English

कानुन व्यवसायीबाट फुटबल मालिक



सुहाङ नेम्बाङ पेशाले कानुन व्यवसायी हुन् । तर अब उनको परिचय यतिमा मात्रै सीमित छैन । सुहाङ फुटबल टिम (क्लब) का मालिक पनि बनेका छन् । फ्रेन्चाइज नेपाल सुपर लिगको दोस्रो संस्करणमा सुहाङले नेपाली फुटबलको उर्वर भूमि पूर्वबाट ‘स्पोर्टिङ इलाम डि मेची’ नामक फुटबल टोली निर्माण गरेका छन् ।

इलामवासी सुहाङ एक त पूर्वमा देखिएको फुटबल क्रेज र पछिल्लो समय नेपालमै देखिएको फुटबलको लगानी अनुसारको प्रतिफलका कारण यस क्षेत्रबाट प्रभावित भएका हुन् । सोही कारण विकासमा जोड दिँदै युवालाई खेलकुदमै रोजगारी सिर्जना गर्ने सुहाङको योजना छ ।

३२ वर्षीय सुहाङका तीन पुस्तानै वकालत पेशामा छ । फुटबलका लागि नयाँ नाम सुहाङको परिवारिक पृष्ठभूमि भने राजनीति हो । उनका बुबा (सुवासचन्द्र नेम्वाङ) प्रतिनिधिसभाका पूर्वसभामुख हुन् भने हाल नेकपा एमालेका उपाध्यक्ष । पूर्वसभामुख सुवासचन्द्रका दुई छोरा र दुई छोरीमध्ये सुहाङ कान्छा छोरा हुन् ।

स्पोर्टिङ इलाम डि मेचीसँगै नेपाल सुपर लिग (एनएसएल) मा थप तीन नयाँ टोली थपिएका छन् । चौधरी ग्रुपको स्वामित्वमा रहेको नेपाल स्पोर्टस् इभेन्ट म्यानेजमेन्टको आयोजनामा हुने प्रतियोगितामा अब १० टोलीले सहभागीता जनाउने छन् । पहिलो संस्करण कोरोना महामारीबीच त्रिपुरेश्वरस्थित दशरथ रंगशालामाविना दर्शक खेलाइएको थियो । दोस्रो संस्करण भने आगामी २६ चैतबाट सुरु हुँदैछ ।

आयोजकले खेलको पहिलो चरण पोखरा रंगशाला र दोस्रो चरण काठमाडौंस्थित दशरथ रंगशालामा गराउने तयारी गरेको छ । ‘स्पोर्टिङ इलाम डि मेची’ मा सुहाङ एक्लै त हैनन् उनले आफूजस्तै फुटबललाई माया गर्ने डक्टर, इन्जिनियर र केही व्यवसायीक घरानाका साथीहरूलाई टोलीमा समेटेका छन् ।

तर ‘फ्रन्ट लाइन’ मा भने आफू नै उभिएका छन् । टोलीमा सबैको चाहना फुटबलबाट प्रदेश १ लाई अझै चिनाउने र त्यहाँ रहेको युवा क्रेजलाई फुटबलमा रूपान्तरण गर्नु रहनेछ । ‘नेपाल सुपर लिग अघिल्लो वर्षबाट आएको हो । यसले जुन तरिकाले एउटा माहोल सिर्जना गरेको छ । त्यसले मलाई आकर्षित गर्यो ।’ सुहाङले भने, ‘प्रदेश १ का युवालाई अगाडि सार्नु पर्छ भन्ने मेरो सोच हो । हामीले फुटबलमा जुन तरिकाको ‘क्रेज’ देखेका छौं । त्यो कारण पनि यहाँ आए ।’

३२ वर्षीय सुहाङका तीन पुस्तानै वकालत पेशामा छ । फुटबलका लागि नयाँ नाम सुहाङको परिवारिक पृष्ठभूमि भने राजनीति हो । उनका बुबा (सुवासचन्द्र नेम्वाङ) प्रतिनिधिसभाका पूर्वसभामुख हुन् भने हाल नेकपा एमालेका उपाध्यक्ष । पूर्वसभामुख सुवासचन्द्रका दुई छोरा र दुई छोरीमध्ये सुहाङ कान्छा छोरा हुन् ।

इलामसँगै अब प्रदेश १ बाट सुपर लिगमा सहभागीता जनाउने तीन टोली भएका छन् । पहिलो संस्करणमा विराटनगर सिटी एफसीले प्रदेश १ को प्रतिनिधित्व जनाउँदा यसपटक अर्को टोली झापा एफसीसमेत रहनेछ । तीन टोलीको सहभागीतासँगै पूर्वमा फुटबल समर्थकनै बाँडिने र क्रेज धेरै नरहने बताइरहँदा सुहाङ भने टोली संख्या थप हुँदा युवाहरूमा फुटबलको माहोल अझै बढ्ने र झनै फुटबलमय हुने तर्क गर्छन् ।

‘अब हामी प्रदेश १ मा हुने हरेक क्रियाकलापमा आबद्ध भएर कार्यक्रम गर्नेछौं । हामी युवा विकाससँगै एकेडेमी बनाउने सोचमा छौं । हामी यसलाई निरन्तरता पनि दिन चाहन्छौँ । यो भनेको प्रदेश १ लाई मात्रै नभइ पूरा देशलाईनै फाइदाको कुरा हो । सुरुआत कहाँबाट गर्नेभन्दा आफ्नो ठाउँ भन्ने सबैको चाहना हुन्छ । हामीले प्रतिस्पर्धा र विकासको हिसाबले प्रदेश १ ले चाडो फड्को हान्ने छ भन्ने बुझ्नुपर्छ ,’ सुहाङ भन्छन् ।

टिम स्थापनासँगै सुहाङ टोली तयार पार्न र आगामी दिनमा क्लबलाई कुन बाटोमा लैजाने भन्ने योजना बनाउन लागेका छन् । अब, सुहाङ कानुन व्यवसायीसँगै फुटबल क्लबका मालिकका रूपमा चिनिने छन् ।

यो पनि
७ महिनादेखि २० नेपाली दूतावास र नियोग नेतृत्वविहीन



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

एक साँझ हामी सूर्यास्त अवलोकन गर्न हेग शहरको अत्याधिक प्रसिद्ध समुन्द्रतट स्केभनिनगन गएका थियौँ । हाम्रो टोलीमा इटाली, फ्रान्स, नर्वे,

काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र