English

एकपटक खोला तरेबापत २०० रुपियाँ तिर्नुपर्ने बाध्यता



हुलाकी राजमार्गअन्तर्गत गौरीगञ्ज र झापा गाउँपालिका जोड्ने माई नदीको पुल एक दशकदेखि अलपत्र छ । ३१ जेठ २०६८ मा चार वर्षभित्र सक्ने सर्तसहित पप्पु कन्स्ट्रक्सन र महादेव खिम्ती जेभीले ठेक्का लिएको माई पुल एक दशकदेखि अलपत्र अवस्थामा छ ।

२०७२ जेठ मसान्तमा सक्ने गरी ३४ करोडमा ठेक्का लगाइएको छ । पुल ७ सय २४ मिटर लम्बाइको छ । पुल समयमा निर्माण नहुँदा बर्खामा डुंगा र हिउँदमा बाँसको पुलमा यात्रा गर्न बाध्य छन् स्थानीय । खोला तरेबापत पैसा तिर्नुपर्ने बाध्यता स्थानीयलाई छ । यो बाटो भएर दैनिक एक हजार बढी मानिस आवतजावत गर्दै आएका छन् ।

गत वर्षसम्म हिउँदमा बाँसको पुल लगाइने गरिएको थियो । स्थानीय ईश्वर माझी र उनका भाइ विपीन माझीले बर्खामा डुंगा र हिउँदमा बाँसको पुल लगाउँदै आएका छन् । यसपटक भने मध्यहिउँदमा पनि डुंगाकै भरमा नदी तर्नुपर्ने बाध्यता छ । जसकारण मोटरसाइलक आवतजावत गर्न निकै मुस्किल छ । डुंगामा चढाएर पार गर्दा दुई सय रुपैयाँसम्म लाग्ने गरेको छ ।

पहिला त बाँसको पुल हुँदा धेरै सजिलो थियो । अहिले त हिउँदमा पनि डुंगाकै भरमा हिँड्नुपर्छ ।

यसपटक हुलाकी राजमार्ग निर्माण गर्दै आएको निर्माण कम्पनी मोतिदानले नदी वारपारका लागि अस्थायी पुल निर्माण गर्ने बताएपछि ईश्वर र विपीनले यसपटक बाँसको पुल लगाएनन्, जसको मार स्थानीयले खेप्नु परेको छ । ‘पहिला त बाँसको पुल हुँदा धेरै सजिलो थियो । अहिले त हिउँदमा पनि डुंगाकै भरमा हिँड्नुपर्छ,’ सञ्जय राजवंशी भन्छन्, ‘बाँसको पुलमा भएको भए मोटरसाइकल पनि अलिक सहजै वारपार गर्न सकिन्थ्यो । डुंगामा त धेरै गाह्रो हुन्छ ।’

यसपटक सडक निर्माण कम्पनीले नदीमा अस्थायी पुल लगाउने भनेकाले आफूहरूले बाँसको पुल नलगाएको विपीन बताउँछन् । ‘बाटो बनाउनेले अस्थायी पुल लगाउँछु बाँसको पुल नलगाउनु भने । त्यही भएर यसपटक बाँसको पुल लगाइएन । तर, निर्माण कम्पनीले पनि अहिलेसम्म पुल लगाएको छैन,’ उनी भन्छन्, ‘नाउविना मान्छे र बाइक तार्न पनि सकिँदैन । नाउका लागि पानी कम हुँदा वारपार नाउ तार्न पनि समस्या छ । यसपटक साह्रै समस्या भयो ।’

यो पनि…
सीपले सिर्जना गरेको रोजगार
चित्र कोरेर गुजारा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

१७ असार, काठमाडौं । काठमाडौंको शहरी जल सुरक्षा सुदृढ बनाउने उद्देश्यका साथ सिभिल सर्भिस अस्पतालमा कृत्रिम भू–जल पुनर्भरण (Artificial Groundwater

Latest










Popular
Suggested