English

सरस्वती पूजाको दिन तपाईंको राशि कस्तो छ ?



आज २३ माघ २०७८ आइतबार । तदनुसार ६ फेब्रुवरी २०२२ । माघ शुक्लपक्ष पञ्चमी अर्थात् वसन्चपञ्चमी । आज विद्याकी देवी सरस्वतीको आरधना गर्ने दिन हो । साना बालकले आजबाट विद्यालय शिक्षा सुरु गर्ने र अध्ययन अध्यापन पर्ने सबैको विशेष दिन हो । विद्यालयहरूले आजको दिन सरस्वतीको विशेष आरधना गर्दछन् ।

रेवती नक्षत्र, साध्य योग र चन्द्रमा मीन राशिमा रहेको छ । आज विहान ६ः५० मा सूर्योदय भयो भने १७ः४७ मा सूर्यास्त हुनेछ । आजको देवता सावित्री र ग्रहदेव शुक्र रहेको छ । आजको दिन कुनैपनि शुभ कार्य गर्नका लागि मुहूर्तको समयबाहेक दिनभर शुभ मानिन्छ । आइतबार भएकाले सूर्यनारायणको दर्शन गरेर दिनको शुरुवात गर्नु उत्तम मानिन्छ । आजको दिन सबै राशिका जातकहरुले माता सरस्वतीको आरधना, साधना गर्नहोला ।

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

स्वास्थ्यमा समस्या हुनसक्छ विचार पुर्याउनु होला ।  मनमा अनेक सोच र चिन्ता छाउने छ । त्यसैले मेष राशिका जातकले सकारात्मक सोच राख्नु होला । आकस्मिक संकट आउनसक्ने छ । आर्थिक व्यय हुनेछ । आजको दिन नियमित कार्यबाहेक नयाँ काम नगर्दा वेश हुनेछ । सूर्योदयको दर्शन गर्नुहोला।  

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

तपाईंको आज अर्थलाभ हुनेछ । व्यापार ब्यबसायबाट अचानक आर्थिकलाभ प्राप्त हुनेछ । शत्रुमाथि विजयप्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनाका साथै यात्राको अवसर प्राप्त हुनेछ । आफनो स्वास्थ्यमा ख्याल राख्नुहोला । तपाईंको मनमा सकारात्मक सोच र खुसी हुने खबरले उत्साह थपिने छ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

तपाईंको आज धनलाभ र नयाँ सुखद खबरले तपाईंको खुसियाली छाउने छ । आजको दिन नयाँ काम गर्दा सफलता प्राप्त हुनेछ । विहान सूर्यनारायणको दर्शन गरेर आज गरेका तमाम कार्य सफलता हुनेछ । दाम्पत्य जीवनमा सौहर्दता छाउने छ । आजको दिन कसैसँग पनि विवाद नगर्नुहोला ।  

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

आजको दिन यात्रा गर्न लाग्नु भएको छ भने यात्रामा बाधा आउनसक्छ । तपाईंले सोच र परिवारका कुरा नमिल्दा नकारात्मक सोच आउनसक्छ । त्यसैले आजको दिन सोच विचार गरेर मात्र निर्णय गर्नु वेश हुनेछ । नियमित कामबाहेक अन्य नयाँ कामको लागि दिन उपयुक्त छैन ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

सिंह राशिका जातकले आइतबारको विहान सूर्योदयको दर्शन अवस्य गर्नुहोला । तपाईंलाई अनावश्यक विवाद हुनसक्छ । आजको दिन भुलेर पनि कसैसँग विवाद नगर्नुहोला । पारिवारिक समस्याका कारण मनमा अनेक समस्या उत्पन्न हुनसक्छ । त्यसैले आजको दिन मौन रहेक आफ्नो कार्य गर्नुहोला । परिवारमा खुसियाली छाउने छ ।  

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

आजको दिन छोटो दुरीको यात्रा हुनसक्छ । आफन्तजनको  भेटले काममा उत्साह थपिने छ । आफन्त र मित्रजनबाट साथ र सहयोगको प्रस्ताव आउनसक्छ । आजको दिन नयाँ बस्त्र खरिद गरेर लगाउन राम्र्रो हुनेछ । कुनै कन्यालाई फल र दक्षिण दिनुभयो भने तपाईंलाई उनको आशीर्वादले तपाईंका लागि सकारात्मक सोच बढ्ने छ ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

