English

यसकारण वर्षेनि बढ्दै छन् छारे रोगका बिरामी

छारे रोग नियन्त्रणका लागि समाजमा व्याप्त भ्रम र अन्धविश्वास हटाउन आवश्यक


काठमाडौं कपनकी १८ वर्षीया इभाङ्का रानालाई विगत ६ वर्षदेखि छारे रोग देखिएको छ । उनलाई १२ वर्ष उमेरदेखि नै छारे रोग देखिएको हो । १२ वर्षको उमेरमा छारे रोग देखिएको राना हाल नियमित औषधि सेवन गरिरहेकी छिन् ।

उनलाई पूरै जीउ काम्ने र बेहोस हुने लक्षण रहेको छ । ‘छारे रोग देखिने बित्तिकै चिकित्सकको सल्लाहमा औषधि सेवन गरेको हुँ । इभाङ्का पूराना दिन सम्झिदैं थिइन्– ‘नियमित औषधि सेवन र उचित उपचारले छारे नियन्त्रणमा आएको छ ।’

शुरु–शुरुमा उनमा छारे रोगको लक्षण दिनहुँ हुने गर्दथ्यो । तर, पछि औषधि सेवनले महिनामा सातदेखि आठ पटकसम्म शरीर काँप्ने र ढल्ने लक्षण देखिएकोमा अहिले भने त्यो लक्षण चारदेखि पाँचपटक मात्र हुने गरेको छ ।

ढल्ने बेलामा टाउको दुख्ने र थाहा नहुने जस्ता समस्या हुन्छ,’ इभाङ्काको अनुभव थियो, ‘त्यसपछि म बेहोस हुन्छु र ढल्ने गर्दछु ।

उनलाई ढल्नुअघि कमजोर महसुस हुने, मांसपेसीले काम नगर्ने र काम्नेसँगै त्यसको ५ देखि ६ मिनेटभित्रमा ढल्ने र बेहोस हुने हुन्छ । ‘ढल्ने बेलामा टाउको दुख्ने र थाहा नहुने जस्ता समस्या हुन्छ,’ इभाङ्काको अनुभव थियो, ‘त्यसपछि म बेहोस हुन्छु र ढल्ने गर्दछु ।’ उनलाई प्रायः बिहान उठ्ने बेला र साँझ सुत्ने बेला शरीर काँप्ने गर्दछ । दिउँसो भने कहिलेकाहीँ मात्र शरीर काम्ने गथ्र्यो । इभाङ्का एउटा उदाहरण मात्र हुन । उनीजस्ता हजारौँ छारेरोगी नेपालमा छन् ।

के हो छारे रोग, कसरी लाग्छ ?

महाराजगञ्जस्थित नेसनल न्युरो सेन्टरका उपनिर्देशक तथा वरिष्ठ न्युरोलोजिस्ट डा. सुमन भट्टराईका अनुसार, नेपालमा प्रति एक हजारमा ७ दशमलव ३ जनामा छारे रोगको समस्या देखिने गरेको छ । उनका अनुसार छारे रोग बालबालिकादेखि वृद्धासम्म लाग्ने गरेको छ ।

छारे रोग ५० प्रतिशतमा कारणहरू खुल्ने हुन्छन्, तर, ५० प्रतिशत भने कारण नै नदेखिने खालका हुन्छ,’ डा. भट्टराईको भनाइ थियो, ‘नुन, क्याल्ससियम र सुगरको मात्रा कम भए पनि पनि छारे रोग देखिने गर्दछ ।

कसैलाई जन्मिँदा नै मानिसको मस्तिष्कमा अक्सिजन नपुगेर छारे रोग लाग्न सक्ने डा. भट्टराई बताउँछन् । मानिसको उमेर बढ्दै गएपछि पारालाइसिस, इन्सेफ्लाइटिस, मेनेन्जाइटिस जस्ता समस्याले गर्दा पनि छारे रोग देखिने गरेको उनले प्रष्ट पारे । ‘छारे रोग ५० प्रतिशतमा कारणहरू खुल्ने हुन्छन्, तर, ५० प्रतिशत भने कारण नै नदेखिने खालका हुन्छ,’ उनको भनाइ थियो, ‘नुन, क्याल्ससियम र सुगरको मात्रा कम भए पनि पनि छारे रोग देखिने गर्दछ ।’

छारे रोग मानिसको मस्तिष्कमा आउने कुनै पनि अस्वाभाविक विद्युतीय तरंग हो । जसले मस्तिष्कको भागलाई अनियन्त्रित गर्दछ । त्यस्तो बेला मानिसको सचेतना र अरू गतिविधि अस्वाभाविक देखिने उनी बताउँछन् ।

