English

अस्ताए ‘महाभारत’ का भीम



लोकप्रिय धार्मिक धारावाहिक ‘महाभारत ‘भीम’ अर्थात् प्रवीणकुमार सोबतीको ७४ वर्षको उमेरमा निधन भएको छ । अभिनेता स्पाइनल समस्याबाट ग्रस्त थिए । यद्यपि उनको निधनको प्रमुख कारणबारे केही खुलाइएको छैन । फिल्ममा काम गर्नुअघि प्रवीण एथलेटिक्सका खेलाडी थिए ।

प्रवीण पछिल्लो दशकमा लामो समयदेखि घरमै थिए । स्वास्थ्य अवस्था ठिक नभएपछि चिकित्सकले पनि उनलाई कैयौं खानेकुरामा प्रतिबन्ध लगाएका थिए ।

अभिनयमा आउनुअघि प्रवीण एक हेमर र डिस्कस थ्रो एथलिट थिए । उनले एसियन गेम्समा चार मेडल (दुई स्वर्ण, एक रजत र एक कास्य) जितेका थिए । उनले दुई ओलम्पिक खेलमा पनि भारतको प्रतिनिधित्व गरेका थिए ।

खेलमा राम्रो योगदान पुर्याएका उनलाई ‘अर्जुन अवार्ड’ दिइएको थियो । यो अवार्डसँगै उनले बोर्डर सेक्युरिटी फोर्समा डेपुटी कमान्डेन्टको जागिर पाएका थिए । खेलकुदमा सफल भएपछि उनले फिल्ममा आउने निर्णय लिएका थिए ।

प्रवीणले सन् १९८१ मा रिलिज फिल्म ‘रक्षा’बाट डेब्यू गरेका थिए । तर उनले पहिचान भने ‘महाभारत’को ‘भीम’बाट पाए । उनको अन्तिम फिल्म सन् १९९८ मा रिलिज ‘ट्रन टु पाकिस्तान’ थियो ।

यो पनि…
चर्चित भारतीय गायिका लता मंगेशकरको निधन



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

Latest










Popular
Suggested