English

यसरी सजाउनुहोस् घरमा पिँजडालाई



आजकल घर सजाउनको लागि मानिसको पहिलो रोजाइ पिँजडा बनेको छ । तर, यी पिँजडाहरू चरालाई बन्धक बनाउनको लागि नभई रचनात्मक रूपमा घर सजाउन प्रयोग गरिन्छ । तपाईं पनि पिँजडाले यसरी घरलाई सजाउनुहोस् ।

फूल राखेर

फूलहरूबाट सजाइएका पिँजडाहरू एकदमै धेरै आकर्षक देखिन्छन् । तपाईंले यसमा गुलाबको गुच्छाहरू राखी पिँजडाको वरिपरि अन्य फूलहरूले ढाक्न सक्नुहुनछ ।

मैनबत्ती

पिँजडालाई सजाउन मैनबत्ती राम्रो विकल्प हो । विशेषगरी, यो बगैँचामा पनि राख्न सकिन्छ । यसलाई मैनबत्ती होल्डर पनि बनाउन वा भित्तामा टाँसेर लाल्टिन जसरी सजाउन पनि सक्नुहुन्छ ।

इलेक्ट्रिक बत्ती

आजकल इलेक्ट्रिक बत्ती धेरै प्रचलित छन् । तपाईंले पिँजडालाई बत्तीहरूले पनि भर्न सक्नुहुन्छ । यस वरिपरि बत्तीको तारहरूले लपेट्न सक्नुहुन्छ ।

बिरुवा

लहरा भएका बिरुवालाई पिँजडामा राखेर सजाउन सकिन्छ । अझ यसमा मनि प्लान्टजस्ता बिरुवाहरू राख्दा राम्रो हुन्छ । ताकि पिँजरा बाहिर सुन्दररूपमा यी बिरुवाहरू झुण्डिन सकून् ।

यो पनि…
घर बनाउने सपना, ‘गुरु’ ले पार्छ साकार

इन्टेरियर डेकोरेसनले घरलाई सुन्दर बनाउनुहोस्



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेवार समुदायले मनाउने यःमरि पुन्हि अर्थात योमरी पूर्णिमा र ज्यापु दिवस आज मुलुकभर उल्लासका साथ मनाईदैछ । हरेक वर्ष धान्य

यमपञ्चकको दोस्रो दिन आज कुकुरको पूजा गरी कुकुर तिहार मनाइएको छ। वैदिक सनातन धर्ममा कुकुरलाई विशेष महत्व दिएर हेरिन्छ ।

जीवनमा समय धेरै महत्त्वपूर्ण छ । जीवनमा समयले मात्र सही बाटो देखाउँछ तर यसका लागि समयको सही दिशा हुनु आवश्यक

सोफाले हाम्रो बैठक कोठालाई आकर्षक बनाउने काम गर्छ। पाहुनाहरू घरभित्र पस्दा सबैभन्दा पहिले बैठक कोठाको सोफालाई ध्यान दिन्छन् । साथै,