English

‘शिव’ शब्द एक अर्थ अनेक



‘शिव’ को शाब्दिक अर्थ हो, ‘त्यो जुन छैन।’ आजको आधुनिक विज्ञानले हामीमाझ यो प्रमाणित गरिदिएको छ कि सबैथोक शून्यताबाट आउँछ, अनि पुनः शून्यतामै फर्किन्छ। अस्तित्वको आधार र यो ब्रह्माण्डको मूलभूत गुण नै विराट् शून्यता हो।

त्यसमा भएका आकाशगंगाहरू सानातिना गतिविधिहरू मात्र हुन्- छिटाहरू जस्तै। बाँकी सबै विशाल खालीपन हो, जसलाई ‘शि-व’ भनिन्छ। शिव नै त्यो गर्भ हो, जसबाट सबैथोकको जन्म हुन्छ; शिव नै त्यो अन्धकार पनि हो, जसले सबैथोकलाई आफूभित्र सोच्दछ। सबैथोक शिवबाटै आउँछन्, अनि सबैथोक पुनः शिवमै फर्किन्छन्।

शिव- अन्धकार ! 

त्यसैले, शिवलाई ‘अस्तित्वहीन’ भनिन्छ- अस्तित्व होइन। शिवलाई प्रकाशको रूपमा नभई अन्धकारको रूपमा बयान गरिन्छ। मानिसहरू प्रकाशको गुणगान गाउँछन्, किनकि उनीहरूको आँखाले उज्यालोमा मात्रै काम गर्दछ। तर, अन्धकार सदैव रहिरहेको छ ।

प्रकाशको अस्तित्व सीमित छ भनेर कुन सन्दर्भमा भनिएको हो भने, प्रकाशको स्रोत जेसुकै भएपनि- चाहे बिजुली बल्ब होस् वा सूर्य- अन्ततः यसले उज्यालो छर्ने क्षमता गुमाउने छ। प्रकाश शाश्वत (कहिल्यै नाश नहुने) हुँदैन। यो सदैव सीमित सम्भावना हो, किनकि यसको सुरु र अन्त्य हुन्छ।

उज्यालोको दाँजोमा अन्धकार निकै विशाल सम्भावना हो। किनकि, अन्धकारको लागि कुनै पनि चिज जल्नुपर्दैन, यो सधैँ रहिरहन्छ- अन्धकार शाश्वत हो। अन्धकार जताततै हुन्छ। अन्धकार मात्र त्यस्तो हो, जुन सर्वत्र व्याप्त छ।

शिवलाई प्रकाशको रूपमा नभई अन्धकारको रूपमा बयान गरिन्छ। मानिसहरू प्रकाशको गुणगान गाउँछन्, किनकि उनीहरूको आँखाले उज्यालोमा मात्रै काम गर्दछ ।

तर, यदि मैले ‘दिव्य अन्धकार’ भनेँ भने, मानिसहरू मलाई राक्षसको उपासक वा यस्तै अरू केही ठान्छन्। खासमा भन्नुपर्दा, पश्चिमका केही स्थानहरूमा यो प्रचार गरिएको छ कि शिव राक्षस हुन्! तर, यदि तपाईं यसलाई एउटा परिकल्पनाको रूपमा हेर्नुहुन्छ भने, सृष्टि र यसको सृजनाको समग्र प्रकियाको बारेमा पूरै विश्वमा योभन्दा स्पष्ट र बुद्धिमानी परिकल्पना अर्को छैन।

शिव शब्दको प्रयोग नगरिकनै, मैले विश्वका विभिन्न वैज्ञानिकहरूसँग यस विषयमा कुरा गरिरहेको छु। उनीहरू जिल्ल पर्छन्। “ए त्यस्तो पो हो? यो पहिल्यै थाहा थियो? कहिले?” हामीले यो कुरालाई हजारौँ वर्षदेखि जानेका छौँ। लगभग सबैजसो सामान्य किसानलाई अनजानमै यसको बारेमा थाहा छ। यसको पछाडि रहेको विज्ञान थाहा नभइकनै उनीहरू यसबारे कुरा गर्छन्।

शिव- एउटै शब्दका दुई अर्थहरू

अतः शिव शब्दले “त्यो जुन छैन” अनि “आदियोगी” दुवैलाई जनाउँछ। किनकि, यी दुवै पर्याय हुन्। यी- जो योगी हुन्- अनि त्यो- जुन अस्तित्वको आधार हो- दुवै एकै हुन्। किनकि, कसैलाई योगी भन्नुको अर्थ के हो भने, उनले अस्तित्वलाई स्वयंको रूपमा अनुभव गरेका हुन्छन्।

यदि तपाईंले अस्तित्वलाई एक क्षणको लागि पनि आफूमा समाहित गर्नुपर्ने हो भने, तपाईं त्यो शून्यता बन्नुपर्छ। शून्यताले मात्रै सबैथोकलाई थामेर राख्न सक्दछ। कुनै वस्तुले सबैथोक थाम्न सक्दैन। एउटा भाँडोमा समुद्र अटाउन सक्दैन। यो ग्रहमा समुद्र अटाएको छ, तर यसमा सौर्य मण्डल अटाउन सक्दैन।

शिव शब्दका दुई अर्थहरू- “त्यो जुन छैन” र “आदियोगी”- एक स्तरमा एकअर्काका पर्याय भए तापनि दुवै भिन्नभिन्न पक्षहरू हुन्। यो प्रतीकात्मक संस्कृति भएकोले, हामी सजिलै यसबाट त्यसमा अनि त्यसबाट यसमा ओहोर-दोहोर गरिरहन्छौँ।

सौर्य मण्डलमा केही ग्रहहरू र सूर्य अटाएका छन्, तर, यसमा बाँकी आकाशगङ्गाहरू अटाउन सक्दैनन्। यदि तपाईं यसैगरी जानुभयो भने, अन्ततः तपाईंले यो देख्नुहुनेछ कि शून्यताले मात्रै सबैथोक आफूमा समाहित गर्न सक्दछ। योग शब्दको अर्थ मिलन हो। योगी ती हुन्, जसले यो मिलन वा एक हुनुको अवस्थालाई अनुभव गरेका हुन्छन्- अर्थात्, कम्तीमा एक क्षणको लागि भएपनि उनी पूर्ण शून्यता बनेका हुन्छन्।

शिव शब्दका दुई अर्थहरू- “त्यो जुन छैन” र “आदियोगी”- एक स्तरमा एकअर्काका पर्याय भए तापनि दुवै भिन्नभिन्न पक्षहरू हुन्। यो प्रतीकात्मक संस्कृति भएकोले, हामी सजिलै यसबाट त्यसमा अनि त्यसबाट यसमा ओहोर-दोहोर गरिरहन्छौँ।

यो क्षणमा हामी शिवलाई शून्यता (जसभन्दा पर केही छैन) भनेर सम्बोधन गर्छाैँ; अर्को क्षणमै हामी शिवलाई ती योगीको रूपमा सम्बोधन गर्छाैँ, जसले मानवतालाई योगको समग्र प्रक्रिया प्रदान गरेका थिए। सदगुरुको प्रवचन

यो पनि

गल्ली-गल्ली घुम्दै भिक्षा माग्थे श्रीकृष्ण !



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

Latest










Popular
Suggested