English

१६ जिल्लाको निर्वाचन १३ फागुनमा गर्ने कांग्रेसको निर्णय



नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जिल्ला कार्यसमितिको निर्वाचन हुन बाँकी रहेका १६ जिल्लोको निर्वाचन फागुन १३ गते गर्ने निर्णय गरेको छ । समितिको शुक्रबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।

सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नवलपुर, बाँके, कैलाली र अछाम जिल्लामा कार्यसमितिको निर्वाचन गरिने जनाइएको छ ।

यसअघि ती जिल्लामा माघ १५ गते निर्वाचन मिति तोकिएको थियो । कोरोना संक्रमण बढेपछि समितिले उक्त निर्वाचन स्थगित गरेको थियो । पछिल्ला दिनमा कोरोना संक्रमण न्यून हुँदै गएपछि फागुन १३ गते निर्वाचन गर्ने मिति घोषणा गरिएको हो ।

निर्वाचन हुने १६ जिल्लामा प्रतिनिधि तथा क्षेत्रीय अधिवेशनबाट निर्वाचित हुने महासमिति सदस्यको निर्वाचन हुन बाँकी भएमा सोही दिन सम्बन्धित क्षेत्रको महाधिवेशन प्रतिनिधिमध्येबाट महासमिति सदस्यको समेत निर्वाचन सम्पन्न गरिने समितिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यो पनि
सभामुखले एमसीसी रोक्न पाउनुहुन्न : कांग्रेस



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । चर्चित सञ्चारकर्मी तथा तीन करोड नेपाली जनताको साझा आवाजका रूपमा परिचित ऋषि धमलाको अध्यक्षतामा “स्वतन्त्र नागरिक अभियान नेपाल”

जेठ ९ । केके मानन्धर ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मध्यपुर थिमि नगर समितिको प्रथम अधिवेशन सम्पन्न भएको छ । एभरेस्ट

अच्युतकृष्ण शरण:१४ वर्षको वनवासपछि जब भगवान श्री राम अयोध्याको सिंहासनमा आसीन हुनुभयो, त्यतिबेला जनतामाझ माता सीता को पवित्रतामाथि प्रश्न उठ्यो।

प्रतिनिधि सभाको निर्वाचन २०८२ साल फागुन २१ गते हुँदैछ । संविधानअनुसार प्रतिनिधि सभा राज्यको सार्वभौम अधिकार सम्पन्न निकाय हो ।

Latest










Popular
Suggested