English

घट्दै संक्रमणः १,३६९ जनामा संक्रमण हुँदा २,३३८ जना निको



नेपालमा थप १ हजार ३ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ हजार ३ सय ३८ जना संक्रमण मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ११ हजार ८ सय ८० नमूना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

थपिएका संक्रमितमध्ये सबैभन्दा बढी काठमाडौं उपत्यकामा रहेका छन् । जमसमा काठमाडौंमा २ सय ३५, भक्तपुरमा ३० र ललितपुरमा ६४ संक्रमित थपिएका हुन् । यसैगरी, पछिल्लो २४ घन्टामा थप १२ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ८ सय ६४ पुगेको छ ।

नेपालमा हाल २९ हजार ४ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । जसमा २७ हजार ९ सय ३० जना संक्रमित होम आइसोलेसन र १ हजार ७४ जना संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै, २ सय २५ संक्रमितको आईसीयु र ३२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

यो पनि…
कत्तिको खतरनाक छ ओमिक्रोन ? यस्ता हुन्छन् लक्षण
काठमाडौंमा कोरोना बुस्टर डोज, कहाँ–कहाँ छ खोप केन्द्र ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

छालामा देखिने धेरै किसिमका समस्याहरूलाई हामी नजरअन्दाज गर्दै आएका छौँ । तर मौसममा परिवर्तन आउने बित्तिकै शरीरमा पर्ने पहिलो प्रभाव

दिमागको रक्तनली बन्द हुनु अथवा नली फुटेर रगत बाहिर बग्नुलाई मस्तिष्कघात अथवा स्ट्रोक भनिन्छ । यस्तो अवस्थामा शरीरको आधा भागलाई

हेल्मेट मोटरसाइकल चालकको टाउकोको सुरक्षा कवच हो । बजारमा स्टाइलिस मोटरसाइकल मात्र होइन, स्टाइलिस हेल्मेटको क्रेज पनि उत्तिकै छ ।

आफ्नो बिमारी साथीलाई कुरुवा बस्न महाराजगञ्ज स्थित शिक्षण अस्पताल पुगेका ज्ञानबहादुर लामाको टि–सर्टमा रगतको छिटा देखेपछि अस्पतालमा कार्यरत एक नर्सले