English

विश्व इतिहासमा घटेका मुख्य चार घटना



आज १३ फेब्रुवरी २०२२ । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । केही घटना यस्ता छन् :

अस्ट्रेलियाली प्रधानमन्त्रीको क्षमा याचना

सन् २००८ मा अस्ट्रेलियाली प्रधानमन्त्री केभिन रुडले ‘चोरी भएको पुस्ता’का लागि आदिवासी अस्ट्रेलियालीसमक्ष क्षमा याचना गरेका थिए । सन् १९६० को दशकसम्म १० देखि ३० प्रतिशत आदिवासी र टोरेस आइलेन्डर उनीहरुका परिवारबाट अलग गरिएका थिए ।

सेतो सानो तारा फेला

सन् २००४ मा खगोलविदहरूले आकाशगंगामा ब्रह्मान्डकै ठूलो डायमन्ड जस्तो बस्तु फेला परेको थियो । बीपीएम ३७०९३ सेतो पुड्के तारा नाम दिइएको सो बस्तु पृथ्वीबाट करिव ५० प्रकाश वर्ष टाढा छ । त्यसको उपनाम लुसी राखिएको छ ।

बग्दाद बिस्फोटको कालो दिन

सन् १९९१ मा बग्दादमा गराइएका दुई शक्तिशाली बम बिस्फोटमा कम्तिमा ४०८ सर्वसाधारणको मृत्यु भएको थियो । सन् १९९१ मा इराकबाट कुवेतलाई स्वतन्त्र बनाउन गरिएको अमेरिकी नेतृत्वको राष्ट्रसंघको कारबाही अपरेसन डेजर्ट स्ट्रोमका क्रममा १३ फेब्रुबरीमा दुई ओटा स्मार्ट बम पड्काउदा ती सर्वसाधारणको मृत्यु भएको थियो । पर्सीयाली खाडी युद्धको क्रममा सो बिस्फोट भएको थियो ।

ड्रेसडेन सहर ध्वस्त

सन् १९४५ मा बम आक्रमणका क्रममा जर्मनीको सहर ड्रेसडेन ध्वस्त भएको थियो । तीन दिनसम्म भएका ती बिस्फोटमा २५ हजार जनाको मृत्यु भएको थियो । द्वितीय विश्वयुद्धको समयमा ब्रिटिश र अमेरिकी गठबन्धन सेनाले हवाई हमला गरेको थियो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

आज मार्च २३ अर्थात् यो महिनाको अन्तिम शनिबार । यो दिन ‘अर्थ आवर’ को हो । वातावरण तथा पर्यावरणको रक्षा

 रिजु अधिकारी ब्रिटिश काउन्सिलले बर्षेनी आयोजना गर्नेे ‘आईईएलटीएस प्राइज २०२३’ मा पाँच हजार पाउण्ड (आठ लाख ४० हजार रुपैयाँ) को

कर्याङकुरुङका नामले चिनिने ‘कमन क्रेन’ यतिबेला चितवनको दिव्यनगरस्थित धान खेतमा देखिन थालेका छन् । हरेक वर्ष केही महिनाका लागि नेपाल

विश्वमै दुर्लभ मानिएको सेतो रंगको गिद्ध पहिलोपटक नेपालमा भेटिएको छ । नवलपुरको गिद्ध जटायु रेस्टुरेन्टमा देखिएको हिमाली गिद्ध निख्खर सेतो