English

ए डिभिजन लिगको एघारौं चरण आजबाट



सहिद स्मारक ए डिभिजन लिगको एघारौं चरण आजबाट हुँदैछ । यसअघि अखिल नेपाल फुटबल संघ (एन्फा) ले विकेन्ड लिग बताए पनि त्यसलाई पूर्ण रूप नदिँदै हप्ताभर लिगका खेल आयोजना गर्न लागेको हो ।

यसअघि लिग चरणका खेल शुक्रबार सुरु भएर सोमबार सकिने र तीन दिन विश्राम समय दिएको थियो । अब भने त्यस्तो रहेन । मंगलबार दुई खेल हुँदैछन् । दुई खेलका चार टोली नै हाल रेलिगेशन ब्याटलमा छन् ।

चारै क्लबको दाउ कम्तिमा रेलिगेशनबाट बच्नु रहनेछ । खेल दिउँसो १ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशाला र सातदोबाटोस्थित एन्फा कम्प्लेक्स हुनेछ । दशरथ रंगशालामा हुने खेलमा ब्रिगेड ब्वाइज र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

ब्रिगेड १० खेलमा ६ अंक जोडेर १३ औं स्थानमा छ । ५ अंक जोडेर च्यासल पुछारमा छ । एन्फा कम्प्लेक्समा सोही समय जावलाखेल युथ क्लब र फ्रेन्ड्स क्लबबीच भिडन्त हुनेछ । जावलाखेल ९ अंक सहित ११औं स्थान र फ्रेण्ड्स ६ अंकसहित १२ औं स्थानमा छ ।

यो पनि
कानुन व्यवसायीबाट फुटबल मालिक



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपाल क्रिकेट संघले युएईमा हुने यु-१९ एसिया कपमा सहभागी हुने टोलीलाई बिदाइ गरेको छ । नेपालले पहिलो खेल पाकिस्तानसँग मंसिर

एसीसी यू–१९ प्रिमियर कपको पहिलो खेलमा नेपालले इरानविरुद्ध २७४ रनको फराकिलो जित निकालेको छ । बिहीबार मलेसियामा भएको खेलमा नेपालले

नेपाली राष्ट्रिय क्रिकेट टिम यतिबेला भारतको नागपुरस्थित राजस्थान रोयल्सको एकेडेमीमा हाई परफरमेन्स प्रशिक्षण गरिरहेको छ । टी२० विश्वकपको एशिया क्षेत्र

नेपाल क्रिकेट संघ (क्यान) ले दुई वर्षका लागि आईएमई पेसँग टिकटिङ पार्टनरको सम्झौता गरेको छ । क्यानका सचिव पारस खड्का