English

विदेशमा बस्ने नेपाली खोप लगाउनेमा अग्र स्थानमा



विदेशमा बस्ने नेपाली खोप लगाउनेमा अग्र स्थानमा रहेका छन्र । कोरोनाविरुद्धको खोप लगाउनेमा विदेशमा बस्ने नेपाली अग्रस्थानमा रहेको गैरआवासीय नेपाली संघ अन्तर्गतको हेल्थ कमिटीका संयोजक डा सञ्जिव सापकोटाले बताएका छन् ।

नेपलिज डक्टर्स एसोसिएसन यूके र नेपाल नर्सिङ एसोसिएसन यूकको सहकार्यमा पत्रकार महासंघ बेलायत शाखाद्वारा आयोजित स्वास्थ्य संवाद कार्यक्रममा सापकोटाले सो कुरा बताएका हुन् । सापकोटाका अनुसार विदेशमा रहेका करिब ९० प्रतिशत भन्दा बढी नेपाली तथा नेपाली मूलका मानिसले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

यसैगरी, बेलायतमा बस्ने नेपालीहरु पनि कोरोनाविरुद्धको खोपमा अग्र स्थानमा रहेको हडर्सफिल्ड विश्वविद्यालयका एसोसिएट डिन (इन्टरनेशनल) डा. पदम सिम्खडाले बताए । यहाँस्थित एक विश्वविद्यालयले हालै गरेको अनुसन्धानले उक्त कुराको पुष्टि गरेको भएपनि यसको तथ्यांक भने सार्वजनिक हुन बाँकी रहेको सिम्खडाले जानकारी दिए ।

बेलायतमा खोप नलगाउनेको संख्या उल्लेख्य रहेको र नेपालीलाई पनि सोही वर्गमा राखिएकामा आफूले नेपाली खोप लगाउनेमध्ये अग्रपंक्तिमा रहेको भन्दै त्यसलाई सच्याउन आग्रह गरेको पनि उनले बताए ।

बेलायतमा खोप नलगाउनेको संख्या उल्लेख्य रहेको र नेपालीलाई पनि सोही वर्गमा राखिएकामा आफूले नेपाली खोप लगाउनेमध्ये अग्रपंक्तिमा रहेको भन्दै त्यसलाई सच्याउन आग्रह गरेको पनि उनले बताए ।

विश्वभर कोरोना संक्रमितको संख्या अत्यधिक देखिए पनि मृत्यु हुनेको संख्या भने करिब १० देखि १५ प्रतिशतको हाराहारीमा रहेको र मृत्यु हुनेको संख्या करिब १० प्रतिशत रहेको सापकोटाले जनाए । विश्वभरको तथ्यांक अनुसार ६३ प्रतिशत मानिसले खोपको पहिलो डोज लगाएका छन् भने ५० प्रतिशतले दुवै डोज लगाइसकेको उनले बताए ।

ओमिक्रोन बढी संक्रामक भएको र कम घातक सावित रहे पनि विश्व स्वास्थ्य संगठनले भने कुनै ठाउँमा बढी घातक बताएको पनि सापकोटाले बताए । यसको असर सबैमा समान नहुने र व्यक्ति र उनीहरुको स्वास्थ्यस्थितिमा भर पर्ने उनको धारणा छ ।

ओमिक्रोन बढी संक्रामक भएको र कम घातक सावित रहे पनि विश्व स्वास्थ्य संगठनले भने कुनै ठाउँमा बढी घातक बताएको पनि सापकोटाले बताए । यसको असर सबैमा समान नहुने र व्यक्ति र उनीहरुको स्वास्थ्यस्थितिमा भर पर्ने उनको धारणा छ ।

नेपालमा कोभिसिल्ड वा भेरोसेलको खोप लगाएर पर्यटक भिसामा नेपालबाट बेलायत आएकाहरुले बुस्टर डोज लगाउँदा फाइजर, मोडेर्ना तथा अक्सफोर्ड एष्ट्राजेनेकाको खोप लगाउन उपयुक्त हुने विज्ञको राय छ ।

एकपटक मोडेर्ना शृंखला पूरा गरेपछि भने फाइजर वा मोडेर्नाको बुस्टर डोज लिन सकिनेछ । कोरोना संक्रमणपछि ३, ४ हप्तासम्म जोर्नी दुख्ने, सुत्न गाह्रो हुने, मुटुको समस्या हुने लगायत समस्या भएमा पोस्ट कोभिडको रुपमा हेर्ने गरिन्छ । यसबारेमा अध्ययन जारी रहेको र यस्ता लक्षण देखिएमा प्राथमिक उपचार केन्द्र तथा स्वास्थ्यकर्मीसंग सल्लाह लिन वक्ताहरुले सल्लाह दिएका छन् ।

यस्ता ठूला महामारीहरु पटक पटक आइरहेको र सन् १९१८ मा स्पेनिस फ्लू, १९५७ मा एसियन फ्लू, १९६८ मा हङ कङ फ्लू, १९७७ को फ्लू र २००९ मा स्वाइन फ्लू जस्ता इतिहासलाई केलाउँदा हरेक ४० वर्षमा एउटा महामारी आउने सापकोटाले बताए ।

कोरोना भाइरस पूर्ण रुपमा नियन्त्रण नहुने र मानव समूदायमा साधारण फ्लूको रुपमा रहिरहने उनको धारणा थियो । भ्याक्सिनको प्रभावले गर्दा कम भाइरस हानिकारक र बिस्तारै जनजीवन सहज हुने पनि उनले बताए ।

यो पनि
एनआरएनए निर्वाचन अनुगमनको जिम्मा कसलाई ?
लण्डन दूतावासमा अबदेखि कार्ड भुक्तानी मात्रै



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

Latest










Popular
Suggested