English

किरण केसीका ४ अनौठा फ्यान



हास्यकलाकार तथा निर्माता किरण केसीलाई नचिन्ने सायद कमै होलान् । उनलाई ‘राता मकै’को नामले धेरैले चिन्छन् । उनको फ्यान फलोइङ पनि एकदमै धेरै छ । फेसबुकदेखि टिकटकमा पनि उनलाई फलो गर्नेको संख्या कम छैन । धेरै फ्यानहरूमध्ये आफ्ना केही अनौठा फ्यानलाई उनी यसरी सम्झन्छन् :

मनकामना दर्शन गर्न जाँदा करिब तीन घण्टा फोटो खिच्ने फ्यानहरू

करिब दुई–तीन वर्षअघि परिवारसँग मनकामना दर्शन गर्न गएको थिएँ । त्यहाँ झापाबाट दुईवटा ठूलो गाडीमा करिब दुई सयको हाराहारीमा विद्यार्थीहरू शैक्षिक भ्रमणको लागि आएका रहेछन् । हामी केबलकार चढेर माथि पुग्दा ती विद्यार्थीहरू पनि मन्दिर परिसरमा नै रहेछन् । मलाई देख्नेबित्तिकै एक जना विद्यार्थी दौडेर फोटो खिच्न आए । उनीसँगै अरू विद्यार्थी र शिक्षकहरू पनि उनीहरूसँग फोटो खिच्दाखिच्दै लगभग तीन घण्टा बितेछ त्यति समयमा मेरो परिवारले दर्शन गरेर पूजा सकिसकेका रहेछन् ।

हामी केबलकार चढेर माथि पुग्दा ती विद्यार्थीहरू पनि मन्दिर परिसरमा नै रहेछन् । मलाई देख्नेबित्तिकै एक जना विद्यार्थी दौडेर फोटो खिच्न आए । उनीसँगै अरू विद्यार्थी र शिक्षकहरू पनि उनीहरूसँग फोटो खिच्दाखिच्दै लगभग तीन घण्टा बितेछ

टिसर्टमा अटोग्राफ माग्ने महिला फ्यान

मेरो भतिज मोहित वंशको रेस्टुरेन्ट ब्रिक्स क्याफेमा म खाजा खान गएको थिएँ । क्याफेमा बागलुङ्गबाट एउटा ग्रुप पनि खाजा खान आएको रहेछ । मलाई देख्नेबित्तिकै ‘राता मकै दाई प्लिज एउटा फोटो खिचौँ न’ भन्दै फोटो खिच्न थाले एउटा बहिनीले चाहिँ टिर्सटमा अटोग्राफ माग्नुभयो । यस्तो राम्रो टिसर्ट किन फोहोर पार्नु बहिनी भनेँ मैले, तैपनि मानिनन् । त्यसैले, मैले उहाँको टिसर्टको अगाडि भागमा अटोग्राफ दिएँ ।

खानाको बिल तिर्ने फ्यान

मनकामना दर्शन गरेर फर्किने क्रममा खाजा खान म र मेरो परिवार नौबिसेको एउटा रेस्टुरेन्टमा बसेका थियौँ । दुईजना भाइहरू छेउमै आएर गफ गर्न थाले । हामी तपाईंको ठूलो फ्यान हौँ, तपाईंको हरेक इन्टरभ्यु, फिल्म हेर्छौं भन्दै थिए । उनीहरू पनि फोटो खिचेर खाजा खान गए । हामी खाजा खाएर बिल तिर्न गयौँ । काउन्टरमा पुगेर बिल माग्दा त तपाईंको बिल त भइसक्यो सर भन्यो । ती भाइहरूले हाम्रो खाजाको पैसा पनि तिरेर गएछन् ।

हामी तपाईंको ठूलो फ्यान हौँ, तपाईंको हरेक इन्टरभ्यु, फिल्म हेर्छौं भन्दै थिए । उनीहरू पनि फोटो खिचेर खाजा खान गए । हामी खाजा खाएर बिल तिर्न गयौँ । काउन्टरमा पुगेर बिल माग्दा त तपाईंको बिल त भइसक्यो सर भन्यो । ती भाइहरूले हाम्रो खाजाको पैसा पनि तिरेर गएछन् ।

कान समाएर तीनचोटी उठबस गरेर माफी माग्ने फ्यान

एकपटक एउटा कामका लागि बाइकमा बाहिर निस्केको थिएँ । एउटा गाडीले पछाडिबाट आएर छोयो । मैले पछाडि फर्केर ‘के हेरेर चलाको’ भनेर गाली गरेँ । उसले पनि ‘आँखा नहेरी हिँड्ने ?’ भनेर करायो । सबै जना मान्छे जम्मा भए । मैले मास्क, हेलमेट र चस्मा लगाएको थिए । एकछिन पछि मैले मास्क, हेल्मेट र चस्मा खोलेँ । त्यसपछि, त्यो गाडीको मान्छेले छक्क पर्दै भन्यो– ‘ओहो राता मकै दाइ पो हुनुहुँदोरहेछ सरी दाइ’ कान समाएर तीनपटक उठबस पनि गर्यो । उसले माफी माग्यो र मैले माफी दिँदै अँगालो मारेर उसलाई पठाएँ ।

यो पनि पढ्नुहोस् :
ज्योती भन्छिन्– ‘फ्यानले ओठमा किस गर्दा बान्ता आयो’
सोनिकाका फ्यान– सुनको सिक्री गिफ्ट दिनेदेखि झम्टेर रुनेसम्म



सम्बन्धित खबरहरु

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

सुनसरी, मंसिर २२ गते ।सुनसरीको रामधुनी नगरपालिका-२ का सिटी रिक्सा चालक ४५ बर्षीय दिनेश कुमार चौधरीलाई असोज २५ गते बेलुकी

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

Latest










Popular
Suggested