English

श्रीस्वस्थानी कथासँग जोडिएको ‘छाङ्छाङ्दी’ ओझेमा



अहिले माघ महिना, श्रीस्वस्थानी व्रतकथा चलिरहेको छ । घर-घरमा श्रीस्वस्थानी व्रतकथा श्रवण गरेर बस्ने प्रचलन रहिआएको छ । श्रीस्वस्थानी व्रतकथाको महिमा जति भएपनि सोही कथासँग जोडिएको ‘छाङ्छाङ्दी’ भने ओझेलमै छ ।

स्याङ्जाको भीरकोट नगरपालिका-४ तथा वालिङ नगरपालिकाको सीमामा अवस्थित ‘छाङ्छाङ्दी’ पौराणिक, ऐतिहासिक, धार्मिक एवं पर्यटकीय दृष्टिले प्रचुर सम्भावना हुँदाहुँदै पनि प्रचार प्रसारको अभावमा ओझेलमा परेको हो ।

सुनौली-पोखरा जोड्ने सिद्धार्थ राजमार्गअन्तर्गत वालिङ र बयरघारीको बीचभागमा रहेको यो पवित्र धार्मिक तिर्थस्थलमा अपेक्षाकृतरूपमा भक्तजनहरू आउन नसक्नुको मुख्य कारण यसको प्रचारप्रसार हुन नसकेको बताउँछन् छायाँक्षेत्र (शिवमन्दिर) सेवा समितिका अध्यक्ष पिताम्बर श्रेष्ठ ।

‘धार्मिक, ऐतिहासिक एवं पर्यटकीय दृष्टिले यसको महिमा हुँदाहुँदै पनि आन्तरिक तथा बाह्य भक्तजनलाई आकर्षित गर्न सकिरहेका छैनौं’, उनले भने, ‘यसको महिमालाई देशका प्रसिद्ध धार्मिक तिर्थस्थलहरुसँग जोड्दै जानेगरी तयारी थालेका थियौं तर कोभिडका कारण निरन्तरता दिन सकेनौं ।’

यस ठाउँको महिमालाई अझै व्यापकरूपमा प्रचारप्रसार गरेर धार्मिक पर्यटकको आकर्षणको केन्द्रकोरूपमा स्थापित गर्नका लागि थालिएको अभियानलाई पुनः निरन्तरता दिँदै जाने उनले बताए । यस ठाउँको विकासका लागि गुरुयोजना बनाएर बृहत्तररूपमा अगाडि बढ्ने समितिको योजना छ ।

मन्दिर परिसरमा १०८ शिवलिङ्ग, पार्क, साँघुरो भूबनोटलाई फराकिलो र आवश्यकताअनुसारका भौतिक संरचनाहरू निर्माण गर्दै लगिने उनले बताए । मन्दिर परिसरमा हाल ५० जनासम्म अट्न सक्ने क्षमताको धर्मशाला, २१० जना क्षमताको सभाहल, शिवजीको मुर्ति तथा अष्टचिरञ्जीवीको स्थापनासँगै मन्दिरसम्म पुग्न र फर्किनका लागि छुट्टाछुट्टै सिँढी मार्ग निर्माण गरिएको छ ।

विशेष गरी महाशिवरात्रि, हरिबोधनीलगायतका एकादशीहरू, साउन महिनाभर यहाँ भक्तजनहरू आउने गरेका समितिका सचिव कृष्णप्रसाद श्रेठले बताए । मन्दिरको मुख्य आम्दानीकोरुपमा आजीवन सदस्यता, दानपेटिका, तथा सहयोग रसिदमार्फत प्राप्त हुने रकम मुख्य रहेका छन् ।

अहिले माघ महिना, श्रीस्वस्थानी व्रतकथा चलिरहेको छ । घर-घरमा श्रीस्वस्थानी व्रतकथा श्रवण गरेर बस्ने प्रचलन रहिआएको छ । श्रीस्वस्थानी व्रतकथाको महिमा जति भएपनि सोही कथासँग जोडिएको ‘छाङ्छाङ्दी’ भने ओझेलमै छ ।

