English

आज सेयर बजार बढ्यो, कारोबार घट्यो




सोमबार सेयर बजारको परिसूचक ०.०८ अंकले बढेर २७००.९८ पुगेको छ । अघिल्लो दिन नेप्से परिसूचक १००.६७ अंकले घटेर २७००.८९ पुगेको थियो।

दिनभरमा २२७ कम्पनीको ७५ लाख ४९ हजार ७७९ सेयर किनबेच हुँदा ३ अर्ब ६८ करोड ४० लाख ९ हजार ९१५ रुपैयाँ ७ पैसाको कारोबार भएको छ। कारोबार भएका कुल कम्पनीमध्ये १११ कम्पनीको मूल्य बढेको छ भने ६९ कम्पनीको मूल्य घटेको छ। बाँकी ११ कम्पनीको मूल्य स्थिर छ।

आज कारोबारमा आएका १३ वटा उपसमूहहरूमध्ये आठ उपसमूहको सूचक सकारात्मक देखिएको छ भने बाँकी पाँच उपसमूहको सूचक नकारात्मक देखिएको छ।

सोमबार बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको सेयर ८.१३ प्रतिशतले बढेको छ। त्यस्तै, सपोर्ट माइक्रोफाइन्यान्स वित्तीय संस्थाको सेयर ४.७२ प्रतिशतले बढेको छ भने नेसनल हाइड्रोपावर कम्पनीको सेयर ४.२८ प्रतिशतले बढेको छ। बाँकी कम्पनीको सेयर भने जम्मा ३ प्रतिशतभन्दा कमले मात्रै बढेको छ।

नेपाल स्टक एक्सचेन्जकाअनुसार आज नेसनल हाइड्रोपावर कम्पनीको सबैभन्दा धेरै सेयर कारोबार भएको छ। कम्पनीको ५४ करोड ९१ लाख ९३ हजार २४५ रुपैयाँ ४० पैसाको कारोबार भएको हो।

यसपछि, एनटिसीको १७ करोड ७ लाख ८३ हजार ९ रुपैयाँ ५० पैसा, अरुन भ्याली हाइड्रोपावर डिभलपमेन्टको १५ करोड २३ लाख ७६ हजार १२५ रुपैयाँ ८० पैसा, अपि पावरको ११ करोड ५८ लाख ४२ हजार ५५७ रुपैयाँ ८० पैसा र हिमालयन डिस्टिलरी लिमिटेडको ११ करोड ४८ लाख ४९ हजार ६६८ रुपैयाँ ८० पैसाको कारोबार भएको छ।

यो पनि…
सेयर बजार राताम्मे
१०० अंकले नेप्से घट्दा बजार राताम्मे



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

स्विट्जरल्यान्डमा भएको जेनेभा मोटर सोमा चिनियाँ बिवाइडी ब्रान्डका दुईवटा मोडलका गाडी टप थ्रीमा परेका छन् । ‘वल्र्ड कार अवार्ड २०२४’ का

हेल्मेट मोटरसाइकल चालकको टाउकोको सुरक्षा कवच हो । बजारमा स्टाइलिस मोटरसाइकल मात्र होइन, स्टाइलिस हेल्मेटको क्रेज पनि उत्तिकै छ ।

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

हिमालय एअरलाइन्स्, नेपालको पहिलो र एक मात्र IOSA (IATA अपरेशनल सेफ्टी अडिट) मा दर्ता भएको वायुसेवा बनेर नेपालको उड्डयन क्षेत्रको