के हो होली, किन मनाइन्छ ?

चीरोत्थान, त्यसपछि होलिका दहन


वसन्त ऋतुको सुरुवात र फाल्गुण शुक्लपक्षको पूर्णिमा तिथिको अघिल्लो दिनको मध्यरात्रीमा होलिका दहन गरिन्छ । त्यसपछि भोलिपल्ट होली खेलिन्छ । नेपालका पहाडी क्षेत्रमा अघिल्लो दिन र तराईका क्षेत्रमा भोलिपल्ट होलीपर्व धुमधामसँग मनाइन्छ ।

कला र संस्कृतिले भरिपूर्ण नेपालमा मनाइने यो पर्व पनि प्रमुख पर्व मध्येको एक हो, जसले नेपाली कला र संस्कृतिलाई झल्काउँछ । यो पर्व घरपरिवार, साथीभाईहरूमा हर्षोल्लाससँग रंग दलेर मनाइने प्रचलन रहेको छ । साधारण भाषामा भन्दा साथीभाईबीच खुशी साटासाट गरेर होली मनाउने गरिन्छ ।

यसको पौराणिक आख्यान भने प्रह्लादको रक्षा सत्यनिष्ठाबाट भयो भन्ने अर्थमा प्रसिद्ध छ । होलिकाले प्रह्लादलाई आफ्नो काखमा राखेर जलाउन खोज्दै गर्दा प्रह्लाद सत्यमा रहेको हुनाले उनी जलेनन्, उल्टै होलिका आफै जलिन् ।

(प्रस्तुत छ, महेश संस्कृत गुरुकुलका प्राचार्य डा. गुरुप्रसाद सुवेदीसँग गरिएको कुराकानीमा आधारित होलीबारे जानकारीः)
के हो होली ?

सजिलो तरिकाले भन्नुपर्दा होली एकअर्कामा खुशी साटासाट गर्ने पर्व हो । होलिका राक्षस हिरण्य कश्यपकी बहिनी थिइन् । वेदमा यसको केही सूत्र होला, त्यो हामीलाई पनि थाहा छैन । यसको पौराणिक आख्यान भने प्रह्लादको रक्षा सत्यनिष्ठाबाट भयो भन्ने अर्थमा प्रसिद्ध छ । होलिकाले प्रह्लादलाई आफ्नो काखमा राखेर जलाउन खोज्दै गर्दा प्रह्लाद सत्यमा रहेको हुनाले उनी जलेनन्, उल्टै होलिका आफै जलिन् । अथवा असत्यलाई जहिले पनि सत्यले जित्छ भन्ने कुरा नै होलिका दहन हो, यसलाई वैदिक अनुष्ठान वैदिक यज्ञ, भन्नुभन्दा पनि यसका विभिन्न आयामहरूको सम्मिश्रण छ यहाँ ।

अर्को भनेको वसन्त ऋतुको आगमनको उत्सव, हामी प्रकृतिसँग सम्बन्ध राख्छौँ, त्यो पनि साथमा भएको देखिन्छ । अनि यता पुष्पोत्सवहरू, फूलहरू नयाँ फुल्ने, फक्रिने बेला भएको हुनाले प्रकृतिको पनि उत्सव हो । यो सबै भावनात्मक उत्सवहरूसँग होलिकाको पनि यो उत्सव मिसिएको हुनाले यो मिश्रित संस्कृति जस्तो देखिन्छ । र, यो पछि बिस्तारै विकसित हुँदै गएको जस्तो संस्कृति हो ।

होली भनेको सम्पूर्ण नेपालीहरूको चाड हो, वैदिक सत्य सनातन धर्मावलम्बीहरूका अनुयायीहरूको चाड हो । तर पनि यसमा विशेष कसको भन्ने अर्थमा एउटा वर्ण व्यवस्थाको कुरा छ ।

होली सम्बन्धि परम्परा

पहिला चीरोत्थान, त्यसपछि होलिका दहन र होलिका दहन सम्बन्धमा गरिने उत्सव यतिसम्म हाम्रो परम्परा हो, यो संस्कृतिसँग अनुकुल छ । तर, विशेष गरी अहिले नेपाली परम्परामा अलिकति उन्मादलाई अगाडि बढाउने गरी, जुन ढंगले अलि विकृति पनि भित्रेला भन्ने आशंका हुने गरी देखाइएको छ, यसको कुनै शास्त्रीय आधार छैन । र, हाम्रो संस्कृतिको मूल स्वरुप पनि होइन, यसलाई एउटा परिष्कृत ढंगले मनाउनुपर्ने हुन्छ ।

होली कसको चाड हो र कतिले मनाउँछन् ?

होली भनेको सम्पूर्ण नेपालीहरूको चाड हो, वैदिक सत्य सनातन धर्मावलम्बीहरूका अनुयायीहरूको चाड हो । तर पनि यसमा विशेष कसको भन्ने अर्थमा एउटा वर्ण व्यवस्थाको कुरा छ । सामान्यतया समाजका चार वर्गहरू भन्ने अर्थमा, जसले आ आफ्ना जिम्मेवारी बहन गर्दछन् । जस्तै रक्षाको जिम्मेवारी बहन गर्न रक्षा मन्त्रालयमा क्षत्रिय वर्ग भयो, अनि शिक्षा, पत्रकारिता, चेतना, चिन्तन, संस्कृति यो व्राह्मण वर्ग भयो । अर्थ, आपूर्ति जस्ता क्षेत्र वैश्य वर्ग भयो । सेवा, गृह यी सबै शुद्र वर्ग भए ।

