English

संयुक्तता



म आशाको विम्ब भएर रहन चाहन्छु
त्यो गोठका ओसिलो जीवनहरूमा
ती ओठका बोझिला कलेटीहरूमा
तिमीले धैर्य बाँड्न नभुल्नू ।

म माटोको लप्का भएर भरिन चाहन्छु
खडेरीले उप्केका खाडलहरूमा
तिमी मौसमी वर्षातमा बर्सनु ।
जब गोठहरूको विम्ब टल्किन्छ

ओठहरूमा हाँसो झल्किन्छ
म आकाशको जून चुमिरहन्छु
तिमी धर्तीको फूलहरूमा झुमिरहनू
तर, नभुल्नु हामीले मनाएको यो खुसीसँगै,

हामी त्यही जीवनहरूको श्वासमा बाँचेका हुनेछौं
जहाँ अभावले पिल्सिएका भोकहरू हुनेछन्
अज्ञानताले मिचिएका रोगहरू हुनेछन्
म तिनै अभावहरू हटाउने औजार हुन चाहन्छु
तिमी रोगहरूको माखा धपाउन नभुल्नू ।

यो पनि
खसी 
अहिलेको साहित्य पुरस्कार र सेलिब्रेटी बन्ने दौडमा छ
एकल आमा–२



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

जेभियर एकेडेमी स्टुडेन्ट काउन्सिलद्वारा आयोजित ‘ब्याटल अफ द ब्यान्ड्स’ मा अघोर ब्यान्ड बिजेता बनेको छ । निर्णायक र दर्शक दुवैलाई

काठमाडौं । पत्रकार/गीतकार गीता अधिकारीले आफ्नो जन्मदिनमा गीति एल्बम ‘भावस्पनदन’ श्रोता/दर्शकमाझ ल्याउनुभएको छ । मिलापको आयोजनामा बिहीबार काठमाडौंमा एक विशेष

पोखरा, कार्तिक १५ गते । गीतकार प्रतिष्ठान, नेपालको अध्यक्षमा अनुराग अधिकारी सर्वसम्मत चयन भएका छन्।शनिवार पोखरामा सम्पन्न प्रतिष्ठानको पाँचौँ साधारण

Latest










Popular
Suggested