English

ए डिभिजन लिगको एघारौं चरण आजबाट



सहिद स्मारक ए डिभिजन लिगको एघारौं चरण आजबाट हुँदैछ । यसअघि अखिल नेपाल फुटबल संघ (एन्फा) ले विकेन्ड लिग बताए पनि त्यसलाई पूर्ण रूप नदिँदै हप्ताभर लिगका खेल आयोजना गर्न लागेको हो ।

यसअघि लिग चरणका खेल शुक्रबार सुरु भएर सोमबार सकिने र तीन दिन विश्राम समय दिएको थियो । अब भने त्यस्तो रहेन । मंगलबार दुई खेल हुँदैछन् । दुई खेलका चार टोली नै हाल रेलिगेशन ब्याटलमा छन् ।

चारै क्लबको दाउ कम्तिमा रेलिगेशनबाट बच्नु रहनेछ । खेल दिउँसो १ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशाला र सातदोबाटोस्थित एन्फा कम्प्लेक्स हुनेछ । दशरथ रंगशालामा हुने खेलमा ब्रिगेड ब्वाइज र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

ब्रिगेड १० खेलमा ६ अंक जोडेर १३ औं स्थानमा छ । ५ अंक जोडेर च्यासल पुछारमा छ । एन्फा कम्प्लेक्समा सोही समय जावलाखेल युथ क्लब र फ्रेन्ड्स क्लबबीच भिडन्त हुनेछ । जावलाखेल ९ अंक सहित ११औं स्थान र फ्रेण्ड्स ६ अंकसहित १२ औं स्थानमा छ ।

यो पनि
कानुन व्यवसायीबाट फुटबल मालिक



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अग्रणी ब्याट्री उत्पादक कम्पनी एशियन ब्याट्री लिमिटेडले राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बेसडरको

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

Latest










Popular
Suggested