English

यी हुन् विश्व इतिहासमा घटेका प्रमुख चार घटना



आज सन् २०२२ को ८ फेब्रुवरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । केही घटना यस्ता छन्

घातक ग्यास प्रयोग गरी मृत्युदन्ड

सन् १९२४ एक जना अभियोगीलाई मृत्युदण्ड दिन लेथल ग्यास प्रयोग गरिएको थियो । नेभाडा राज्यको एउटा कैदमा हत्याको अभियोगमा मृत्युदन्ड सुनाइएका गी जोनलाई सो ग्यास लगाएर मृत्युदन्ड दिइएको थियो ।

ग्वाडलक्यानल कब्जा

दोस्रो विश्वयुद्धको समयमा लामो रक्तपातपछि जापानी सेनाको नियन्त्रणमा रहेको ग्वाडलक्यानललाई अमेरिकाले कब्जा गरेको थियो । सन् १९४२ को अगस्टमा सुरु भएको हमला सन् १९४३ को फेब्रुबरीमा समाप्त भएको थियो । ८ फेब्रुवरीमा जापानको सबै सेनाले ग्वाडलक्यानल खाली गरेको थियो ।

तास्मेनियाको आगजनीमा ६२ जनाको मृत्यु

सन् १९६७ मा अस्ट्रेलियाको टापु राज्य तास्मेनियाको दक्षिणपूर्वी क्षेत्रमा लागेको डढेका कारण ६२ जनाको मृत्यु हुनुका साथै हजारौं जना घरबारबिहीन भएका थिए । आगोले मानिसहरुको बसोबास रहेको होवार्ट सहर घेर्दा सो क्षेत्रमा ५२ जनाको जलेर ज्यान गएको थियो ।

बेलायतको महारानी

सन् १९५२ को ६ फेब्रुबरीमा बेलायतको राजगद्दीमा राज्यरोहण गरेकी एलिजावेथ द्दितीय ८ फेब्रुबरीमा औपचारिकरुपमा महारानी बनेकी थिइन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

Latest










Popular
Suggested