English

विश्व इतिहासका मुख्य चार घटना



आज १६ फेब्रुबरी २०२२ । विश्व इतिहासमा आज भएका चार घटना यी हुन् :

हेजबोल्लाह समूहको स्थापना

सन् १९८५ मा हेजबोल्लाह समूह स्थापना भएको थियो । लेबनानको राजनीतिक पार्टी तथा लडाकु समूह हेजबोल्लाहलाई विभिन्न पश्चिमेली मुलुकहरुले आतकंकारी संगठनका रुपमा वर्गीकरण गरेका छन् ।

फिडेल क्यास्ट्रो क्युबाका प्रधानमन्त्री

सन् १९५९ मा फिडेल क्यास्ट्रो क्युबाका प्रधानमन्त्री बनेका थिए । सन् १९७६ को डिसेम्बरसम्म प्रधानमन्त्री बनेका क्यास्ट्रो फेरि क्युबाको राज्य परिषदको अध्यक्ष भएका थिए । उनले सन् २००८ को फेब्रुवरीमा आफ्नो पदबाट राजिनामा दिएका थिए ।

किम जोङ इलको जन्म

आजकै दिन उत्तर कोरियाली नेता किम जोङ इलको जन्म भएको थियो । सन् १९४१ को १६ फेब्रुबरीमा रसियाको साइबेरियमा जन्मिएका इलको मृत्यु २०११ को १७ डिसेम्बरमा भएको थियो ।

क्वेटो प्रोटोकल कार्यान्वयन

सन् २००५ को १६ जनवरीदेखि क्वेटो प्रोटोकल कार्यान्वयनमा आएको थियो । सन् १९९७ मा जलवायुसम्बन्धी राष्ट्रसंघीय सम्झौता क्वेटो प्रोटोकलमा हस्ताक्षर भएको थियो ।

विश्वबाट हरितगृह ग्यासको उत्सर्जन घटाउन सो सम्झौतामा विभिन्न देशहरुले हस्ताक्षर गरेका थिए । अमेरिकाले भने सो सम्झौता अनुमोदन गरेको थिएन् ।

यो पनि
रुसले युक्रेनको सीमाबाट फिर्ता गर्‍यो सेना



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

Latest










Popular
Suggested