English

तोकियो एमाले अधिवेशनको नयाँ मिति



नेकपा (एमाले) ले मधेस प्रदेशका तीन जिल्लामा अशिवेशनको मिति तय गरेको छ। प्रदेश कमिटीको शुक्रबार साँझको बैठकले सर्लाही, धनुषा र महोत्तरीको अधिवेशन क्रमशः ७-८ फागुन, ९-१० फागुन र ११-१२ फागुनका लागि तय गरेको हो।

आसन्न निर्वाचनसमेत नजिकै आइसकेकाले प्रदेश अधिवेशनभन्दा अघि जिल्ला अधिवेशन निर्धारित मितिमा सम्पन्न गर्नैपर्ने चुनौती रहेको प्रदेश इन्चार्ज रघुवीर महासेठले बताए।

प्रदेशका कतिपय जिल्लामा एक पक्षले अधिवेशन सम्पन्न भइइसकेको बताउँदै आएका छ भने अर्को पक्षले विरोध गर्दै आएको छ। महोत्तरीमा चार केन्द्रीय सदस्यमध्ये दुई जना एउटा कित्तामा र दुई जना अर्को कित्तामा उभिएका छन्।

एमाले पोलिटब्युरो सदस्यसमेत रहेका रामदयाल मण्डल र केन्द्रीय सदस्य बुधिनीदेवीले जिल्ला कमिटीका लागि सपथसमेत खुवाए भने केन्द्रीय सदस्यद्वय सरोज यादव र टेकबहादुर बलाम्पाकीले विरोध गर्दै आएका छन्।

कोभिडको कारण देखाउदै पूर्वनिर्धारित मितिमा अधिवेशन हुन सकेको थिएन।

रामकृष्ण हुमागाईं फेरि एमालेमा

ललितपुरका नेता रामकृष्ण हुमागाईं फेरि एमालेमा फर्किएका छन्। शुक्रबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा भेटघाटपछि उनी एमाले पार्टीमा फर्कन राजी भएका हुन्।

एमाले ललितपुरका अध्यक्ष पुरुषोत्तम आचार्यले हुमागाईंसँग सघन वार्तापछि उनी एमालेमा फर्कन तयार भएको बताए। उनले भने, ‘हामी उहाँलाई पार्टीकै महत्वपूर्ण जिम्मेवारी दिँदैछौं।’

गत निर्वाचनमा प्रदेश सासंदको उम्मेदवारी दिने लगभग पक्का भएको अवस्थामा उनले टिकट नपाउदा असन्तुष्ट बनेका थिए। तत्कालीन समयमा माओवादी केन्द्रसँग पार्टी एकता हुँदा उनले कुनै जिम्मेवारी नपाएपछि असन्तुष्ट हुँदै नेपाली कांग्रेसमा प्रवेश गरेका थिए।

यो पनि

राप्रपामा कमल थापा : वार कि पार ?

माग सम्बोधनबारे ठाकुरद्वारा देउवाको ध्यानाकर्षण



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । चर्चित सञ्चारकर्मी तथा तीन करोड नेपाली जनताको साझा आवाजका रूपमा परिचित ऋषि धमलाको अध्यक्षतामा “स्वतन्त्र नागरिक अभियान नेपाल”

जेठ ९ । केके मानन्धर ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मध्यपुर थिमि नगर समितिको प्रथम अधिवेशन सम्पन्न भएको छ । एभरेस्ट

अच्युतकृष्ण शरण:१४ वर्षको वनवासपछि जब भगवान श्री राम अयोध्याको सिंहासनमा आसीन हुनुभयो, त्यतिबेला जनतामाझ माता सीता को पवित्रतामाथि प्रश्न उठ्यो।

प्रतिनिधि सभाको निर्वाचन २०८२ साल फागुन २१ गते हुँदैछ । संविधानअनुसार प्रतिनिधि सभा राज्यको सार्वभौम अधिकार सम्पन्न निकाय हो ।

Latest










Popular
Suggested