English

आजको यस्तो छ विनिमय दर



नेपाल राष्ट्र बैंकले सोमबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ २२ पैसा र बिक्री दर ११९ रुपैयाँ ८२ पैसा कायम गरेको छ ।

यूरो एकको खरिद दर १३६ रुपैयाँ ४९ पैसा र बिक्री दर १३७ रुपैयाँ १८ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६१ रुपैयाँ ३१ पैसा र बिक्री दर १६२ रुपैयाँ १२ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १२८ रुपैयाँ ८० पैसा र बिक्री दर १२९ रुपैयाँ ४५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ

यसैगरी, अष्ट्रेलियन डलर एकको खरिद दर ८४ रुपैयाँ ३७ पैसा र बिक्री दर ८४ रुपैयाँ ८० पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९३ रुपैयाँ ३९ पैसा रहेको छ भने बिक्री दर ९३ रुपैयाँ ८६ पैसा छ ।

जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ३५ पैसा र बिक्री दर १० रुपैयाँ ४० पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ८३ पैसा र बिक्री दर १८ रुपैयाँ ९२ पैसा रहेको छ राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३१ रुपैयाँ ७८ पैसा र बिक्री दर ३१ रुपैयाँ ९४ पैसा छ भने कतारी रियाल आज एकको खरिद दर ३२ रुपैयाँ ५५ पैसा र बिक्री दर ३२ रुपैयाँ ७१ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ५२ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ६७ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ९५ पैसा र बिक्री दर १० रुपैयाँ कायम भएको छ ।

यो पनि
४ दिनमा १५४ अंकले नेप्से घट्दा कारोबार रकम ४ अर्बमा खुम्चियो
डलरको भाउ बढ्दा अन्य मुद्राको यस्तो छ विनिमय दर



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

विश्वप्रसिद्ध प्रविधि कम्पनी Xiaomi को स्वामित्वमा रहेको चर्चित स्मार्टफोन पोको(POCO) ब्रान्ड नेपाली बजारमा औपचारिक रुपमा कमब्याक गरेको छ। गेमिङ र

काठमाडौं । गायक आशिर्वाद सुवेदी र चर्चित गायिका एलिना चौहानको सुमधुर स्वरमा रहेको नयाँ रोमान्टिक गीत ‘मोहनी लगायो कान्छीले’ सार्वजनिक

काठमाडौं, २३ माघ : कोका–कोला नेपालले ओपन डोर इन्टरटेन्मेन्टसँगको सहकार्यमा आईसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत नेपालका खेलहरू सार्वजनिक रूपमा

काठमाडौं – सीजी होल्डिङ्सको अटोमोटिभ डिभिजन तथा नेपालका लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता सीजी मोटोकर्पले आगामी माघ २५ देखि २७

Latest










Popular
Suggested