English

आजको विदेशी मुद्राको विनिमय दर



नेपाल राष्ट्र बैंकले मंगबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपियाँ २२ पैसा र बिक्री दर ११९ रुपियाँ ८२ पैसा कायम गरेको छ ।

युरोपियन यूरो एकको खरिद दर १३६ रुपियाँ १७ पैसा र बिक्री दर १३६ रुपियाँ ८५ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६१ रुपियाँ १६ पैसा र बिक्री दर १६१ रुपियाँ ९७ पैसा छ ।

स्वीस फ्रेङ्क एकको खरिद दर १२८ रुपियाँ ९८ पैसा र बिक्री दर १२९ रुपियाँ ६३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८४ रुपियाँ ५९ पैसा र बिक्री दर ८५ रुपियाँ एक पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९३ रुपियाँ ६० पैसा रहेको छ भने बिक्री दर ९४ रुपियाँ आठ पैसा छ ।

जापानी येन १० को खरिद दर नेपाली १० रुपियाँ ३६ पैसा र बिक्री दर १० रुपियाँ ४१ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपियाँ ७५ पैसा र बिक्री दर १८ रुपियाँ ८४ पैसा रहेको छ राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल एकको खरिर दर ३१ रुपियाँ ७८ पैसा र बिक्री दर ३१ रुपियाँ ९४ पैसा छ भने कतारी रियाल आज एकको खरिद दर ३२ रुपियाँ ६४ पैसा र बिक्री दर ३२ रुपियाँ ८० पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपियाँ ४९ पैसा छ भने बिक्री दर २८ रुपियाँ ६३ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपियाँ ९४ पैसा र बिक्री दर ९ रुपियाँ ९९ पैसा कायम भएको छ ।

यो पनि
४ दिनमा १५४ अंकले नेप्से घट्दा कारोबार रकम ४ अर्बमा खुम्चियो
डलरको भाउ बढ्दा अन्य मुद्राको यस्तो छ विनिमय दर



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

Latest










Popular
Suggested