English

सुनलाई ‘भाग्यशाली’ मान्ने बप्पीले पाएका थिए सुनकाे टिसर्ट उपहार



बलिउडका लोकप्रिय गायक तथा संगीतकार बप्पी लाहिरीको लामो अस्वस्थतापछि ६९ वर्षको उमेरमा मंगलबार राति निधन भयो । उनी ओब्स्ट्रक्टिव स्लीप एपनिया(ओएसए) र रिकरेन्ट चेस्ट इन्फेक्सनबाट पीडित थिए ।

गीत–संगीत उद्योगमा चर्चित उनी सुन प्रेमका कारण पनि चर्चामा आइरहन्थे । बप्पी सुनलाई भाग्यशाली मान्थे, त्यही कारण सुनलाई उनले कहिल्यै छोडेनन् । सुनको गहना लगाएर बप्पीले आफ्नो सिग्नेचर लुक सिर्जना गरे, जुन सदाका लागि सम्झनलायक बन्यो ।

एक अन्तर्वार्तामा बप्पीले सुनप्रति आफ्नो मोहलाई खुलाएका थिए। उनका अनुसार उनी अमेरिकन स्टार एल्विस प्रेस्लीको ठूलो फ्यान थिए । एल्विसलाई उनको हरेक प्रस्तुति पछि सुनको चेन लगाइदिने गरिन्थ्यो । त्यो समयमा बप्पी संघर्षको यात्रामा थिए । एल्विसलाई सुनको चेन लगाइदिएको देखेपछि उनले आफूले पनि सफलता पाएपछि धेरै सुनको चेन र गहना लगाउने वाचा गरेका थिए । उनले त्यो वाचा साँच्चै नै पूरा गरे । उनले शरीरमा सुनको गहना यति धेरै लगाए कि उनलाई भारतको ‘गोल्डमेन’को उपाधि नै दिइयो ।

उनी जहिल्यै गलामा कैयौं मोटा-मोटा चेन, औंलामा कैयौं औँठी लगाउँथे । यी गहना उनका लागि विशेष थिए । उनले गलामा जति चेन लगाए, ती चेनको आफ्नै नाम थियो । भगवानप्रति अथाह आस्था राख्ने बप्पीसँग चेनको नाम गणपति बप्पा, हरे कृष्णा, बालाजी, जय माँ दुर्गा राखेका थिए । उनले आमाबाट उपहारका रुपमा पाएको पहिलो चेनको नाम हरे कृष्णा राखेका थिए । उनीसँग सुनको ब्रासलेट र औँठीको कलेक्सन नै थियो ।

सुनको सौखिन बप्पीले पछिल्लोपटक सुनको टिसर्ट धनतेरसमा पाएका थिए । उनले यो टिसर्ट श्रीमतीबाट उपहारस्वरूप पाएका थिए । ‘डिस्को डान्सर’ गायक बप्पीले सन् २०१४ मा भएको लोकसभा चुनावको समयमा आफ्नो सम्पत्ति र सुनचाँदीको विवरण पनि बुझाएका थिए । त्यो समयमा उनले विवरणमा ७ सय ५२ ग्राम सुन, ४ किलाे ६३ ग्राम चाँदी उल्लेख गरेका थिए । बप्पी २० करोड सम्पत्तिका मालिक थिए ।

यो पनि
बप्पी लाहिरी : गिनिज बुकमा नामदेखि माइकल ज्याक्सनसमेत फ्यान



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

जेभियर एकेडेमी स्टुडेन्ट काउन्सिलद्वारा आयोजित ‘ब्याटल अफ द ब्यान्ड्स’ मा अघोर ब्यान्ड बिजेता बनेको छ । निर्णायक र दर्शक दुवैलाई

काठमाडौं । पत्रकार/गीतकार गीता अधिकारीले आफ्नो जन्मदिनमा गीति एल्बम ‘भावस्पनदन’ श्रोता/दर्शकमाझ ल्याउनुभएको छ । मिलापको आयोजनामा बिहीबार काठमाडौंमा एक विशेष

पोखरा, कार्तिक १५ गते । गीतकार प्रतिष्ठान, नेपालको अध्यक्षमा अनुराग अधिकारी सर्वसम्मत चयन भएका छन्।शनिवार पोखरामा सम्पन्न प्रतिष्ठानको पाँचौँ साधारण

चाडपर्वको अवसरमा नेपालमा मासुको अत्याधिक सेवन बढ्ने देखेर पोषणविद देखि चिकित्सकहरुले खानपिनमा विशेष ध्यान नपुर्‍याए स्वास्थ्यसम्बन्धी जटिलता देखापर्न सक्नेमा सचेत

Latest










Popular
Suggested