English

युनाइटेड रोकिँदा एभर्टनको सहज जित



इंग्लिस प्रिमियर लिग फुटबलको शनिबारका खेलमा महारथी क्लब म्यानचेस्टर युनाइटेड रोकिँदा एभर्टनले भने सहज जित निकालेको छ। घरेलु मैदानमा युनाइटेडले साउथ ह्याम्पटनसँग १-१ अन्तरको बराबरीमा रोकियो । युनाइटेडले अग्रता जोगाउन नसक्दा अंक बाँड्यो ।

२१औं मिनेटमा जाडोन सान्चोको गोलमा युनाइटेडले अग्रता बनायो । ४८औं मिनेटमा चेन एडाम्सले गोल गर्दै खेल बराबरीमा ल्याए ।

बराबरीपछि युनाइटेड २४ खेलबाट ४० अंक सहित पाचौँ स्थानमा छ । समान खेलबाट २९ अंक बनाएको साउथ ह्याम्पटन १०औं स्थानमा छ ।

यता, एभर्टनले सहज जित निकाल्ने क्रममा लिड्स युनाइटेडलाई ३-० गोल अन्तरले हरायो । घरेलु मैदानमा सिमुस कोलम्यान, माइकल किन र एन्थोनी गोर्डोनले एक एक गोल गरे ।

यस जितसँगै एभर्टन २२ खेलमा २२ अंक जोड्दै १६औं स्थानमा छ । लिड्स २३ अंक जोडेर १५औं स्थानमा छ ।

अन्य खेलमा ब्राइटनले वाट्फोर्डलाई २-० ले हराउँदा ब्रेन्टफोर्ड र क्रिस्टल प्यालेसले गोलरहित बराबरी खेले । यता शीर्ष स्थानको म्यानचेस्टर सिटीले नर्विचलाई ४-० अन्तरले पराजित गर्यो ।

यो पनि
चेल्सीलाई पहिलो फिफा क्लब विश्वकपको उपाधि
नेपाल युएईसँग पराजित



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अग्रणी ब्याट्री उत्पादक कम्पनी एशियन ब्याट्री लिमिटेडले राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बेसडरको

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

Latest










Popular
Suggested