English

श्रीकृष्णको साधनाबाट के सिक्ने ?



कृष्णको साधनाको कुरा गर्नुपर्दा- एउटा मानिसको लागि प्रत्येक दिन उसले बिहान आँखा खोलेदेखि राती ननिदाउन्जेल प्रशन्न र प्रेमपूर्ण भावमा रहिरहनु आफैँमा विशाल साधना हो। मानिसहरू अरू कसैसँग भएको बेलामा त मुस्कुराउँछन्।

तर, यदि तपाईंले उनीहरूलाई एक्लै हुँदाको अवस्थामा हेर्नुभयो भने, उनीहरूको अनुहार यति मलिन र उदास हुन्छ कि त्यसले उनीहरूको बारेमा सबैथोक बताउँछ। थुप्रै मानिसहरू एक्लै हुँदा एकदमै अस्तव्यस्त अवस्थामा हुन्छन्। यदि तपाईं एक्लै हुनुहुन्छ अनि तब पनि दु:खी हुनुहुन्छ भने, अवश्य पनि तपाईं गलत सङ्गतमा हुनुहुन्छ! यदि तपाईं आफैँमा ठीक रहनुभएको भए, एक्लै हुनु उत्तम लाग्ने थियो।

मानिसहरूसँग घुलमिल हुनु भनेको प्राय: उत्सव वा पर्व जस्तै हुन्छ। तर, तपाईं एक्लै रहँदा मात्र स्वयंमा स्थित हुन सक्नुहुन्छ। यदि तपाईंले आफूलाई सुन्दर अस्तित्व बनाउनुभयो भने, यहाँ यत्तिकै बस्दामात्रै पनि अद्‌भूत महसुस हुनेछ। जीवनको हरेक क्षण आनन्दित र प्रेमले भरिएको अवस्थामा रहनु आफैँमा निकै ठूलो साधना हो।

कुनै विशेष परिस्थितिमा वा कोही विशेष व्यक्तिलाई भेट्दाखेरी मात्र नभई तपाईंको जीवनको प्रत्येक पलमा प्रेममय बन्न सक्नुभयो, यदि तपाईं कुनै पनि चिजलाई भेदभाव नगरिकन यत्तिकै प्रेमको भावमा रहन सक्नुभयो भने, तपाईंभित्रको बुद्धिमत्ता वा प्रज्ञा पूर्णत: छुट्टै रूपमा प्रस्फुरित हुनेछ। जब तपाईं व्यक्ति वा चिज रोज्न थाल्नुहुन्छ, तपाईंको बुद्धिमत्ता पङ्गु बन्दछ।

प्रेममय हुनु अरू कसैको निम्ति होइन- यो तपाईं स्वयंको लागि असाध्यै सुन्दर कुरा हो। यो त तपाईंको प्रणालीमा हुने सुखद अनुभव हो, अर्थात् तपाईंका भावनाहरू, मन र शरीर स्वत: प्रसन्न बनेका हुन्छन्। र, आज यो कुरालाई प्रमाणित गर्नको लागि पर्याप्त वैज्ञानिक आधारहरू छन् कि जब तपाईंको प्रणाली सुखद् अवस्थामा रहन्छ, तबमात्र तपाईंको बुद्धिमत्ताले सर्वश्रेष्ठ रूपमा काम गर्दछ।

कृष्णको साधना यही थियो-उनी आफ्नो वरपरको जीवनहरूसँग पूर्ण रूपमा तालमेलमा थिए। बाल्यकालमा उनले जस्तोसुकै क्रिडा गरेको किन नहोस्, उनी सदैव पूर्ण तालमेलमा रहेका थिए। उनले मानिसहरूको घरबाट मख्खन चोर्दा अनि अनेक प्रकारको ख्यालठट्टाले उनीहरूलाई दिक्क बनाउँदा पनि उनीहरूले कृष्णलाई औधी माया गर्थे।

यदि तपाईं आरामपूर्ण अवस्थामा बस्नुभएको छ भने, तपाईंको मुटु प्रति मिनेट ६० पटक धड्किन्छ अनि त्यसबेला तपाईं पृथ्वीसँग तालमेलमा रहनुहुन्छ। काम गरिरहेको बेला यो तल-माथि जान सक्छ। तर, यदि आराम गरिरहँदा त्यो ६० भन्दा माथि छ भने, तपाईं अलिकति हराएको जस्तो महसुस गर्नुहुन्छ। यदि तपाईंमा कुनै रोग वा सङ्क्रमण छ भने, तपाईंको मुटु ८५-९० पटक धड्किन्छ।