यी चारवटा वर्गमध्ये एउटा प्रधानता हेर्दा, व्राह्मण, व्राह्मणत्व, सम्बन्धित जनै पूर्णिमा भयो, यसलाई हामीले ऋषितर्पणी भन्छौँ । किनभने ऋषि परम्पराको ज्ञानलाई आफ्नो जिम्मेवारीमा बहन गरेको हुनाले यो एउटा वौद्धिक वर्गले ऋषि तर्पणीलाई बढी मान्ने भए । जस्तै जनै यज्ञकर्मसँग सम्बन्धित छ, सबैलाई यो जनै आवश्यक पर्दैन । त्यसैले यसलाई यज्ञोपवित भनिन्छ । त्यो यज्ञोपवितसँग जोडिएको हुनाले श्रावण, महिनाको शुक्ल पक्षको पूर्णिमाको पर्व व्राह्मण चिन्तनसँग सम्बन्ध हुन्छ । त्यस्तै असत्यमाथि सत्यको जित भएको रूपमा रामले रावणलाई जितेको अवसरमा विजया दशमीलाई मानिन्छ । विजय भनेको शारीरिक बलसँग सम्बन्ध राख्ने भएकोले यो विजया दशैँवाला पर्व क्षेत्रियसँग सम्बन्धित छ ।

यो परम्परा राजपरिवारसँग जोडिएको कुरा सबैलाई थाहा नै छ । त्यतिबेला एक किसिमको होलिका त्यहाँ थियो भने अहिले नाच्ने गाउने र अलि बढी युवायुवतीहरू मातेर उच्छृंखल हुने प्रवृत्ति भने भारततिरबाट आयो ।

त्यस्तै धन कमाउने, लक्ष्मीको पूजा गर्ने भएकोले लक्ष्मी पूजा, दीपावली यिनीहरू वैश्यसँग सम्बन्ध राख्ने मानियो । त्यसपछि यो होलिका भने एक किसिमले अरु सामान सर्वसाधारणको मनोरञ्जनको साधन भएको हुनाले शुद्र वर्ग (सेवा वर्ग) का लागि भनियो । तर यसको विचित्रको रहस्य यहाँ के छ भने, हरेक व्यक्ति समय परिस्थितिअनुसार हरेक क्षणमा यो परिवर्तन पनि हुन्छ । जस्तै जन्मजातको रूपमा म व्राह्मण हूँ भन्नेले पनि जब, सेवाको काम गर्दछ, उ शुद्र हुन्छ । जब उ वौद्धिक चिन्तनमा निरन्तर लाग्छ, उ व्राह्मण जातमा हुन्छ । जब उ सुरक्षासम्बन्धि एउटा बल प्रयोग गर्नुपर्ने काममा एउटा जिम्मेवारी बहन गरेको हुन्छ, उ क्षेत्रियको धर्मलाई बहन गरिरहेको हुन्छ । जब व्राह्मण आर्थिक, कमाइको कुरो, कामहरू गर्दछ, उ वैश्य हुन्छ ।
त्यसैले वर्णव्यवस्था जो भनिएको छ, त्यसलाई उसको कर्मले र स्वभावले पनि अलग गरेको छ । जस अर्थमा विशेषता कसको वा यो कुन चिन्तनसँग सम्बन्ध छ भनेर वर्णलाई बढी उच्चारण गरेपनि हामी सबै मानिसहरू सबै समूहमा, सबै भावनामा एक हुनुपर्ने भएको हुनाले यो पर्व सबैको हो भन्न म हिच्किचाउँदिन ।

मूलतः हामी पौराणिक संस्कृति वेदसँग जोडिएका छौँ भने त्यो संस्कृति मूल पक्षमा जाँदा हामी अर्काबाट आएको हो भन्ने पक्षमा छैनौँ । त्यसैले यो हामी सबैको साझा पर्व हो ।

होली मौलिक वा आगन्तुक ?

नेपालमा पनि होलिका दहन धेरै पहिलादेखि नै हुन्थ्यो । यो परम्परा राजपरिवारसँग जोडिएको कुरा सबैलाई थाहा नै छ । त्यतिबेला एक किसिमको होलिका त्यहाँ थियो भने अहिले नाच्ने गाउने र अलि बढी युवायुवतीहरू मातेर उच्छृंखल हुने प्रवृत्ति भने भारततिरबाट आयो । त्यो संस्कृतिका विभिन्न स्वरुप, ठाउँ, परिवेश र स्वभावअनुसार चल्दै आए ।

संस्कृतिको कुन भागबाट आयो भनेर अध्ययन गर्दा यसका विभिन्न पाटा भेटिन्छन् । तर मूलतः हामी पौराणिक संस्कृति वेदसँग जोडिएका छौँ भने त्यो संस्कृति मूल पक्षमा जाँदा हामी अर्काबाट आएको हो भन्ने पक्षमा छैनौँ । त्यसैले यो हामी सबैको साझा पर्व हो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

व्यक्तिहरू प्रायः बेलुकाको खानामा यस्तो चिजहरू खान्छन्, जसको कारणले उनीहरूको पेट गडबडी हुन्छ र उनीहरूले यौनको आनन्द लिन सक्दैनन् ।

नेपालको कुल क्षेत्रफल मध्ये १.७३ प्रतिशत भू-भाग ओगटेको सिन्धुपाल्चोक बागमती प्रदेशको १३ जिल्ला मध्ये सबैभन्दा ठूलो हो । पछिल्लो ७

नेपालमा गत २४ घण्टामा थप २ हजार ५ सय १८ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) नेपालले कोरोना भाइरस विरुद्धको पहिलो मात्रा ‘एस्ट्राजेनेका (कोभिसिल्ड)’ खोप लगाएका व्यक्तिले दोस्रो मात्रा ‘भेरोसेल’ खोप लगाउँदा