English

यी हुन् विश्व इतिहासमा घटेका प्रमुख चार घटना



आज सन् २०२२ को ८ फेब्रुवरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । केही घटना यस्ता छन्

घातक ग्यास प्रयोग गरी मृत्युदन्ड

सन् १९२४ एक जना अभियोगीलाई मृत्युदण्ड दिन लेथल ग्यास प्रयोग गरिएको थियो । नेभाडा राज्यको एउटा कैदमा हत्याको अभियोगमा मृत्युदन्ड सुनाइएका गी जोनलाई सो ग्यास लगाएर मृत्युदन्ड दिइएको थियो ।

ग्वाडलक्यानल कब्जा

दोस्रो विश्वयुद्धको समयमा लामो रक्तपातपछि जापानी सेनाको नियन्त्रणमा रहेको ग्वाडलक्यानललाई अमेरिकाले कब्जा गरेको थियो । सन् १९४२ को अगस्टमा सुरु भएको हमला सन् १९४३ को फेब्रुबरीमा समाप्त भएको थियो । ८ फेब्रुवरीमा जापानको सबै सेनाले ग्वाडलक्यानल खाली गरेको थियो ।

तास्मेनियाको आगजनीमा ६२ जनाको मृत्यु

सन् १९६७ मा अस्ट्रेलियाको टापु राज्य तास्मेनियाको दक्षिणपूर्वी क्षेत्रमा लागेको डढेका कारण ६२ जनाको मृत्यु हुनुका साथै हजारौं जना घरबारबिहीन भएका थिए । आगोले मानिसहरुको बसोबास रहेको होवार्ट सहर घेर्दा सो क्षेत्रमा ५२ जनाको जलेर ज्यान गएको थियो ।

बेलायतको महारानी

सन् १९५२ को ६ फेब्रुबरीमा बेलायतको राजगद्दीमा राज्यरोहण गरेकी एलिजावेथ द्दितीय ८ फेब्रुबरीमा औपचारिकरुपमा महारानी बनेकी थिइन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

आज मार्च २३ अर्थात् यो महिनाको अन्तिम शनिबार । यो दिन ‘अर्थ आवर’ को हो । वातावरण तथा पर्यावरणको रक्षा

 रिजु अधिकारी ब्रिटिश काउन्सिलले बर्षेनी आयोजना गर्नेे ‘आईईएलटीएस प्राइज २०२३’ मा पाँच हजार पाउण्ड (आठ लाख ४० हजार रुपैयाँ) को

कर्याङकुरुङका नामले चिनिने ‘कमन क्रेन’ यतिबेला चितवनको दिव्यनगरस्थित धान खेतमा देखिन थालेका छन् । हरेक वर्ष केही महिनाका लागि नेपाल

विश्वमै दुर्लभ मानिएको सेतो रंगको गिद्ध पहिलोपटक नेपालमा भेटिएको छ । नवलपुरको गिद्ध जटायु रेस्टुरेन्टमा देखिएको हिमाली गिद्ध निख्खर सेतो