English

नेप्से सँगै घट्यो कारोबार रकम पनि



बुधबार नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन १६.३० अंक घटेर बन्द भएको नेप्सेले आज पनि सोही गतिलाई निरन्तरता दिएको हो।

आज नेप्से परिसूचक २२.११ अंक घटेर २८१३.४७ विन्दुमा झरेको छ। त्यसैगरी, सेन्सेटिभ इण्डेक्स ३.५१ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.६६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४० अंक घटेको छ।

आज नेप्सेसँगै कारोबार रकममा पनि कमी आएको छ। अघिल्लो कारोबार दिन ६ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २२३ कम्पनीको ४५ हजार ११२ पटकको कारोबारमा ३ अर्ब ४७ करोड ११ लाख ९ हजार रुपियाँको ६५ लाख २० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

बुधबार १३ वटै उपसमूहको परिसूचक घटेका छन्। जसमध्ये वित्त, लगानी, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेका छन्। अन्य उपसमूहको गिरावटदर भने १ प्रतिशतभन्दा कम रहेको छ।

अघिल्लो कारोबार दिन सर्वाधिक घटेको लिबर्टी इनर्जीको शेयरमूल्य आज भने ३.०८ प्रतिशत बढेको छ। त्यसैगरी, २१ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको आरम्भ चौतारी लघुवित्तको शेयरमूल्य आज २.८० प्रतिशत बढेको छ। यस दिन बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयरमूल्य यस दिन सर्वाधिक ६.६४ प्रतिशत घटेको छ। त्यसैगरी, आज नेपाल हाइड्रो डेभलोपर्स, सप्तकोशी डेभलपमेन्ट बैंक र विन नेपाल लघुवित्तको शेयरमूल्य ३ प्रतिशतभन्दा बढी घटेको छ।

बुधबार १३ वटै उपसमूहको परिसूचक घटेका छन्। जसमध्ये वित्त, लगानी, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेका छन्। अन्य उपसमूहको गिरावटदर भने १ प्रतिशतभन्दा कम रहेको छ।

कारोबार रकमका आधारमा आज पनि अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको १८ करोड ६१ लाख ६९ हजार रुपियाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यसेगरी, आज नेपाल टेलिकम, नेशनल हाइड्रोपावर र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको १४ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

यो पनि…
सेयर बजार राताम्मे
१०० अंकले नेप्से घट्दा बजार राताम्मे



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

स्विट्जरल्यान्डमा भएको जेनेभा मोटर सोमा चिनियाँ बिवाइडी ब्रान्डका दुईवटा मोडलका गाडी टप थ्रीमा परेका छन् । ‘वल्र्ड कार अवार्ड २०२४’ का

हेल्मेट मोटरसाइकल चालकको टाउकोको सुरक्षा कवच हो । बजारमा स्टाइलिस मोटरसाइकल मात्र होइन, स्टाइलिस हेल्मेटको क्रेज पनि उत्तिकै छ ।

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

हिमालय एअरलाइन्स्, नेपालको पहिलो र एक मात्र IOSA (IATA अपरेशनल सेफ्टी अडिट) मा दर्ता भएको वायुसेवा बनेर नेपालको उड्डयन क्षेत्रको