English

बेलायतमा कोभिड प्रतिबन्ध हटाइँदै



कम्तिमा दुई साताभित्र बेलायतमा बाँकी सम्पूर्ण कोभिड प्रतिबन्ध हटाइने भएको छ । प्रधानमन्त्री बोरिस जोनसनले संसदमा यस्तो जानाकारी दिएका हुन् ।

कोभिडसँगै बाँच्ने रणनीतिअनुसार सबै प्रतिबन्ध हटाइन लागिएको प्रधानमन्त्री जोनसनले बताए । परीक्षणपछि कोभिड पोजेटिभ देखिएपछि आफैं आइसोलेसनमा बस्नुपर्नेलगायतका नियमको म्याद २४ मार्चमा समाप्त हुँदैछ ।

कोभिड संक्रमणका घटना कमी हुँदै गएको र विज्ञहरूले सावधानी दर्शाए विपरित मृत्युका घटनामा उल्लेख्य कमी आएपछि सरकारले सबै प्रतिबन्ध हटाउने भएको हो ।

सरकारको तथ्यांकअनुसार पछिल्लो मंगलबार बेलायतमा ६६ हजार १ सय ८३ नयाँ संक्रमित भेटिएका छन् । यो अघिल्लो साताको तुलनामा ४१ दशमलब १ प्रतिशतले कमी हो । १० दिनअघिसम्म बेलायतमा दैनिक संक्रमितको संख्या एक लाख थियो ।

यो पनि

कोरोना ग्राफ पुनः उकालो



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

आज मार्च २३ अर्थात् यो महिनाको अन्तिम शनिबार । यो दिन ‘अर्थ आवर’ को हो । वातावरण तथा पर्यावरणको रक्षा

 रिजु अधिकारी ब्रिटिश काउन्सिलले बर्षेनी आयोजना गर्नेे ‘आईईएलटीएस प्राइज २०२३’ मा पाँच हजार पाउण्ड (आठ लाख ४० हजार रुपैयाँ) को

कर्याङकुरुङका नामले चिनिने ‘कमन क्रेन’ यतिबेला चितवनको दिव्यनगरस्थित धान खेतमा देखिन थालेका छन् । हरेक वर्ष केही महिनाका लागि नेपाल

विश्वमै दुर्लभ मानिएको सेतो रंगको गिद्ध पहिलोपटक नेपालमा भेटिएको छ । नवलपुरको गिद्ध जटायु रेस्टुरेन्टमा देखिएको हिमाली गिद्ध निख्खर सेतो