबेरा पूर्णतया योजनाबद्ध शहर हो । प्रतिद्वन्द्वी सिड्नी र मेलबर्नबीचको सम्झौताको रूपमा क्यानबेरालाई अस्ट्रेलियाको राजधानीको रूपमा छनोट गरिएको थियो ।

रिहानाको जन्म दिन
आजकै दिन बार्बेडियाली गायिका, नायिका तथा फेसन डिजाइनर रिहानाको जन्म भएको थियो । उनको जन्म १९८८ को २० फेब्रुवरीमा भएको हो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

Latest










Popular
Suggested