छारे रोगका लक्षण

चिकित्सकका अनुसार नेपालमा देखिने जनरललाज्ड टोनिक क्लोनिक छारे रोग हो । यस्तो प्रकारको रोगमा मानिसको सबै भाग काँप्ने गर्दछ । यो छारेका शुरुमा मानिस एक्कासि बेहोस हुने, हात खुट्टा काँप्ने (कहिले खुम्चने र कहिले खुल्ने), हातखुट्टामा झट्का दिने र शरीर कम्पन हुने गर्दछ । साथै, शरीरको एकै भागमा मात्र पनि छारे देखिन सक्छ जसलाई फोकल इपिलेप्सी भनिन्छ । यस्तै, मानिसले जिब्रो टोक्ने, मुखमा फिज आउने, आँखा सेतो भाग पल्टिने, दिसा, पिसाब आएको हुने गर्दछ ।

यस्तै, छारे रोग भएको मानिसमा जटिलता केही नभएमा एकदेखि पाँच मिनेटभित्रमा होसमा आउन सक्दछन् । बिरामी होसमा आए पनि टाउको दुख्ने, वाकवाकी लाग्ने, केही बिर्सिए जस्तो हुने (के हो के हो), निद्रा लागेको जस्तो हुने र केही समय १० देखि १५ मिनेट भित्रमा सामान्य अवस्थामा आउने गर्दछन् ।

लामो समयमम्म उपचार नगरेर छारेरोगले दुर्घटना निम्त्याउन सक्छ,’ डा. कार्कीको ठम्याइ थियोे,‘यसले मानिसमा मनोसामाजिक, बौद्धिक र व्यक्तित्वमा पनि समस्या ल्याउँछ । छारे रोग दीर्घ प्रकृतिको स्नायुसँग सम्बन्धित स्वास्थ्य समस्या भएको र उपचार नगर्दा यसले अरू जटिलता ल्याउन सक्ने भएकाले समयमा नै उपचार गर्नुपर्दछ ।

छारे रोगका बिरामीहरू बेहोस भएर लड्नुभन्दा अगाडि छोटो समयका लागि इन्द्रेणी देखिएको महसुस गर्ने, शरीरमा विद्युतीय तरंग आएको महसुस गर्ने र पेटमा केही असहज महसुस हुने जस्तो पनि समस्या आउने पाटनस्थित मानसिक अस्पतालका मानसिक रोग विशेषज्ञ डा. वासुदेव कार्की बताउँछन् । छारे रोग जुनसुकै ठाउँमा हुने सक्ने भएकोले दुर्घटनासमेत निम्तिन सक्ने उनले प्रष्ट पारे ।

‘लामो समयमम्म उपचार नगरेर छारेरोगले दुर्घटना निम्त्याउन सक्छ,’ डा. कार्कीको ठम्याइ थियोे,‘यसले मानिसमा मनोसामाजिक, बौद्धिक र व्यक्तित्वमा पनि समस्या ल्याउँछ । छारे रोग दीर्घ प्रकृतिको स्नायुसँग सम्बन्धित स्वास्थ्य समस्या भएको र उपचार नगर्दा यसले अरू जटिलता ल्याउन सक्ने भएकाले समयमा नै उपचार गर्नुपर्दछ ।’

मधुमेहको जटिलता, मिर्गौलाका बिरामी, कलेजोका बिरामी, टाउकोमा चोटपटक लागेका, ट्युमर (मासु पलाएको), दिमागमा संक्रमण जस्ता बिरामीलाई छारे रोग देखिने सम्भावना बढी हुने डा. कार्की बताउँछन् । छारेरोगको उपचार यस्ता रोगलाई छुट्टाएर गर्नुपर्दछ ।

नियमित औषधि सेवनबाट नियन्त्रणमा हुन्छ

छारे रोग नियमित औषधिको सेवनबाट निको पार्न सकिन्छ । डा.कार्कीका अनुसार छारेरोगको लक्षण देखिनासाथ औषधि खाएपछि यो रोग निको हुन्छ । उनले लक्षण नदेखिएको तीनदेखि पाँच वर्षसम्म औषधि नियमित खाँदा निको हुने बताए । गर्भावस्था, सुत्केरी र स्तनपान गराइरहेका महिलाले चिकित्सकको सल्लाहमा नियमित स्वास्थ्य जाँच गरेर मात्र औषधि सेवन गर्नुपर्दछ ।

नवजात शिशुमा हुने जन्मजात ओठतालु फाट्ने जस्तो समस्या आउने गर्दछ । छारे रोग मानिसमा हुने तनाव, रक्सी सेवन, अनाश्यक औषधिको परिवर्तन, धूम्रपान, हर्मोन परिवर्तनले गर्दा बढ्दो रूपमा रहेको छ ।

