क्यामेरा देख्ने बित्तिकै भुवन–जीया टाप !



अभिनेता भुवन केसी र जीया केसी एकसाथ मिडियामा आउन चाहँदैनन् । कुनै समारोहमा जाँदा त्यहाँ मिडिया देखे भने उनीहरु टाप कसिहाल्छन् । आईतवार पनि त्यस्तै दृश्य देखियो ।

अभिनेत्री करिश्मा मानन्धरले आयोजना गरेको होली कार्यक्रममा भुवन–जीया दुवैजना उपस्थित भएका थिए । उक्त कार्यक्रममा एकछिन अघिसम्म खाइखेली रमाइलो गरिरहेका भुवन–जीया मेरो लाइफस्टाइलको टोली पुग्ने बित्तिकै त्यहाँबाट गायब भए ।

आफू निस्किएको जानकारी उनीहरुले होली आयोजक करिश्मालाई समेत दिएनन् । जसले निमन्त्रणा गरेको उसैलाई हिँडेको जानकारी नदिइकन भुवन र जीया टाप कसेका थिए ।

भनिन्छ, भुवन र जीया लामो समयदेखि लिभिङ टुगेदरमा छन् । तर, उनीहरुले सार्वजनिक रुपमा भने स्वीकार गरेका छैनन् ।
विश्व प्रसिद्ध एउटा भनाई नै छ, हिन्दीमा– ‘मिया बिबी राजी तो क्या करेगा काजी ?’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (नीफ) सुरु भएको छ। बिहिबारदेखि सुरु भएको महोत्सव चैत्र ६ गते (मार्च १६ देखि २०)

ढाकास्थित बंगलादेश शिल्पकला एकेडेमीमा मंगलबारदेखि पाँच दिने ‘नेपाल–बंगलादेश कला तथा संस्कृति महोत्सव २०२३’ सुरु भएको छ। नेपाल– बंगलादेशबीच दौत्य सम्बन्ध

कोरोना महामारीको कारण तीनबर्ष अघि रिलिज स्थगित भएको फिल्म ‘नीरफूल’ले आउँदो जेठ १९ गतेलाई आफ्नो प्रदर्शन मिति तय गरेको छ

अभिनेत्री सुरक्षा पन्तले इन्गेजमेन्ट गरेकी छन्। उनले अभिनेता मानव सुवेदीसँग इन्गेजमेन्ट गरेकी हुन्। बुधबार सुरक्षाले सामाजिक सञ्जालमा इन्गेजमेन्टको तस्बिर सार्वजनिक