English

‘एमसीसी संसदमा आउनुपर्छ’



नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले एमसीसी एउटा विकास परियोजना मात्रै भएको बताउँदै सत्तारुढ गठबन्धनका नेताहरूले एमसीसी परियोजनालाई भूराजनीतिक प्रतिस्पर्धाको विषय बनाएको आरोप लगाएका छन्।

राष्ट्रिय युवा संघ नेपालले काठमाडौंमा बुधबार आयोजना गरेको ‘स्थानीय तह निर्वाचन, संवैधानिक व्यवस्था र अबको राजनीति’ विषयक बहसमा उपमहासचिव ज्ञवालीले सत्ता गठबन्धनका नेताहरूले एमसीसीमार्फत भूराजनीतिक द्वन्द्व निम्त्याइरहेको आरोप लगाए।

‘अहिले मुलुक अप्ठ्यारो स्थितिमा छ। यही बेला सत्तामा रहनुभएका नेताहरु जानी जानी एकखालको भू-राजनीतिक द्वन्द्व निम्त्याउँदै हुनुहुन्छ,’ज्ञवालीले भने।

एमसीसी परियोजना एउटा विकास परियोजना भएको बताउँदै उनले त्यसलाई लिने कि नलिने नेपालको सार्वभौम संसदको, नेपालको राजनीतिक दलहरूको स्वेच्छिक रोजाइको विषय भएको बताए।

‘त्यो विषयलाई लिएर हामी सुनिरहेका छौँ। भर्चुअल मिटिङहरू भइरहेका छन्। विदेशीको एडभाइस लिनेखालका कुराहरू भइराखेका छन्। एउटा विकास परियोजनालाई जानिजानि भूराजनीतिक प्रतिस्पर्धाको विषय बनाउने काममा सत्ता गठबन्धनकै नेताहरू लागिरहनुभएको छ। सरकार क्लियर होस्। हाम्रो प्रष्ट मान्यता छ, यो विषय संसदमा आउनुपर्छ र, सार्वभौमसत्ता सम्पन्न सांसदहरूले यस विषयमा आफ्नो स्वविवेकले निर्णय गर्न पाउनुपर्छ’ उनले भने।

तथाकथित गठबन्धका कार्यदलहरूको अध्याँरो घेराभित्र राखेर यसलाई गिजोल्न खोजेको उनले आरोप लगाए।

यो पनि

एमसीसीको माखेसाङ्लोभित्र हाम्रा नेता



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । चर्चित सञ्चारकर्मी तथा तीन करोड नेपाली जनताको साझा आवाजका रूपमा परिचित ऋषि धमलाको अध्यक्षतामा “स्वतन्त्र नागरिक अभियान नेपाल”

जेठ ९ । केके मानन्धर ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मध्यपुर थिमि नगर समितिको प्रथम अधिवेशन सम्पन्न भएको छ । एभरेस्ट

अच्युतकृष्ण शरण:१४ वर्षको वनवासपछि जब भगवान श्री राम अयोध्याको सिंहासनमा आसीन हुनुभयो, त्यतिबेला जनतामाझ माता सीता को पवित्रतामाथि प्रश्न उठ्यो।

प्रतिनिधि सभाको निर्वाचन २०८२ साल फागुन २१ गते हुँदैछ । संविधानअनुसार प्रतिनिधि सभा राज्यको सार्वभौम अधिकार सम्पन्न निकाय हो ।

Latest










Popular
Suggested