यद्यपि, सबै काँप्ने बिरामी छारेरोगका बिरामी नहुने न्युरोलोजिस्ट डा. भट्टराईले प्रष्ट पारे । ‘निद्रामा हातखुट्टा झस्किने, सुतेको बेला तर्सिने, मुख चलाइरहने बानी जस्ता समस्या छारे नहुन पनि सक्छन्,’ डा. भट्टराईले भने, ‘मनको तनावले पनि छारे रोग जस्तै लक्षण देखिन सक्छ ।’

वर्षेनि बढ्दै छारेरोग

हरेक वर्ष नेपालमा छारे रोग को सङ्ख्यामा वृद्धि हुँदै गएको छ । विगत पाँच वर्षको तथ्याङ्कले छारेरोगको सङ्ख्यामा वृद्धि हुँदै गएको देखाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागअन्तर्गत स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीको तथ्याङ्कअनुसार नेपालमा छारेरोगको संख्या पनि बढिरहेको हो ।

प्रणालीका तथ्याङ्क अधिकृत पुष्प श्रेष्ठले आर्थिक वर्ष २०७७/०७८ मा २४ हजार ५ सय ३२ जनामा छारे रोग लागेको पुष्टि गरे । यसअघि, आव २०७३/०७४ मा १५ हजार ६ सय ४७ जनामा मात्र छारे रोग पुष्टि भएको थियो । श्रेष्ठका अनुसार आव २०७४/०७५ मा १८ हजार ३ सय ८८ जना, आव २०७५/०७६ मा १९ हजार ६ सय ४४ जना र आव २०७६/०७७ मा २१ हजार १ सय ६४ जनामा छारे रोग देखिएको छ ।

सबैभन्दा बढी बागमती प्रदेशमा

स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीको तथ्याङ्कअनुसार आव २०७७/०७८ मा बागमती प्रदेशमा सबैभन्दा बढी छारेरोगका बिरामी पाइएका छन् । तथ्याङ्कअनुसार बागमती प्रदेशमा १० हजार ८ सय ३४ जना छारेरोगका बिरामी रहेको पाइएको थियो । बागमतीपछि लुम्बिनीमा तीन हजार ७ सय ४७ जना, प्रदेश नंं. १ मा ३ हजार ५ सय ८५ जना, गण्डकी प्रदेशमा २ हजार ५ सय ५० जना, मधेश प्रदेशबाट दुई हजार १७ जना, सुदूरपश्चिम प्रदेशमा एक हजार १४९ जना र कर्णाली प्रदेशमा ६५० जना रहेका छन् ।

यस्तै, पाँच वर्ष अगाडि २०७३/०७४ प्रदेश नंं १ मा एक हजार ६ सय ३२, मधेश प्रदेशमा ३ सय १० जना, बागमती प्रदेशमा सात हजार ३ सय १ जना, गण्डकी प्रदेशमा २ हजार ४ सय २४ जना, लुम्बिनी प्रदेशमा दुई हजार ८ सय ५९ जना, कर्णाली प्रदेशमा ३ सय ६६ जना र सुदूरपश्चिम प्रदेशमा ७ सय ५५ जना छारेरोगका बिरामी रहेका थिए ।

जिल्लाअनुसार सबैभन्दा बढी शहरी क्षेत्रका जिल्लामा छारे रोग देखिएको छ । तथ्याङ्कअनुसार मोरङमा २ हजार ८ सय ९६ जना छारेरोगी देखिएका थिए । यस्तै, मधेश प्रदेशको पर्सामा १ हजार ९ सय २२ जना, वागमतीको काठमाडौंमा ६ हजार ९ सय ९७ जना, गण्डकीको कास्की जिल्लामा एक हजार ३ सय ९० जना, लुम्बिनी प्रदेशको रुपन्देही २ हजार ५४ जना, कर्णाली प्रदेशको सुर्खेतमा २ सय २७ जना र सूदूरपश्चिम प्रदेशको कैलालीमा ४ सय ९१ जनामा छारे रोग देखिएको छ ।

पाँच वर्ष अगाडि आव २०७३/०७४ को तथ्याङ्क हेर्दा प्रदेश नंं १ को सबैभन्दा बढी मोरङ १ हजार २ सय ३० जना, मधेश प्रदेशको पर्सा २१५ जना, बागमती प्रदेशको काठमाडौंमा तीन हजार ८ सय ९१ जना, गण्डकी प्रदेशको कास्कीमा एक हजार ४ सय ५० जना, लुम्बिनी प्रदेशको पाल्पमा १ हजार २ सय ८५ जना, कर्णाली प्रदेशको पश्चिम रुकुममा १ सय ४८ जना र सूदुरपश्चिमम प्रदेशको अछाममा २ सय ८५ जना छारेरोगका बिरामी रहेको उल्लेख छ ।

