English

प्रदेशस्तरीय मौलिक लोकबाजा प्रशिक्षण सुरु



नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले सर्लाहीको हरिवनमा मधेश प्रदेशस्तरीय मौलिक लोकबाजा प्रशिक्षण सुरु गरेको छ ।

१० दिने तालिममा मधेश प्रदेशका आठै जिल्लाका २० जनाले सहभागिता जनाएको प्रतिष्ठानका प्राज्ञ तथा कार्यक्रम संयोजक अशोक राईले बताए ।

चेतना सन्देश नेपालको स्थानीय व्यवस्थापनमा हरिवन-५ स्थित द्वन्द्व पीडित बालगृहमा प्रशिक्षण भइरहेको छ । प्रशिक्षणको सुभारम्भ प्रदेश सभा सदस्य डिल्लीप्रसाद उप्रेती र बेची लुङ्गेलीले गरेका थिए ।

कार्यक्रममा चेतना सन्देश नेपालका अध्यक्ष सुरेन्द्र लामाले मधेशको पहिचान ढोलकसँगै मादलको संयोजन गरी प्रशिक्षण कार्यक्रममा सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरे ।

साँस्कृतिक संस्थानका पूर्व महाप्रबन्धक राजेश थापाले प्रत्येक विद्यालयमा संगीत शिक्षकको दरबन्दी राख्न सुझाव दिए । प्रशिक्षण २५ माघबाट ५ फागुनसम्म हुनेछ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

Latest










Popular
Suggested