English

कस्तो रहला विकी र कटरिनाको विवाह पछिको पहिलो भ्यालेन्टाइन ?



बलिउडको ‘ट्रेन्डिङ जोडी’ विकी कौशल र कटरिना कैफ विवाहपछि हरेक उत्सवलाई सँगै मनाउने पूर्ण प्रयास गरिरहेका छन्।

तर,विवाह पछिको पहिलो भ्यालेन्टाइन भने यो जोडीले सँगै नमनाउने भएका छन्। कटरिना आफ्नो नयाँ फिल्म ‘टाइगर ३’को सुटिङका कारण विकीसँग भ्यालेन्टाइन मनाउन नपाउने भएकी हुन्।

अभिनेता सलमान खान र अभिनेत्री कटरिनाको ‘टाइगर ३’को अन्तिम सुटिङ तालिका जनवरीमा हुनुपर्ने थियो। तर, कोभिड-१९ को बढ्दो संक्रमणका कारण फिल्मको दिल्ली सेड्युल रोक्नु परेको थियो।

अहिले निर्माताहरूले नयाँ सुटिङ तालिकाको योजना बनाएका छन्। उनीहरू मध्ये फेब्रुअरीमा फिल्मको अन्तिम सेड्युल पूरा गर्ने योजनामा छन्। यो समय तालिका १५ दिनको हुनेछ। जसमा चेज सिक्वेन्समा फोकस गरिनेछ।

निर्देशक मनिष शर्मा फिल्मको केही एक्सन दृश्य नयाँ दिल्लीको सडकमा खिच्न चाहन्छन्। फिल्म नयाँ दिल्लीको ऐतिहासिक स्थानमा खिचिनेछ, जसमा लाल किल्ला पनि पर्दछ।

प्रोडक्सन टिमले कोभिड प्रोटोकललाई पूर्ण रुपमा पालना गर्ने तयारीमा छ। सलमान र कटरिना १२ फेब्रुअरीसम्ममा नयाँ दिल्लीमा पुग्नेछन् र १४ फेब्रुअरीबाट फिलमको काम सुरु गर्नेछन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

Latest










Popular
Suggested