English

सेयर बजाारमा सुधार



मंगलबार नेप्से सूचकसँगै कारोबार रकम पनि बढेको छ। आज नेप्से सूचक १९ अंकले बढ्दा साढे ६ अर्ब बढीको शेयर खरिदबिक्री भएको छ।

अघिल्लो दिन साढे १३ अंकले घटेको नेप्से मंगलबार १९.२९ अंकले बढेर २८९१.३४ विन्दुमा पुगेको छ। जेठ पाँचभित्रै स्थानीय तहको चुनाव गर्न सरकारले तयारी थालेसँगै सेयर बजारमा पनि सुधार देखिएको हो।

आज कारोबार रकम पनि बढेको छ। सोमबार ५ अर्ब १५ करोड रुपियाँको शेयर कारोबार भएकोमा मंगलबार साढे ६ अर्ब बढीको शेयर कारोबार भएको हो। आज ६ अर्ब ५७ करोड ४८ लाख ४२ हजार ४१८ रुपियाँ बराबरको १ करोड २१ लाख ६७ हजार ६०५ कित्ता शेयर खरिदबिक्री भएको छ।

हाइड्रोपावर कम्पनीहरुमा लगानीकर्ताको आकर्षण बढेको छ। अधिकाँश हाइड्रोपावर कम्पनीहरुको शेयरमूल्य बढ्दा उक्त उपसमूहको सूचक ३.२२ प्रतिशतले बढेको छ। कारोबारमा आएका १३ उपसमूहमा ९ उपसमूहको सूचक सकारात्मक देखिएको छ भने बाँकी ४ उपसमूहको सूचक नकारात्मक देखिएको छ।

मंगलबार नेश्नल हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ३९ करोड १ लाख रुपियाँ बराबरको शेयर कारोबार भएको छ भने अरुण भ्याली हाइड्रोपावरको ३७ करोड १४ लाख, अपि पावरको ३५ करोड ७ लाख, अप्पर तामाकोशीको ३४ करोड र जलविद्युत लगानी तथा विकास कम्पनीको ३० करोड रुपियाँ बराबरको शेयर कारोबार भएको छ।

मंगलबार विन लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने बुद्धभुमि हाइड्रोपावरको ९.९९ प्रतिशत, नेश्नल हाइड्रोपावरको ७.५० प्रतिशत, फरवार्ड माइक्रोफाइनान्सको ७.२५ प्रतिशत, युनाइटेड इदी मर्दी हाइड्रोपावरको ५.९५ प्रतिशत र मैलुङ खोला जलविद्युतको ५.५२ प्रतिशतले बढेको छ।

यस्तै, नेरुडे लघुवित्तको ३.१७ प्रतिशतले घटेको छ भने मेरो माइक्रोफाइनान्सको २.२८ प्रतिशत, सिभिल लघुवित्तको २.१२ प्रतिशत, अजोड इन्स्योरेन्सको २.०४ प्रतिशत र ग्लोबल आइएमई लघुवित्तको २ प्रतिशतले घटेको छ।

मंगलबार नेश्नल हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ३९ करोड १ लाख रुपियाँ बराबरको शेयर कारोबार भएको छ भने अरुण भ्याली हाइड्रोपावरको ३७ करोड १४ लाख, अपि पावरको ३५ करोड ७ लाख, अप्पर तामाकोशीको ३४ करोड र जलविद्युत लगानी तथा विकास कम्पनीको ३० करोड रुपियाँ बराबरको शेयर कारोबार भएको छ।

आज कारोबारमा आएकामध्ये १४८ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ३६ वटा कम्पनीको शेयरमूल्य घटेको छ। यस्तै ६ कम्पनीको शेयरमूल्य स्थिर छ।

यो पनि
१०० अंकले नेप्से घट्दा बजार राताम्मे
सेयर बजारमा दोहोरो अंकको गिरावट



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौं । कानुनी संरचनाको दृष्टिले हेर्दा नेपाल राष्ट्र बैंक आज पनि स्वायत्त निकायकै रूपमा परिभाषित छ। तर व्यवस्थाको व्यवहारिक धरातलमा

नेपालगञ्ज, ११ फागुन : विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले नेपालगञ्जको सेतु बिकेचोकमा र दाङको घोराहीस्थित तुलसीपुरचोकमा आधिकारिक सर्भिस सेन्टर उद्घाटन गर्दै

विश्वप्रसिद्ध प्रविधि कम्पनी Xiaomi को स्वामित्वमा रहेको चर्चित स्मार्टफोन पोको(POCO) ब्रान्ड नेपाली बजारमा औपचारिक रुपमा कमब्याक गरेको छ। गेमिङ र

Latest










Popular
Suggested