English

यसरी सजाउनुहोस् घरमा पिँजडालाई



आजकल घर सजाउनको लागि मानिसको पहिलो रोजाइ पिँजडा बनेको छ । तर, यी पिँजडाहरू चरालाई बन्धक बनाउनको लागि नभई रचनात्मक रूपमा घर सजाउन प्रयोग गरिन्छ । तपाईं पनि पिँजडाले यसरी घरलाई सजाउनुहोस् ।

फूल राखेर

फूलहरूबाट सजाइएका पिँजडाहरू एकदमै धेरै आकर्षक देखिन्छन् । तपाईंले यसमा गुलाबको गुच्छाहरू राखी पिँजडाको वरिपरि अन्य फूलहरूले ढाक्न सक्नुहुनछ ।

मैनबत्ती

पिँजडालाई सजाउन मैनबत्ती राम्रो विकल्प हो । विशेषगरी, यो बगैँचामा पनि राख्न सकिन्छ । यसलाई मैनबत्ती होल्डर पनि बनाउन वा भित्तामा टाँसेर लाल्टिन जसरी सजाउन पनि सक्नुहुन्छ ।

इलेक्ट्रिक बत्ती

आजकल इलेक्ट्रिक बत्ती धेरै प्रचलित छन् । तपाईंले पिँजडालाई बत्तीहरूले पनि भर्न सक्नुहुन्छ । यस वरिपरि बत्तीको तारहरूले लपेट्न सक्नुहुन्छ ।

बिरुवा

लहरा भएका बिरुवालाई पिँजडामा राखेर सजाउन सकिन्छ । अझ यसमा मनि प्लान्टजस्ता बिरुवाहरू राख्दा राम्रो हुन्छ । ताकि पिँजरा बाहिर सुन्दररूपमा यी बिरुवाहरू झुण्डिन सकून् ।

यो पनि…
घर बनाउने सपना, ‘गुरु’ ले पार्छ साकार

इन्टेरियर डेकोरेसनले घरलाई सुन्दर बनाउनुहोस्



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

प्लाष्टिकको प्रयोग घटाउन कपडाको झोला बनाउने तालिम बढ्दो प्लाष्टिकको प्रयोग न्यूनीकरण गर्ने उद्धेश्यले बाँकेको कोहलपुर नगरपालिकामा महिलाहरुका लागि कपडाको झोला

मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा

काठमाडौं । नेपालमा बहुप्रतिक्षित टाटाको पन्च इभी एकैपटक चार शहरमा चितवन, पोखरा, बुटवल र भैरहवामा लन्च भएको छ । धेरैको

नेवार समुदायले मनाउने यःमरि पुन्हि अर्थात योमरी पूर्णिमा र ज्यापु दिवस आज मुलुकभर उल्लासका साथ मनाईदैछ । हरेक वर्ष धान्य

Latest










Popular
Suggested