अधिकांश मानिसहरूको सन्दर्भमा, स्वस्थ र तन्दुरुस्त रहँदा मुटुको चाल ६५-७५ को बिचमा हुन्छ। यदि तपाईंले केही सरल योग अभ्यास गर्नुभयो, मानौँ कि सूर्य नमस्कार र शाम्भवी महामुद्रा जस्ता क्रियाको अभ्यास गर्नुभयो भने, डेढ वर्षको अभ्यासपछि निश्चय पनि तपाईंको मुटुको चाल ६० हुनेछ। तपाईं सङ्गति वा तालमेलमा रहनुहुन्छ।

जब तपाईं लयमा रहनुहुन्छ, त्यसपछि प्रेममय हुनु, आनन्दित हुनु, वा कुनै फूलझैँ फक्रिनु जस्ता कुराहरू स्वत: हुनेछन्- किनकि, तपाईंको रचना सोहीअनुरूप भएको छ। मनुष्य उदास बन्न वा बिरामी हुनको लागि बनेको हुँदैन। मनुष्य परम-प्रकृतिमा प्रस्फृरित हुनको लागि रचिएको हुन्छ।

कृष्णको साधना यही थियो-उनी आफ्नो वरपरको जीवनहरूसँग पूर्ण रूपमा तालमेलमा थिए। बाल्यकालमा उनले जस्तोसुकै क्रिडा गरेको किन नहोस्, उनी सदैव पूर्ण तालमेलमा रहेका थिए। उनले मानिसहरूको घरबाट मख्खन चोर्दा अनि अनेक प्रकारको ख्यालठट्टाले उनीहरूलाई दिक्क बनाउँदा पनि उनीहरूले कृष्णलाई औधी माया गर्थे।

यसको कारण के हो भने, उनले अरूहरूलाई पनि आफूसँगको तालमेलमा स्थापित गरेका थिए। जब तपाईं कसैसँग तालमेल वा सङ्गतिमा भएको महसुस गर्नुहुन्छ, तबमात्र तपाईंलाई त्यस व्यक्तिको उपस्थिति प्रिय लाग्दछ। जब त्यहाँ लय हुँदैन, उसलाई हेर्दा मात्र पनि तपाईं अप्रिय महसुस गर्नुहुन्छ।

तपाईंभित्र प्रिय र अप्रिय अनुभव दुवै उत्पन्न हुन सक्छन्। यदि तपाईं लयमा हुनुहुन्छ भने, तपाईं प्रशन्न महसुस गर्नुहुन्छ; यदि तपाईं लयमा हुनुहुन्न भने, तपाईं अप्रशन्न महसुस गर्नुहुन्छ- अर्को व्यक्तिले केही गर्नैपर्दैन ! सदगुरुको प्रवचन

यो पनि

गल्ली-गल्ली घुम्दै भिक्षा माग्थे श्रीकृष्ण !

‘शिव’ शब्द एक अर्थ अनेक



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं : ९० भन्दा बढी देशका १,००० भन्दा बढी विद्यालयहरुलाई सहयोग गर्दै आएको विश्वव्यापी संस्था इन्टरनेशनल करिकुलम एसोसिएसन (आईसीए) ले

काठमाण्डौं /नेपाली सांगीतिक बजारमा नयाँ गीत ‘अमेरिकामा माया’ सार्वजनिक भएको छ। लोकप्रिय गायिका मेलिना राई र गायक उत्तमजंग लिम्बु को

काठमाडौँ : अल–न्यू अपग्रेडेड बजाज डोमिनार ४०० को लन्च कार्यक्रम फागुन १ मा बाइकर्स क्याफेमा सफलतापूर्वक सम्पन्न भएको छ। उक्त

महाशिवरात्रिको अवसरमा लोकप्रिय गायिका रुचि घिमिरे र गायक दीपक रमणले शिव भजन ‘‘जय भोलेबाबा’को भिडियो सार्वजनिक गरेका छन् । भगवान

Latest










Popular
Suggested