English

आकर्षक डिजाइनका यी मिनीब्याग



हिजोआज ब्याग महिलाहरूका लागि अत्यावश्यक वस्तु बोक्ने माध्यम मात्र नभएर एक स्टाइलको पाटो पनि बनेको छ । त्यसैले, युवतीहरू विभिन्न स्टाइलका ब्यागहरू बोक्न रुचाउँछन् । कतिपयले ठूला आकारका ब्यागहरू बोक्न रुचाउँछन् भने कतिपयले मिनी ब्यागहरूको प्रयोग गर्छन् ।

मिनी ब्याग एकदमै सानो हुन्छ, त्यसैले यो अद्वितीय देखिन्छ । पछिल्लो समय महिलामा मिनी ब्यागको क्रेज निकै बढेको छ । बजारमा विभिन्न रंग, डिजाइन र ढाँचामा यी ब्यागहरू उपलब्ध छन् । जसलाई छनोट गरेर तपाईंले आफ्नो लुक्सलाई थप स्टाइलिस बनाउन सक्नुहुन्छ ।

मिनी क्रस बडी ब्याग

मिनी क्रस बडी ब्याग धेरै स्टाइलमा छनोट गर्न सकिन्छ । यसलाई पोसाकको रंग अनुसार पनि छान्न सक्नुहुन्छ ।

मिनी बकेट ब्याग

मिनी बकेट ब्यागहरू एकदमै स्टाइलिस देखिन्छन् । यसलाई बाहिर निस्किँदा हात वा नाडीमा बोक्न सक्नुहुन्छ । सेतो, कालो, खैरो, रंगको मिनी बकेट ब्यागले तपाईंको लुक्सलाई अझ धेरै सुन्दर बनाउनुहोस् ।

मिनी मोती ब्याग

आजकल धेरै लोकप्रिय मिनी मोती ब्यागहरू बजारमा उपलब्ध छन् । यी ब्यागहरू साझा लुक्सका लागि धेरै राम्रो देखिन्छ । तपाईंले यी ब्यागहरु विभिन्न डिजाइनमा छनोट गर्न सक्नुहुन्छ ।

त्रिकोणात्मक मिनी ब्याग

ज्यामितीय डिजाइन मन पराउनेका लागि यो ब्याग उत्तम हुन्छ । यसको आकार विशेष किसिमको हुन्छ, जसले सबैको ध्यानाकर्षणसमेत गर्दछ । त्रिकोण आकारको मिनी ब्याग छनोट गर्दा उज्यालो र बोल्ड रंगहरू छनोट गर्नहोस् । यसले तपाईंलाई विशेष लुक्स दिनेछ ।


यो पनि…
युवतीका लागि जाडो फेसन
ग्ल्यामर्स देखिन अपनाउनुहोस् यस्ता फेसन टिप्स



सम्बन्धित खबरहरु

काठमाडौँमा आज सम्पन्न विशेष कार्यक्रममा सो पुरस्कार प्रदान गरिएको हो ।५१ हजार राशी रहेको सो पुरस्कार वरिष्ठ गायक कमल बि.के.

कार्त्तिक २०, काठमाडौं। लुम्बिनी लायन्सले भारतीय प्रशिक्षक रोबिन सिंहलाई मेन्टर नियुक्त गरेको छ। लुम्बिनीले मंसिर १ देखि २७ गतेसम्म आयोजना

कार्तिक १८, नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका १२ को बेलास्पुर स्थित चिडिमार टोलमा वृहद् सामुदायिक सरसफाई अभियान समपनन भएको छ ।

कार्तिक १८, काठमाडौं। थाई एयरवेज इन्टरनेशनल पब्लिक कम्पनी लिमिटेड(THAI) ले थ्री-क्लासको सुविधासहित एयरबस A330-300 विमान सञ्चालनमा ल्याएको छ। यस विमानले

Latest










Popular
Suggested