‘विश्वव्यापी महामारीकोरूपमा फैलिएको कोभिड-१९ को सङ्क्रमणका कारण मन्दिरमा दर्शनार्थीहरूको उपस्थिति निक्कै कम छ’, सचिव श्रेष्ठले भने, ‘जसले गर्दा आम्दानीको स्रोत पनि घटेको छ ।’ ऐतिहासिक धार्मिक स्थल भएर पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेकाले यसको प्रचारप्रसारका लागि देशका विभिन्न शक्तिपीठहरूमा जाने, शहर बजार तथा सडकका छेउछाउहरुमा होर्डिङ बोर्डहरू राख्ने, ब्रोसरहरू वितरण गर्ने सचिव श्रेष्ठले बताए ।

यस ठाउँको महिमाकाबारेमा धेरैभन्दा धेरैलाई जानकारी दिन सकियो भने यहाँ आउने वातावरण बन्न सक्ने दाबी समितिको छ । सतिदेवीको शेष रहेको अङ्ग यस ठाउँमा पतन भएको किंवदन्ती श्रीस्वस्थानी व्रतकथामा उल्लेख भएपनि यहाँ श्रीस्वस्थानीसँग सम्बन्धित कुनै धार्मिक कार्यहरू हुन सकेको छैन । सतिदेवीको मृत शरीरलाई बोकेर हिड्नेक्रममा विभिन्न ठाउँमा अङ्गहरू पतन हुँदै गएको र यहाँ आइपुग्दा बाँकी रहेका अङ्गहरू पतन भएको किंवदन्ती रहेको उनी बताउँछन् ।

‘बौलाहा अवस्थामा सतिदेवीको मृत शरीर लिएर हिँडेका महादेवले आफूसँग भएको त्रिशूलले चट्टानलाई कोपेर पानी निकाली प्यास मेटाएको र सोही पानी छहरा बनेर छङ्छङ् गर्दै बहेको छ’, उनले भने, ‘त्यस्तै मन्दिर रहेको ठाउँभन्दा माथि मगर समुदायको वस्ती रहेको छ, मगरभाषामा ‘डी’ भनेको पानी हुने र छङ्छङ् ‘डी’ बाट अपभ्रंश भएर ‘छाङ्छाङ्दी’ रहन गएको हो भन्ने दुईथरी किंवदन्ती रहेको छ ।’

यस ठाउँमा स्याङ्जासहित आसपासका जिल्लाबाट भक्तजनहरू आउने गरेका छन् ।



...
canadian online pharmacies prescription drugs

mexican pharmacy online

...
trust pharmacy canada

pharmacy canada

...
canadian prescription pharmacy

us pharmacy no prior prescription

...
legal canadian prescription drugs online

online pharmacy with no prescription

...
canada online pharmacy

most trusted canadian online pharmacies https://canadianpharmacystar.com/ real canadian pharmacy

...
canadian pharmacy no prescription required

canada pharmacies without script

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

फागुन २४, केके मानन्धरकेन्द्रीय मानन्धर संघले देशभरका मानन्धर समुदायलाई समेटेर स्वयम्भू भ्वय् कार्यक्रम सम्पन्न गरेको छ । वार्षिक रुपमा पूर्वको

चाडपर्वको अवसरमा नेपालमा मासुको अत्याधिक सेवन बढ्ने देखेर पोषणविद देखि चिकित्सकहरुले खानपिनमा विशेष ध्यान नपुर्‍याए स्वास्थ्यसम्बन्धी जटिलता देखापर्न सक्नेमा सचेत

दसैंको विषेश परिकार हो– मासु । दसैंमा मानिसहरुले मासुलाई नै बढी महत्व दिने गर्छन् । वर्षमा एकपटक आउने चाड हो

हङकङकी प्रथम महिला सगरमाथा आरोही साङ यिङ हङ (एदा) ले मनास्लु हिमालमा महिलातर्फको स्पिड रेकर्ड कायम गरेकी छन्। ५० वर्षीया

Latest










Popular
Suggested