सोच अनुसारको काम नहुँदा चिन्ता हुनसक्छ । त्यसैले मनमा सकारात्मक सोच राखेर काम गर्न आवश्यक छ । व्यापार ब्यबसायमा हुनुहुन्छ भने आजको दिन तपाईंलाई हानीहुनसक्छ । तपाईंको लागि आजको दिन धैर्यको आवश्यकता हुन्छ । आत्तिनु र दुःखी हुन भन्दा पनि सकारात्मक सोच राखेर अघि बढ्नु होला ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

विहान सूर्योदयको दर्शन गरेर अघि बढ्नु होला । मनमा प्रसन्नता र उत्साह बढ्ने छ । तपाईंले कुनै नयाँ कामको शुरुवात समेत गर्न सक्नुहुनेछ । आज शुरुवात गरेको कामबाट एक महिनाभित्र सफलता प्राप्त हुनेछ । कसैलाई पनि तपाईंबाट हानी हुने काम र मनमा दोष लाग्ने काम नगर्नुहोला।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईंले राम्रो काम गर्नुहुनेछ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । आजको दिन ब्यर्थमा समय खर्च र अनावश्यक आर्थिक भार थपिने छ । त्यसैले काम गर्दा विचार पुर्याउनु होला। आजको दिन मित्रमण्डलीबाट असहयोग हुनसक्छ । आफन्तजनसँग विवाद हुनसक्छ ।  

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

ब्यापार ब्यबसायबाट लाभ हुनेछ । परिवार र आफन्तजनको साथ सहयोगबाट तपाईले नयाँ काम शुरुवात गरौं भन्ने सल्लाह आउनसक्छ । सकारात्मक सोच र मनमा उर्जा थपिने छ । आफूले गरिरहेको कामबाट मानसम्मान प्राप्त हुनसक्छ । मानसम्मान प्राप्त हुनेछ । आफ्नो कार्यक्षेत्रमा सफलता मिल्नेछ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

तपाईंकोको मनमा प्रसन्नता छाउने छ । कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम  र शत्रुमाथि विजयप्राप्ति हुनेछ । ब्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । तपाईंलाई हौसला दिनेछन् । सामाजिक काममा मन जानेछ । आजको दिन परिवारमा सदस्यबीच सौहार्दता छाउने छ ।  

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

विहानैं सूर्योदयको दर्शन गरेर नजिक वा देवालयको दर्शन गर्नु उत्तम छ । चन्द्रमाको साथ रहेको छ । अध्ययन अध्यापनको क्षेत्रका कार्य गर्ने मीन राशिका जातकले आजको दिन निकै महत्वपूर्ण दिन हो । आजको दिन शैक्षिक कार्ययोजना बनाएर अघि बढ्नु होला । परिवारका सदस्यलाई समेत शैक्षिक सामग्री दिनुहोला ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । सर्जक मनिष गहतराज र संगीत संयोजक निरज रास्कोटीको संयुक्त प्रयासमा तयार भएको भजन गीत ‘गोविन्द गोपाल श्याम’ सार्वजनिक

वैशाख १२ गते । केके मानन्धर ।न्हापांगु पलाः नेवाः मिसा पुचःको आयोजनामा काठमाडौंको हनुमानढोकामा भजन, सांस्कृतिक तथा सम्मान कार्यक्रम भव्य

सारांश:आगामी वर्ष नयाँ वर्ष २०८३ को अवसरमा भक्तपुरमा ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको ३३ पोखरी परिक्रमा कार्यक्रम आयोजना हुँदैछ। कार्यक्रमको

फागुन २४, केके मानन्धरकेन्द्रीय मानन्धर संघले देशभरका मानन्धर समुदायलाई समेटेर स्वयम्भू भ्वय् कार्यक्रम सम्पन्न गरेको छ । वार्षिक रुपमा पूर्वको

Latest










Popular
Suggested