English

विश्व इतिहासमा घटेका मुख्य चार घटना



आज १३ फेब्रुवरी २०२२ । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । केही घटना यस्ता छन् :

अस्ट्रेलियाली प्रधानमन्त्रीको क्षमा याचना

सन् २००८ मा अस्ट्रेलियाली प्रधानमन्त्री केभिन रुडले ‘चोरी भएको पुस्ता’का लागि आदिवासी अस्ट्रेलियालीसमक्ष क्षमा याचना गरेका थिए । सन् १९६० को दशकसम्म १० देखि ३० प्रतिशत आदिवासी र टोरेस आइलेन्डर उनीहरुका परिवारबाट अलग गरिएका थिए ।

सेतो सानो तारा फेला

सन् २००४ मा खगोलविदहरूले आकाशगंगामा ब्रह्मान्डकै ठूलो डायमन्ड जस्तो बस्तु फेला परेको थियो । बीपीएम ३७०९३ सेतो पुड्के तारा नाम दिइएको सो बस्तु पृथ्वीबाट करिव ५० प्रकाश वर्ष टाढा छ । त्यसको उपनाम लुसी राखिएको छ ।

बग्दाद बिस्फोटको कालो दिन

सन् १९९१ मा बग्दादमा गराइएका दुई शक्तिशाली बम बिस्फोटमा कम्तिमा ४०८ सर्वसाधारणको मृत्यु भएको थियो । सन् १९९१ मा इराकबाट कुवेतलाई स्वतन्त्र बनाउन गरिएको अमेरिकी नेतृत्वको राष्ट्रसंघको कारबाही अपरेसन डेजर्ट स्ट्रोमका क्रममा १३ फेब्रुबरीमा दुई ओटा स्मार्ट बम पड्काउदा ती सर्वसाधारणको मृत्यु भएको थियो । पर्सीयाली खाडी युद्धको क्रममा सो बिस्फोट भएको थियो ।

ड्रेसडेन सहर ध्वस्त

सन् १९४५ मा बम आक्रमणका क्रममा जर्मनीको सहर ड्रेसडेन ध्वस्त भएको थियो । तीन दिनसम्म भएका ती बिस्फोटमा २५ हजार जनाको मृत्यु भएको थियो । द्वितीय विश्वयुद्धको समयमा ब्रिटिश र अमेरिकी गठबन्धन सेनाले हवाई हमला गरेको थियो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

Latest










Popular
Suggested