English

‘शिव’को हुन् ?



अहिले अधिकांश मानिसहरूलाई प्रचलित क्यालेन्डरको तस्बिरमार्फत शिवसँग परिचय गराइएको छ। ती क्यालेन्डरहरूमा, शिवलाई पुक्क गाला भएको र निलो वर्ण भएको देवताको रूपमा देखाइने गरिन्छ, किनकि क्यालेन्डरका चित्रकारहरूसँग एउटा मात्र तस्बिर हुन्छ ।

यदि तपाईंले कृष्ण बनाउन भन्नुभयो भने, उनीहरूले हातमा एउटा मुरली थमाइदिन्छन्; राम बनाउन भन्नुभयो भने, हातमा वाण थमाइदिन्छन्; शिव बनाउन भन्नुभयो भने, शिरमा चन्द्रमा राखिदिन्छन्- त्यत्ति भएपछि उनीहरूको काम फत्ते हुन्छ!

म जबजब यी क्यालेन्डरहरू हेर्छु, म कहिल्यै कुनै चित्रकारको अगाडि नबस्ने निधो गर्छु। बरु, फोटो ठीक छ- तपाईं जस्तो हुनुहुन्छ, त्यस्तै खिचिन्छ। यदि तपाईं राक्षस जस्तो देखिनुहुन्छ भने, तपाईंको फोटो पनि राक्षसको जस्तै देखिनेछ।

तर, शिव जस्ता योगीको गाला पुक्क परेको किन हुन्थ्यो र? यदि तपाईंले उनलाई ख्याउटे जस्तो देखाउनु भएको भए, सन्तोष मान्न सकिन्थ्यो, तर पुक्क गाला भएका शिव- यो कसरी हुन सक्छ?

योग संस्कृतिमा, शिवलाई भगवान्‌को रूपमा हेरिँदैन। उनले यस धरतीमा पाइला राखेका थिए अनि उनी हिमालयमा बसोबास गर्दथे। योग परम्पराहरूको स्रोत र जनकको रूपमा, मानव चेतनालाई माथि उठाउनमा उनको जे-जति योगदान छ, त्यो यति अद्भुत छ कि त्यसलाई बेवास्ता गर्न सकिँदैन।

जे-जति तरिकाहरूमार्फत मानव प्रणालीलाई परम सम्भावनामा रूपान्तरण गर्न सकिन्छ, ती हजारौँ वर्षअघि नै आफूभित्र खोज गरेर पत्ता लगाइएको थियो। यसको गहनता र जटिलता अविश्वसनीय छ।

शिवका निम्ति हजारौँ मन्दिरहरू निर्माण गरिएका छन्, अनि अधिकांश मन्दिरहरूमा कुनै मूर्ति छैन। त्यहाँ प्रतीकको रूपमा लिङ्ग राखिएको हुन्छ।

त्यसबेलाका मानिसहरू सुसंस्कृत र बौद्धिक थिए कि थिएनन् भन्ने प्रश्नले कुनै अर्थ राख्दैन, किनकि यो कुनै निश्चित सभ्यता वा वैचारिक प्रकियाबाट जन्मिएको होइन। यो भित्री बोधबाट प्रकट भएको थियो।

उनको सेरोफेरोमा के भइरहेको थियो भन्ने कुरासँग यसको कुनै सम्बन्ध छैन। यो आदियोगी स्वयंको उद्गार हो, उद्वलेन हो। उनले पूरै विस्तृत रूपमा मानव प्रणालीमा हुने हरेक केन्द्रको अर्थ दिए, साथै ती केन्द्रहरूसँग हामी के गर्न सक्छौँ भन्ने सम्भावना समेत पूरै विस्तारमा बताए।

जे-जति भन्न सकिन्थ्यो, ती सबैलाई उनले यति सुन्दर र कुशल तरिकाले बताएका थिए कि आजको दिनसम्म पनि तपाईं एउटा पनि कुरालाई बदल्न सक्नुहुन्न। तपाईं केवल त्यसको अर्थ पत्ता लगाउने प्रयासमा आफ्नो पूरै जीवन बिताउन सक्नुहुन्छ।

यस संस्कृतिमा, परापूर्व कालमा, अधिकांश मन्दिरहरू शिवका निम्ति मात्र बनाइएका थिए- अरू कसैका लागि होइन। पछिल्लो १००० वर्षमा मात्र, अरू मन्दिरहरू निर्माण गरिएका हुन्।

शिव अर्थात् “त्यो जुन छैन।” अतः “त्यो जुन छैन” को लागि मन्दिरहरू निर्माण गरिएका थिए। “त्यो जुन छ” भौतिक हुन्छ। “त्यो जुन छैन”, भौतिकभन्दा पर हुन्छ। मन्दिर यस्तो द्वार हो, जसमार्फत तपाईं त्यहाँ पुग्नुहुन्छ “जुन छैन”।

शिवका निम्ति हजारौँ मन्दिरहरू निर्माण गरिएका छन्, अनि अधिकांश मन्दिरहरूमा कुनै मूर्ति छैन। त्यहाँ प्रतीकको रूपमा लिङ्ग राखिएको हुन्छ। सदगुरुको प्रवचन

यो पनि

श्रीकृष्णको साधनाबाट के सिक्ने ?

शिव’ शब्द एक अर्थ अनेक

गल्ली-गल्ली घुम्दै भिक्षा माग्थे श्रीकृष्ण !



...
canadian pharmacies

canadian pharmacy online https://canadianpharmacystar.com/ canadian rx

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं : ९० भन्दा बढी देशका १,००० भन्दा बढी विद्यालयहरुलाई सहयोग गर्दै आएको विश्वव्यापी संस्था इन्टरनेशनल करिकुलम एसोसिएसन (आईसीए) ले

काठमाण्डौं /नेपाली सांगीतिक बजारमा नयाँ गीत ‘अमेरिकामा माया’ सार्वजनिक भएको छ। लोकप्रिय गायिका मेलिना राई र गायक उत्तमजंग लिम्बु को

काठमाडौँ : अल–न्यू अपग्रेडेड बजाज डोमिनार ४०० को लन्च कार्यक्रम फागुन १ मा बाइकर्स क्याफेमा सफलतापूर्वक सम्पन्न भएको छ। उक्त

महाशिवरात्रिको अवसरमा लोकप्रिय गायिका रुचि घिमिरे र गायक दीपक रमणले शिव भजन ‘‘जय भोलेबाबा’को भिडियो सार्वजनिक गरेका छन् । भगवान

Latest










Popular
Suggested