निःशुल्क औषधि

छारेरोगका बिरामीलाई सरकारले २०७४ सालबाट नियमित रूपमा औषधि निःशुल्क प्रदान गर्ने गरेको छ । सबै स्थानीय तहबाट नै सरकारले नियमित निःशुल्क औषधि दिँदै आएको छ । छारेरोगका बारेमा अझ पनि समाजमा अन्धविश्वास कायम रहेको मनोचिकित्सक डा. कार्की बताउँछन् । उनले समाजमा रहेको भ्रम, अन्धविश्वास र गलत धारणालाई चिर्न आवश्यक रहेको छ ।

अझ पनि छारे रोग लागेपछि धामी, झाँक्रीकोमा देखाउने जस्ता अन्धविश्वास रहेको पाइन्छ । पाटन अस्पतालमा दैनिक ५ देखि १० जना बिरामी आउने गर्दछन । बच्चामा जन्मजात, अलि ठूला भएका संक्रमण र ज्येष्ठ नागरिकलाई क्यान्सर, मधेुमेह जस्ता कारणले छारे रोग लाग्ने गर्दछन् ।

७० प्रतिशतलाई नियन्त्रण

छारे रोग ७० प्रतिशत बिरामीलाई समयमा नै उपचार गर्न सक नियन्त्रण हुने गर्दछ । नेसनल न्युरो सेन्टरका निर्देशक तथा वरिष्ठ न्युरोलोजिस्ट डा. लेखजंग थापाका अनुसार,छारे रोग नियमित सेवन अथवा कुनैको शल्यक्रिया गरेर पनि नियन्त्रण गर्न सकिन्छ । डा. थापाका अनुसार,केही बालबालिकामा देखिने छारे भने पाँच देखि १५ वर्ष उमेरसमूहकामा आफैँ हराउने पनि हुन्छ ।

बच्चामा छारे रोग निको हुने सम्भावना बढी हुने उनको भनाइ छ । उनले छारे रोग धेरैपटक दोहरिएर ३० देखि ४० प्रतिशत मानिसमा ज्यान जाने खतरा रहेको बताए । ‘छारेरोगले सीधै मुटुलाई असर गर्दछ,’ उनले भनाइ थियो,‘मुखमा फिज आउने गर्नाले श्वास नली रोकिन्छ । त्यसैले, मानिसको ज्यान जाने सम्भावना पनि उच्च हुन्छ ।’

त्रिवि शिक्षण अस्पतालका मानसिक स्वास्थ्य विभाग प्रमुख डा. सरोज ओझाले छारे रोग नेपालमा मात्र नभएर संसारमा नै स्वास्थ्य समस्याको रूपमा आएको बताउँछन् । ‘यो वंशाणुगत कारण र दिमागमा चोट लागेपछि देखिन्छ,’ उनले भने, ‘दिमागमा जुकाको अण्डा पुग्यो भने पनि यो रोग लाग्ने गर्दछ ।’ उनले छारे रोग नसर्ने रोग भएकोले नियमित तीनदेखि पाँच वर्षसम्म औषधि खायो भने निको हुने प्रष्ट पारे ।

छारेरोगको कारणले ढल्यो भने धूप बाल्ने, मोजा तथा जुत्ता सुँघाउने जस्ता गर्दछन्,’ डा. थापाले भने, ‘तर त्यसो गर्नु गलत हो । मानिस ढलेका बेला उसलाई सहयोग गर्नुपर्दछ ।

छारेप्रतिको धारणा परिवर्तन गर्न आवश्यक

छारे रोग प्रतिको धारणा समाजमा परिवर्तन गर्न आवश्यक रहेको डा. थापा बताउँछन् । ‘छारेरोगको कारणले ढल्यो भने धूप बाल्ने, मोजा तथा जुत्ता सुँघाउने जस्ता गर्दछन्,’ उनले भने, ‘तर त्यसो गर्नु गलत हो । मानिस ढलेका बेला उसलाई सहयोग गर्नुपर्दछ ।’

अझै, नेपाली समाजमा छारे लागेका विरामीले अब जीवनमा केही पनि गर्न सक्दैनन् भन्ने मानसिकता छ । यद्यपि, छारे नियन्त्रण भएका मानिसहरूले अरूजस्तै सामान्य जीवन बिताउन सक्ने डा. थापाले प्रष्ट पारे ।

यो पनि…
कत्तिको खतरनाक छ ओमिक्रोन ? यस्ता हुन्छन् लक्षण
बालबालिकालाई दृष्टिविहीन हुनबाट कसरी बचाउने



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,